२१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुदैन...


मंसिर २५
अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा अफबाह मात्र भएको बताएको छ । प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने पुष्टि गरेको हो । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत भएको बताएका छन् ।

यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो अफबाह मात्र भएको नासाले जनाएको छ । नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा धुर्व परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी धुर्व परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले बिद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम मानिसलाई नयाँ केहि नहुने बताएका छन् ।

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading