Skip to main content

राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने

मंसिर २,
राजधानीमा २४ सै घन्टा दुईतले मेट्रोबस चलाइने
महानगरपालिकाले २४ सै घन्टा चलाउने गरी मेट्रो बस ल्याउने तयारी गरेको छ । एकै पटक धेरै यात्रु ओसार्ने उद्देश्यले सञ्चालन गरिएको मेट्रो बस दुईतले हुने छ । यसका लागि महानगरपालिकाले इच्छुकलाई इच्छापत्र बुझाउन आह्वान समेत गरिसकेको छ । कात्तिक १ गते गरिएको आह्वानपछि जय जनता नामको कम्पनीले इच्छा देखाएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । 'धेरै यात्रु एकै पटक बोक्न सकियोस् भनेर दुईतले बस सञ्चालनका लागि हामीले काम सुरु गरेका छौं,' उनले भने, 'सुरुमा कम्तीमा १० बस ल्याउन लगाउने योजना छ ।'

जय जनताको प्रस्ताव राम्रो लागे बस सञ्चालन गर्न पाउने उनले बताए । 'योग्य नभए पुनः आह्वान गर्छौं,' उनले भने, 'त्यसबाट एउटा कम्पनी छनोट गर्छौं ।' छनोट भएको कम्पनीले आफ्नै लगानीमा बस ल्याउनुपर्छ । यसबाट हुने आम्दानी पनि त्यही कम्पनीले पाउने छ । 'राजधानीमा साना साधन भएका र सवारी चाप बढी देखिएकाले यस्तो गर्न लागेका हौं,' उनले भने, 'महानगरपालिकाले बस सञ्चालन गर्ने कम्पनीलाई रुट उपलब्ध गराउने, वाषिर्क करमा छुट दिने लगायत व्यवस्था गर्ने छ ।' यस्तो बसमा करिब ८० जना यात्रु बस्न मिल्ने उनले बताए । हाल एउटामा २०/३० जना यात्रु मात्र चढ्न मिल्ने हुँदा बढेको सवारी चाप नियन्त्रणमा यसले सहयोग पुर्‍याउने उनले बताए । राति पनि सञ्चालन हुने भएकाले सुरक्षाको व्यवस्थाको जिम्मा नेपाल प्रहरीलाई दिने तयारी गरिएको छ । 'महानगरीय प्रहरी कार्यालयले एउटा बसमा एक जना प्रहरी दिन सहमति जनाएको छ,' उनले भने, 'राति सञ्चालन हुने बसमा उनीहरू  बस्ने छन् ।'

राति राजधानी आएका, अफिसबाट ढिलो र्फकने व्यक्तिहरुलाई रात्रिकालीन बस सेवाले सहयोग पुग्ने उनले बताए । 'राति आवश्यकता अनुसार २/३ बस मात्र सञ्चालन हुने छन्,' उनले भने, 'विभिन्न स्टेसनमा कुन समयमा बस आइपुग्छ पहिले नै जानकारी गराइने छ ।' यसरी सञ्चालन हुने बस साना रुटमा भने चल्ने छैनन् । चक्रपथका साथै 'क' वर्गमा राखिएका ठूला सडकमा बस सञ्चालन हुने छ ।

साझा सञ्चालन गरिने
काठमाडौं (कास)- सरकारले सहकारी अवधारण अन्तर्गत पुनः साझा बस सञ्चालन गर्ने तयारी गरेको छ । एकै पटक धेरै यात्रु बोक्न मिल्ने गरी सञ्चालन गर्ने श्रम तथा यातायात मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेस गरेको छ । 'सवारी चाप कम गर्ने उद्देश्यका साथ प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पेस गरेका छौं,' मन्त्रालयका उपसचिव अनिल गुरुङले भने । पुनः सञ्चालन हुँदा पूर्ण व्यवस्थित बनाउने उनको भनाइ छ । राजनीतिक हस्तक्षेप र अव्यवस्थापनका कारण झन्डै चार वर्षदेखि साझा यातायात बन्द छ । सवारी साधनको संख्यामा भएको उच्च वृद्धिसँगै बढेको सडक दुर्घटना, ट्राफिक जाम र अव्यवस्थित पार्किङलाई केही भए पनि कम गर्न साझा बस पुनः सञ्चालनको तयारी गरिएको हो । यसले निजी क्षेत्रले सार्वजनिक सवारीमा कायम गरेको सिन्डिकेट रोक्नलाई पनि सहयोग पुग्ने श्रम मन्त्रालयका अधिकारीले बताएका छन् ।

मन्त्रालयका अधिकारीले प्रधानमन्त्री बाबुराम भट्टराईले यातायात व्यवस्थापनालाई प्राथमिकतामा राखेकाले यो कामलाई मन्त्रालयले प्राथमिकताका साथ अगाडि बढाएको बताए । प्रधानमन्त्रीले यसअघि पनि धेरै यात्रु चढ्न मिल्ने सवारी साधन सञ्चालनलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।यसो त ५० वर्ष लामो सरकारी नियन्त्रणको इतिहास तोड्दै सात महिना अघि साझामा सहकारी अवधारणका साथ नयाँ सञ्चालन समिति गठन भएको छ ।  साझा यातायात सहकारीले सुरुमा कम्तीमा पनि २० वटा बस भित्र्याउने तयारी गरेको छ । यसपछि बिस्तारै निजी क्षेत्रको प्रभुत्व रहेको सार्वजनिक यातायातको क्षेत्रमा आपmनो हिस्सा बढाउँदै जाने उसको तयारी छ ।

साभार : इकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनुसार सिन्धुली जिल्लाको कू

सिन्धुलीमा घैया धान लोप हुने अवस्थामा

लोकहरि आचार्य,  २३  भदौ सिन्धुली ।  पानीको मात्रा कमै भए हुने धानको एक प्रकारको जात घैया धान सिन्धुलीमा लोप हुन थालेको छ । पानी कम पर्ने ठाउँमा प्रख्यात मानिएको घैया धान अहिले किसानहरुले रोप्न नै छाडिसकेका छन् । घैया धान सिंचाई काम हुने र कान्लो बारीमा समेत लगाउन सकिने जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । आकाशे पानीको भरमा फल्ने घैया धानलाई जलवायू परिवर्तनले समेत असर गरेको कृषि विकास कार्यालयका प्राविधिक नथुनी यादवले बताउनुभयो ।

Send Free SMS Worldwide