Skip to main content

नायक राजेश हमाल अब सम्पादक

पुष १४
अंग्रेजीमा स्नातककोत्तर गरेका नेपाली सिनेमा क्षेत्रकै चर्चित नायक राजेश हमाल अब पत्रकार बन्ने भएका छन् । उनी, कुनै चलचित्रमा पत्रकारको भुमिकामा देखिन लागेको नभई वास्तवमै पत्रकार नै बन्न लागेका हुन् । उनलाई एक दैनिक राष्ट्रिय पत्रिकाले यो प्रस्ताव गरेको हो । यसमा हमालले स्वीकृती पनि जनाईसकेका छन् । नायक हमालले अब समाचार पत्रिकामा पढ्ने मात्र छैनन् । यसको सम्पादन समेत गरेर कुन छाप्ने र कुन नछाप्ने भनि छुट्टाउने समेत अधिकार पाएका छन् । यसका लागि हमाललाई कान्तिपुर पव्लिकेशनले अंग्रेजी राष्ट्रिय दैनिक द काठमाण्डु पोष्टमा सम्पादकको जिम्मेवारी दिने भएको हो ।  काठमाण्डु पोष्टले शुरुवात गर्न लागेको सेलिब्रेटी सम्पादक अन्तर्गत हमाल फेब्रुअरी महिनाका लागि यो पत्रिकाको सम्पादक बन्नेछन् ।
उनलाई काठमाण्डु पोष्टले ‘ईडिटर अफ द मन्थ’को रुपमा राख्न लागेको हो । जसमा नायक हमालले दैनिक आउने समाचारलाई सम्पादन गरी प्रकाशन योग्य हुने र नहुने छुट्टाउनेछन् । यसका लागि सहमती भैसकेको हमालका सहयोगी चीरञ्जीवि आचार्यले अनलाइनखबरलाइ जानकारी दिए । नयाँ भूमिकाबाट नायक हमाल पनि निक्कै सन्तुष्ट रहेको बुझिएको छ । केही समय अघि कान्तिपुर टेलिभिजनमा वाईवाइ क्वीज हि्वज सञ्चालन गरेका हमाल अब सम्पादक समेत बन्ने भएका हुन् ।
साभार : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।