Skip to main content

तिज पर्व निराहार व्रत बसेर मनाईदै

१४ भदौ, काठमाण्डौ,

हिन्दु महिलाहरुको महान पर्व तिज आज निराहार व्रत बसेर भगवान महादेवको पुजा आरधनाका साथ मनाईदैछ । विवाहिता महिलाले आफ्ना पतिको दीर्यायु र सुःख शान्तिको कामना गरेर तिजमा व्रत वस्ने गर्छन भने अविवाहिता महिला सुयोग्य वरको कामना सहित व्रत वस्ने परम्परा चलिएको छ । यसै क्रममा काठमाडौंको पशुपतिनाथको मन्दिरमा विहानैदेखि महिला भक्तजनको घुईचो लागेको छ । व्यस्थित रुपमा लाईनमा बसेर महिला भक्तालुले भगवान पशुपतिनाथको दर्शन गरिरहेका छन् । महिला भक्तालुलाई सहज र सजिलो होस भनेर पशुपति विकास कोषले पिउने पानी औषधि उपचार नाचगानका लागि शीतल टहरा बनाईदिएको छ । 
सुरक्षाको पनि त्यत्तिकै बन्दोवस्ती रहेको छ । हराउने वा चोरी हुन सक्ने भन्दै पशुपति विकास कोषले महिला दिदी वहिनीलाई महंगा गरगहना नलगाउन आह्वान पनि गरेको छ । परापूर्व कालमा हिमालय की पुत्री पार्वतिले महादेव पति पाउँ भनि निराहार व्रत बसेपछि महादेव पति पाएको किम्वदन्ति अनुसार आजका दिन हिन्दु महिलाहरुले त्यसको अनुसरण गर्दै आएका छन् । सौभाग्यको प्रतिक मानिने रातो चुरा हिरो पोते रातो साडि चोली ब्लाउज सिन्दुर लगायतका श्रृङगारले सजिएर महिलाहरुले आज दिनैभरी नाचगान गरेर रमाइलो गर्छन । बेलुका पुजा गरेर फलफुल दहि दुध वा यस्तै प्रकारका खाना खाने गरिन्छ । 

रमाइलो गर्ने क्रममा उनिहरुले माइति र आफ्नो घरका आफन्तलाई गीतका मार्फतबाट घोचपेच समेत गर्ने गर्छन् । द्धितियाका दिन दर खाएर पाचमिका दिन पुजा गरेर तिजलाई समापन गर्ने गरिन्छ । आजका दिन महिला कर्मचारीलाई सार्वजनिक विदा दिईएको छ ।  यसैवीच मुस्लीम समुदायले पनि आज इदउल फित्र मनाउदैछन् । एक महिनाको कठोर व्रत अर्थात रोजापछि गएराति चन्द्रमालाई हेरेका मुस्लीमहरुले यो पर्व मनाउन लागेका हुन् । रमजान भरी मुस्लीम समुदायले दिनभरी पानीपनि नखाएर व्रत वस्ने गर्छन । आजका दिन उनिहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै बर्षभरी कमाएको सम्पत्तिबाट केही अंश गरिवलाई दान स्वरुप दिने गर्छन ।

साभार सिन्धुली दर्पण डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।