Skip to main content

Posts

सम्झौता सार्वजनिक गर्न माग

चैत्र , १७ , सिन्धुली  उदयपुर ÷उदयपुर र सिन्धुलीका खानी पिडित हरुले चुनढुंङ्गा उत्तखनन् गर्दा  सरकार संग भएको सम्झौता तक्ताल स्थानीय संयन्त्रमा सार्वजनिक गर्न माग गरेका छन् । शुक्रवार कटारीमा पत्रकार सम्मलेन गर्दै पिडित हरुले सम्झौता सार्वजनिकको माग गरेका हुन् ।  सिराहाको चन्द्रोउदयपुर स्थित मारुती सिमेन्टका लागि चुनढुंङ्गा ढुवानी गर्ने  ऊँ शिवम मल्टिप्रपोज कन्ट्रक्सनको शाखा कटारी ,१ ,देवीधाप द्धारा सञ्चालित ट्रिप्पर हरुले सडक क्षमता भन्दा वढी चुनढुंङ्गा वोकेकै कारण कटारी मिर्चैया सडक खण्ड जीर्ण वनेको , मानवीय तथा वातावरणीय असर वढेको भन्दै आन्दोलित पिडित हरुले आन्दोलनका लागि २३ सदस्यिय मुल समिति समेत गठन गरेका छन् ।

गजल

– गोपी थापामगर (विरही) तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन साथ दिन्छु भनि तिम्रो हात समाउदा व्यर्थमा गोपीले मेरो जवानी लुट्यो नभन अन्माएर तिमीलाई मेरो घरमा ल्याएपछि एक महिनामै गोपीले कुट्यो नभन साउनको सिमसिम झरीमा रुझ्दा पनि झुक्याएर मलाई असिनाले चुट्यो नभन तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj1IsmeKWHOqMdeC_O2crsZWBS1hMhUy12BWhElLgyMf51VfJ1fz2xcP75ORelXdh_y-eFV5LHgUTHhLa4KsSYyRHTAq_gdo5t92ZaHZmMdd2kSau8m_wg2ov6BIUGH-xRTQsECpHEbXLs/s0/background.png

आजबाट शैक्षिक आमहड्ताल

फागुन २८, सिन्धुली शिक्षकहरुले आफ्नो माग वेवास्ता गरेको भन्दै आमहड्ताल गरेकै दिन सिन्धुलीको एक कार्यक्रममा शिक्षामन्त्रि दीनानाथ शर्माले सरकारलाई असफल बनाउनका लागी शिक्षकहरुले आन्दोल जारी राखे परिणाम नराम्रो हुने चेतावनी दिएका छन् । आफ्नो अधिकारका लागी शिक्षकहरुले विद्यार्थीहरुको भविष्य माथि भकुण्डो खेलेको हारोप शिक्षामन्त्रि शर्माले लगाए । शिक्षकहरु प्रति निकै आक्रमक बनेका मन्त्रि शर्माले शिक्षकहरुले आन्दोलनका कारण एसएलसी दिने तयारीमा रहेका साँढे पाँचलाख भन्दा बढि विद्यार्थीलाई एक वर्ष पर धकल्ने काम भएमा भएका सुविधा पनि कटौती हुँदै जाने उदे्घोष गरे ।

ट्रान्समिसन विवाद मिलाउन समिति

फागुन २७, सिन्धुली  स्थानीयबासीको अवरोधपछि निर्माण प्रभावित भएको खिम्ती ढल्केबर ट्रान्समिसन लाइन निर्माणबारे शुक्रबार पीडित पक्ष र उर्जा मन्त्रालयबीच वार्ता भएको थियो । वार्तामा दुवै पक्षबीच एउटा प्राविधिक टोली निर्माण गर्ने सहमति भएको छ । आगामी चैत्र १२ गतेभित्र स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाउने र त्यो प्रतिवेदन दुवै पक्षले मान्ने गरी प्राविधिक टोली गठन गरिएको मन्त्रालयले जनाएको थिए । उर्जा मन्त्रालयका सह–सचिव अनुप उपाध्यायको नेतृत्वमा गठित उक्त समितिमा प्राधिकरण सञ्चालक सदस्य कृष्णप्रसाद दुलाल र प्राधिकरणकै गणेशप्रसाद राज छन् । सिन्धुलीमाढीका स्थानीयबासीको अवरोधपछि नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर ट्रान्समिसन लाइन निर्माण प्रभावित हुँदै आएको छ । 

सवारी दुर्घटना न्यून गर्न सिन्धुलीमा ट्रफिक सप्ताह सुरु

फागुन २७ , सिन्धुली  सवारी दुर्घटना न्यून गर्न हिजोदेखि ट्रफिक सप्ताह सुरु भएको छ । सवारी धनी तथा यात्रु र सर्वसाधारणलाई ट्राफिक चिन्हहरुको जानकारी दिंदै सिन्धुलीमा पनि ट्राफिक सप्ताहका अवसरमा विविध कार्यक्रमहरु सुरु भएका छन् । सिन्धुली ट्राफिक प्रहरीले पर्चा, पम्लेट तथा माइकिङमार्फत ट्राफिक नियमको बारेमा जानकारी गराइरहेका छन् । आगामी चैत २ गतेसम्म मनाईने टा«फिक सप्ताहअन्र्तगत जिल्लाका ग्रामिण सडक भएका ठाउँहरुमा समेत चेतनामूलक कार्यक्रम गरिने सिन्धुलीका टा«फिक प्रमुख ऋद्धि बहादुर थापाले जानकारी दिनुभयो । दुर्घटनाबाट बचौँ र बचाऔँ , तँपाईको सुरक्षा हाम्रो सरोकार लगायत सन्देशमुलक नाराहरु लेखिएको पर्चा, पम्लेट बाडेर ट्राफिक नियमको बारेमा सचेतना जगाईरहेका छन् ।
गजल –गोपी थापामगर (विरही) तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन साथ दिन्छु भनि तिम्रो हात समाउदा व्यर्थमा गोपीले मेरो जवानी लुट्यो नभन अन्माएर तिमीलाई मेरो घरमा ल्याएपछि एक महिनामै गोपीले कुट्यो नभन साउनको सिमसिम झरीमा रुझ्दा पनि झुक्याएर मलाई असिनाले चुट्यो नभन तिम्रो मेरो वीचको नाता छुट्यो नभन कोमल त्यो नाडीको चुरा फुट्यो नभन जोस चल्दा होस गुम्छ रक्सी पिउदा मात लाग्छ सत्य के हो ? थाहा छैन् खाली जिन्दगीमा घात लाग्छ