Skip to main content

Posts

कविता

उद्धव श्रेष्ठ क.न.पा.६ , सिन्धुली  त्राशमय बाटोहरु   खोली हेरे आँखा यहाँ   जता ततै लाश भेट्छु     हीजो हिड्ने बाटो भरि  आज हिडदा काँडा भेट् छु । अन्धाकारमा हिडेको छु  जुनको रातमा जलेको छु  पिडा सही हासेको छु  मरे सरि बाँचेको छु । आतँकको सिकारमा   स्वार्थको भकारीमा  जो को ही मरेका छन् रगत त्यसै बगेका छन् ।

नेपाली गीतहरु सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ

फ़ेसबुकले - शिव परियार Download   मा मरेको पल - सुरेस अधिकारी   Download  मेरो मनमा - हिमाल सागर Download   गोर्खा पल्टन - गोर्खा पल्टन Download   बाटो मुनिको फुल - बाटो मुनिको फुल Download   दर्सन नमस्ते - राजेशपायल राई Download   घामको माया - गोर्खा पल्टन Download   गुराँस फुल्ने - रामचन्द्र काफ्ले Download   है माया - प्रमोद खरेल Download   गुराँसको फेदमुनि - सबिन राई Download  

Send Free SMS Worldwide

ललितपुर प्रथम र महिला भलिवल प्रतियोगिता शुरु

ललितपुर भलिवल टिम  माघ १४, सिन्धुली  मध्यमान्चल स्थरीय भलीबल प्रतियोगीता अन्तर्गत सिन्धुलीमा शुक्रवार भएको पुरुष भलिवल प्रतियोगितामा ललितपुर जिल्ला विजयी भएको थियो । ललितपुर जिल्लाले प्रतिसपर्धी रामेछाप जिल्लालाई लगातार तिन गेमले पछि पार्दै मध्यमान्चाल स्तरिय भलिवल प्रतियोतिको प्रथम स्थान हासिल गर्न सफल भएको हो । मध्यमान्चल स्थरीय  पुरुष भलीबल प्रतियोगीता अन्तर्गत प्रतियोगीतामा रामेछाप जिल्ला दोस्रो र दोलखा जिल्लाले तेस्रो स्थान राख्न सफल भएका छन् । विहीवारका दिन भएको खेलमा काभ्रेपलान्चोक र महोत्तरी जिल्ला विच प्रतिस्पर्दात्मक भएको खेलमा महोत्तरी जिल्ला पराजित भयो भने मकवानपुर र सर्लाही जिल्ला विच भएको खेलमा मकवानपुर जिल्लाले सर्लाही जिल्लालाई पराजित गर्न सफल  भएको थियो ।

बन्दले विभन्न जिल्लाको जनजीवन प्रभावित

माघ ११, सिन्धुली  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने तयारी गरेका छन् ।