Skip to main content

घरैवाट भर्न सकिन्छ डिभी चिठ्ठा


 नेपाली युवाको मन मष्तिष्कमा अहिल्य एउटै विषयले डेरा जमाएको छ त्यो हो (ELECTRONIC DIVERSITY VISA)   डिभी चिठ्ठा । साधारण व्यक्तिदेखी  उच्च पदस्थ व्यक्तिहरुले समेत अमेरिका जाने सपना वोकेर डिभी चिठ्ठा भर्ने गरेका छन् । गएको अक्टोवर २ ताखिरदेखी आउदो नोभेम्वर ३,२०१२ सम्म सन् २०१४ को लागी डिभी कार्यक्रम अनलाईन मार्फत खुल्ला गरिएको छ । यहि डिभीको नाममा बजारमा धेरै सघंसस्थाले अहिल्य नै पैसा कमाउने समय भन्दै मौकामा चौका हानिरहेका छन् । डिभी भर्नको लागी कुनै शुल्न तिर्न नपर्ने भएपनी चर्को शुल्क असुरलिरहेका  छन् । काठमाण्डौ उपत्यकामा एकसयदेखी ३ सय रुपैयाँ सम्म शुल्क लिने गरेको डिभी भरेर फर्किनेहरु वताउछन् । त्यस्तै काठमाण्डौ भन्दा वाहिरका जिल्लाहरुमा पाचँ रुपैयाँ सयसम्म लिने गरेको वताईएको छ । अनलाईनमा पैसा तिर्नुपर्छ, ईन्टरनेट खर्च लाग्छ, कम्प्युटरमा लामो समय काम हुन्छ भन्दै चर्को शुल्य लिने गरेको पाईएको छ । त्यसो त डिभी भर्न इच्छुक मानिसहरुमा पनी एउटा ठुलो भ्रमले जरा गाडेको छ त्यो हो आफैले भर्न सकिन्न, त्यस्ता सस्थाहरुमा भरेका डिभी मात्रै मान्य हुन्छ  । त्यस्ता सोचाई र मानसिकता भ्रम मात्रै हो ।


केहि समय अघि मात्रै नेपालका लागी अमेरिकन दुतावासले सघंसस्थाहरुले डिभीको नाममा पैसा असुल्ने काम गरेको भन्दै कारवहिको लागी नेपाल सरकार समक्ष सिफारिस गर्ने भनेर चेतावनी दिईसकेको छ ।  यसवाट पनी के वुझ्न सकिन्छ आफैले घर तथा कार्यालयवाटै भरिएको डिभीले पनी उत्तिकै मान्यता पाउछ । तपाईसगँ कम्प्युटर र ईन्टनेटको पहुँच हुदाहुदै पनी पैसा तिरेरै डिभी भर्ने सोचमा हुनुहुन्छ भने वेकारमा पैसा खर्च गरिहरनुभएको छ । कसरी भर्ने त डिभी ? 

डिभी भर्नको लागी एक मात्र आधिकारीक बेवसाईट डिभीलट्री डटस्टेट डटजिओभी www.dvlottery.state.gov मा जान आवश्यक छ । यो साईटको पहिलो पेजमै धेरै जानकारी देख्न र पढ्न सकिन्छ । जस्तै कसरी डिभी भर्ने,कस्ता कुरामा होशियारी अपनाउने,फोटो, व्यक्तिगत विवरण के कस्तो हुनुपर्छ आदि ईत्यादी ।  अन्य जानकारी भर्न थाल्नुभन्दा पहिले खिचिएको फोटोमा ध्यान दिन आवश्यक छ । डिभिको लागी खिचिएको  फोटो साधारण हुनुपर्छ । आकर्षण देखाउन फोटोशपवाट चम्काउने तथा फुलवुटा भर्ने काम भर्नुहुदैन भने व्याकग्राउण्ड सादा हुन आवश्यक छ । आफु जस्तो फोटोपनी त्यस्तै (नेचुरल) हुनुपर्छ । अनुहार र जिउको वनावट साथै उचाई, चौडाईको लागी यो  स्केचवाट पनी प्रश्ट हुन सकिन्छ  

 फोटो तयार भईसकेपछि दोश्रो स्टेपमा जानु पर्ने हुन्छ  ( Being entry) ।  विस्तृत वायोडाटा भर्नको लागी देखिएको पाचँ अग्रेजी अक्षर वक्समा टाईप गरी तेश्रो   स्टेपमा जान सकिन्छ । तेश्रो स्टेपमा गईसकेपछि नाम ( अन्तिम,पहिलो विचको ), जन्ममिति (दिन,महिना,वर्ष) लिङ्ग (महिला/पुरुष ), जम्नेको ठाउँ, राष्ट्र टाईप गर्नुपर्ने ठाउँ र फोटो अपलोड गर्ने ठाउँ देखिनेछ । साथै फोन नम्वर,शहरको ठेगाना, पोष्ट र जिप कोड, शिक्षा,वैवाहिक अवस्था र लगायत अन्त्यमा ईमेल आईडी राखेर कन्टिन्यू बक्समा क्लिक सक्नपर्ने हुन्छ र सवै जानकारी सहि भएपछि अन्तिम ओके गर्नुपर्छ । अव तपाईले सजिलै डिभि भर्नुभयो । डिभी भरिसकेपछि प्रमाण स्वरुप तपाईले एउटा पेटमा सर्टिफिकेट देख्नुहुन्छ त्यसलाई ईन्टरनेट व्राउजर सहित सेभ गरेर राख्न सक्नुहुन्छ भने एक प्रती प्रिन्ट गरेर हार्डकपी पनी सुरक्षित राख्दा राम्रो हुन्छ । तपाईले भर्नुभएको डिभीको नतिजा करिव ६ महिनापछि निस्कन्छ ।

 डिभीको नतिजा डिभीलट्री डटस्टेट डटजिओभी -www.dvlottery.state.gov वाटै थाहा पाउन सकिन्छ । तर तपाईको ईमेल एकाण्टमा, वधाई छ तपाईले डिभी चिठ्ठा पाउन सफल हुनुभयो, जस्ता इमेलहरु आउन सक्छन् । साथै थप प्रक्रियाको लागी  शुल्क तिर्नु पर्छ , त्यसपछि तपाई अमेरिका जान सक्नुहुन्छ जस्ता ईमेलले पनी झुक्काउन सक्छन् ।  ती त्यस्ता प्रकारका ईमेल देखेर मख्ख नपर्नुस्  ती सवै ठ्ग्ने धन्दा मात्र हुन्  । त्यस्ता प्रलोभनमा पर्नु भनेको ठगिनु हो ।  विकसोन्मुख देशका नागरिकहरु अशिक्षित हुन्छन्, झुक्काएर ठग्न सजिलो हुन्छ भनेरपनी धेरै प्रपोगाण्डा सहितको ईमेल आएमा त्यस्ता इमेल डिजिल गर्न अथवा नेपालका लागी अमेरिकन दुतावासको ईमेल आईडी ( usembktm@state.gov  ) मा फरवार्ड गरिदिन सक्नुहुन्छ । 

-शान्ति विक्रम गौतम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...