Skip to main content

फेसबुकको गिफ्ट


दसैं नजिकिँदै छ, चाडपर्व मनाउन पक्कै एक कदम अगाडि सर्छौं । चाडपर्वमा उपहार अपेक्षा धेरैले गर्छन् र आदानप्रदान पनि प्रशस्तै हुने गर्छ । त्योभन्दा बढी हुने गर्छ, सोसल नेटवर्क शुभकामनाको साटासाट । चाडपर्वमात्र किन ? कुनै पनि अवसरमा उपहारले ठूलै महत्त्व राख्ने गर्दछ । प्रविधिले फड्को मारिसकेको छ । सोसल नेटवर्कबाट शुभकामनाका साथै उपहार नै साट्न पाए झनै राम्रो । यस्तै गिफ्ट साट्ने सुविधा फेसबुकले केही अगाडि सुरु गरेको थियो । फेसबुकमा कसैसँग केही माग्दा तुरुन्तै पाइन्थ्यो । तर गिफ्ट पाउनेहरू जिल्ल पर्थे । किनकि ती फेसबुकका गिफ्ट भर्चुअल हुने गर्थे । फेसबुकको यही भर्चुअल गिफ्ट धेरैलाई रमाइलो पनि लाग्यो । अब फेसबुकले भर्चुअल होइन वस्तुगत रूपमै गिफ्ट आदानप्रदानको सेवालाई थपेको छ ।

प्रयोगकर्ताले आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सक्नेछन् । फेसबुक नेटवर्कबाट गिफ्ट पठाउँदा, व्यक्तिले भर्चुअल कार्ड पाउने छन् । भर्चुअल कार्डमा गिफ्ट पाउने -पुग्नुपर्ने) ठेगाना भरेर उपहार प्राप्त गर्न सकिन्छ । गिफ्ट प्राप्त गर्न सकिन्छ ।
पठाउने प्रयोगकर्ताले गिफ्टको भुक्तानी गिफ्ट छान्नेबित्तिकै गर्न सक्नेछन् र थप सुविधाका लागि पाउने प्रयोगकर्ताले भर्चुअल कार्ड भरेपछि पनि गर्न सक्नेछन् । फेसबुकबाट आउने गिफ्ट पाउँदाको क्षणको आनन्द नै छुट्टै होला ? थपिएको यो फिचरलाई प्रभावकारी बनाउन, प्रचलित कम्पनीहरूसँग साझेदारी गर्नमा फेसबुक व्यस्त पनि छ । फेसबुकमार्फत कसैलाई गिफ्ट पठाएको कुरा फेसबुकमा सेयर पनि गर्न सकिन्छ ।

प्रयोगकर्ताको टाइमलाइनमा रहेको गिफ्ट अप्सन छानेर आफ्नो फेसबुक नेटवर्कमा रहेकालाई गिफ्ट पठाउन सकिन्छ । गिफ्ट पठाउने अर्को विकल्मका रूपमा 'न्युज फिड' मा आउने जन्मदिन रिमाइन्डरको पनि प्रयोग गर्न सकिन्छ । गिफ्ट अप्सनमा रहेको सूचीबाट गिफ्ट छानेर पठाउन सकिन्छ । गिफ्ट पाउने प्रयोगकर्ताले नोटिफिकेसनबाट जानकारी कार्डसहित पाउने छन् । गिफ्ट स्वीकार गरी सिपिङ इन्फरमेसन भरे गिफ्ट पठाइनेछ । प्रयोगकर्ताले गिफ्ट अस्वीकार

पनि गर्न सक्छन् । फेसबुकले अघि सारेको तुरुन्तै र स्वीकार गरेपछि भुक्तानी गर्न सकिने योजनाले पनि प्रयोगकर्ताहरूको मन छुन सक्नेछ । फेसबुक प्रयोगकर्ताको संख्या बढ्ने क्रम जारी छ । एप्पलले पछिल्लो मोबाइल डिभाइस अपरेटिङ सिस्टम -आईओएस सिक्स) लाई फेसबुकमा जोडेको छ । एक अर्ब प्रयोगकर्ताको सोसल नेटवर्क बन्ने तरखरमा रहेको फेसबुकको यो नयाँ सेवाले सोसल नेटवर्कको स्वरूप बदल्न सक्नेछ । सोसल नेटवर्क, सोसल मिडियाका रूपमा उदाउँदै गरेको अवस्थामा फेसबुकको गिफ्ट कार्यक्रमले सोसल नेटवर्कलाई प्रत्यक्ष व्यापारतर्फ अगाडि सारेको छ ।

फेसबुकको गिफ्ट स्किमलाई प्रयोगकर्ताहरूले पत्याएको खण्डमा फेसबुकसँगै अरू साझेदारलाई पनि राम्रै फाइदा पुग्नेछ । फेसबुक आफ्नो प्रयोगकर्ताहरूको संख्याबाट व्यापारिक सफलता हात पार्ने दाउमा छ । फेसबुक र साझेदारबीच बाँडफाँड कसरी हुन्छ, खुल्न सकेको छैन तापनि प्रयोगकर्ताहरूले फेसबुकलाई विश्वास गरेर आफ्नो क्रेडिट कार्ड इन्फरमेसन फेसबुकलाई सुम्पने संभावना उत्तिकै छ ।

फेसबुकको गिफ्ट फिचर सर्वत्र भइसकेको छैन । फिचरप्रति उत्साह बढ्दो छ । तर नेपालीका लागि भने यसको प्रयोग केही अप्ठ्यारो छ । अनलाइन ट्रान्जेक्सन खासै नहुने हाम्रो जस्तो देशमा नेपालभित्रै यस्तो कारोबारको अपेक्षा गरिहाल्न सकिन्न । तर विदेशबाट पठाइएका गिफ्ट हाम्रो हातमा आउँछ भनेर आशा गर्ने कि ?


प्रकाशित मिति आश्विन २१ इकान्तिपुर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।