Skip to main content

टाइगर झन गर्जिदै

भदौ १,
भारतमा लभगभ ३५ करोड भारुको ओपनिङ गर्दै नयाँ रेर्कड राखेको सिनेमा ‘एक था टाइगर’ नेपाली हलवालाहरुको लागि पनि फाइदाको ब्यापार सावित हुदैगइरहेको छ । जसका कारण राम्रो कमाइ हुने आशले हत्तपत्त हिन्दी फिल्मी नलगाउने हलहरुले पनि ‘एक था टाइगर’ लाई लगाएका छन् ।बुधवारबाट रिलिज भएको सिनेमा ‘एक था टाइगर’ हेर्नेको क्रेजलाई क्यास गर्न क्यू एफ एक्सले आफू अन्तर्गतका ६ वटा हलहरु सबैमा सबै शो मा ‘एक था टाइगर’ लगाएको छ ।



क्यु एफ एक्सको बजार हेर्ने सुरेन्द्र थापाका अनुसार शुक्रवार र शनिवार सिनेमा हेर्न धेरै दर्शक आउने भएकाले सबैमा ‘एक था टाइगर’ लगाइएको हो । सिमित हलमा मात्र लगाउदा ‘एक था टाइगर’ हेर्न आउने दर्शकहरु टिकट नपाएर त्यसै नर्फकिउन भन्ने हेतुले पनि सबै हलमा लगाइएको हो । यसले राम्रो प्रतिफल दिने आशा पनि सुरेन्द्रले गरे । ‘एक था टाइगर’ आज र भोलि मात्र सबै हलमा लाग्नेछ भने आइतवारबाट अरु सिनेमाहरु पनि यथावत लगाइनेछ ।


‘एक था टाइगर’ हत्तपत्ति हिन्दी सिनेमा नलाग्ने अष्टनारायाण हल वालाजु , गंगा हल लगायतका हलहरुमा पनि लगाइएको छ । नेपाली सिनेमाको ब्यापारको लागि राम्रो मानिने यी हलहरुमा पनि ‘एक था टाइगर’ लाग्नुले यो सिनेमा राम्रो रहेको बुझ्न सकिन्छ ।


यसैगरी ‘एक था टाइगर’ लाई नेपालमा डिस्टिब्युट गरेको क्यूव पनि यसको वितरणबाट घाटामा नजाने देखिएको छ । गोपिकृष्ण हलका म्यानेजर प्रदीप दाहालले लगभग नेपाली एक करोडमा किनिएको यस सिनेमाबाट घाटा नहुने निश्चित भएको बताए । यसैगरी दाहालले ‘एक था टाइगर’ बाट कति नाफा हुन्छ भन्ने कुरा चाहि केही समयपछि थाहा हुने पनि बताए । यस सँगसँगै यो सिनेमा सलमान खानका यसअघिका सिनेमा ‘दवङ’ र ‘वडीगार्ड’ को जस्तो रेसियोमा नजाने अनुमान पनि लगाए ।


साभार : मेरो सिनेमा

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।