Skip to main content

सिन्धुली मरिण खोलाको पुल अलपत्र


सिन्धुली, मसिंर १२ । 
नेपाल सरकारले वैकल्पीक राजमार्गको रुपमा महत्व दिएर निर्माण भैरहेको हेटौडा–सिन्धुली–गाईघाट–धरान चतरा सडकमा पर्ने सिन्धुलीको डाडीगँुरासे गाविस जोड्ने पक्की पुल निर्माण थालेको तिन वर्ष भैसक्दा पनि अझै निर्माण कार्य सम्पन्न भईसकेको छैन । ठेकेदारको लापरवाहीको कारण पुल निर्माणमा ढिलाई भएको स्थानिय वासिन्दाहरुले गुनासो गरेको छन् । सो पुल जाइका नेपालको ४ करोड सहयोगमा निर्माण थालीएको हो । सिन्धुली सदरमुकामलाई जिल्लाको पश्चिम क्षेत्रलाई जोड्ने एक मात्र महत्वपुर्ण पुल हो । सो पुल निर्माण पछि वर्षादमा पनि डाडीगुराँसे,हादेवस्थान तथा कपिलाकोट गाँउ विकास समिती सम्म करिव २० किलोमिटर सहजै यातायातका सधानको पहुँच पुग्ने छ । 

डाडीगाविसको मरिण खोलामा २०६७ मंसिर देखी सगरमाथा–रौताहा–घिमिरे जेभी कन्स्ट्रक्शनले काम गर्न थालेको हो । ०६९ साल जेठ मसान्त सम्म नेपाल सरकारलाई वुझाई सक्नु पर्ने पुलको काम चालिस प्रतिशत पनि भएको छैन । सो पुलको ६ वटा पिलर मध्ये तिन वर्षमा ठेकेदारले ४ वटा मात्रै पिलर वनाएको छ भने दुई वटा पिलर वनाउ वाँकीनै । पुलको साइडप्रोटेक्शनको सवै काम वाँकी छ । 

हेटौडा–सिन्धुली–धरान चतरा वैकल्पीक सडकमा पर्ने मरिण खोलाको पुल निर्माणमा ढिलासुस्ती हुँदा त्यस क्षेत्रका हजारौं जता प्रभावित वनेका छन् ।
डाडीगुँरासेका स्थानिय वासिन्दा वैकुण्ठप्रसाद ढकालले जाइका नेपालले सहयोगमा निर्माण गर्न थालेको परिण खोलाको पुल निर्माण गर्न ठेकेदारले ढीलासुस्ती गरिदिँदा हजारौं जनताले दुःख पाएको वताउँ छन् । पुल निर्माण स्थलमा मुख्य ठेकेदारहरु कहिन्यै आउदैनन् । काम गर्न जनशक्ति पनि त्यती प्रयोग छैन् ढकालले भने । पुल चाडो निर्माणको लागी दवाव दिने स्थान नदेखेकोले हामीहरु चुप लागेर वसेका छौ ढकालले भन्नुभयो । 
 पुल निर्माण कार्यमा ठेकेदारले ढिलासुस्ती मरिण क्षेत्रका हजारौं जनतालाई प्रत्यक्ष प्रभाव पारेको एमाओवादीका स्थानिय नेता गणेश वुढाथोलीले वताउनुभयो । पुल निर्माण गर्न ढिला सुस्ती भयो भन्ने ठाउँ पनि छैन उहाँले भन्नुभयो । काम लगाउने इन्जीनियर कता छन् । काम कस्को गाईड लाइनमा चलेको हुन्छ पत्तै हुँदैन उहाँले भन्नुभयो । काम भएका जिल्लाहरुमा प्राविधिक पक्षको कार्यालय भए अनुगमन गर्न सजिलो हुने माओवादी नेता वुढाथोकीको भनाइ छ । पुल निर्माण स्थलमा मरिण खोलामा जाइका नेपालका इन्जीनियरहरु तथा निर्माण व्यवसायी दुवै भेट्न सकिदैन । सो निर्माणको काम ठेकेदारले वन्द गरेका हुन् ।

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।