Skip to main content

इन्टरनेटको कुलत ड्रग्स जस्तै

माघ २
सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो । हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।

चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् ।
चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीहरुको मस्तिष्कको स्क्यान गरेर इन्टरनेटको प्रयोगले गर्ने असरको अध्ययन गरेको थियो । त्यसमध्ये १७ जना इन्टरनेटको लत बसेका केटाकेटी थिए । चिकित्साको भाषामा अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई इन्टरनेटको कुलत अर्थात इन्टरनेट एडिक्सन डिसअर्डर -आइ ए डी)भन्ने गरिएको छ ।

लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन । इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन ।

यता बेलायतको किंग्स कलेजका मनोवैज्ञानिक गन्टर सुम्यानले इन्टरनेटको जस्तै भिडियो गेमको अत्यधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो कुलत बस्ने बताएका छन् । वैज्ञानिकहरुले इन्टरनेटको कुलतको विषयमा भएको पछिल्लो अनुसन्धान चिकित्सा मनोविज्ञान क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन् । सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो । हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।

चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीहरुको मस्तिष्कको स्क्यान गरेर इन्टरनेटको प्रयोगले गर्ने असरको अध्ययन गरेको थियो । त्यसमध्ये १७ जना इन्टरनेटको लत बसेका केटाकेटी थिए । चिकित्साको भाषामा अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई इन्टरनेटको कुलत अर्थात इन्टरनेट एडिक्सन डिसअर्डर -आइ ए डी)भन्ने गरिएको छ ।

लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन । इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन ।

यता बेलायतको किंग्स कलेजका मनोवैज्ञानिक गन्टर सुम्यानले इन्टरनेटको जस्तै भिडियो गेमको अत्यधिक प्रयोग गर्ने मानिसमा पनि यस्तो कुलत बस्ने बताएका छन् । वैज्ञानिकहरुले इन्टरनेटको कुलतको विषयमा भएको पछिल्लो अनुसन्धान चिकित्सा मनोविज्ञान क्षेत्रमा कोशेढुंगा सावित हुने बताएका छन् । (एजेन्सीको सहयोगमा कुलचन्द्र अर्याल)

साभार : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।