Skip to main content

आजदेखि लोडसेडिङ दैनिक १० घण्टा हुने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले आजवाट लागू हुने गरी लोडसेडिङ फेरि वढाएको छ । सातामा ५६  घण्टा लोडसेडिङ  हुँदै आएकोमा अब सातामा ७० घण्टा लोडसेडिङ हुनेछ । अत्याधिक चुहावट हुने स्थानमा भने थप १ देखि ६ घण्टासम्म लोडसेडिङ हुने छ । प्रधानमन्त्रीले यसपटकको हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैन भनिरहेपनि अहिले नै १० घण्टा पुगेको हो ।
औपचारिक सूचना निकाल्नुअघि केही दिनदेखि नै लोडसेडिङको अवधि बढ्न थालेको छ । ‘जलाशयमा पानीको सतह घट्न थालेकोले लोडसेडिङ बढाउनुपर्ने बाध्यता आएको हो’ प्राधिकरणका प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भन्नुभयो । पुस नलाग्दै दैनिक १० घण्टा लोडसेडिङ हुन थालेपछि आउँदा दिनमा स्थिति झनै भयावह हुने संकेत देखिसकेको छ । प्राधिकरणले यसवर्ष १९ घण्टा लोडसेडिङ हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । तर प्रधानमन्त्रीले लोडसेडिङ बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । अरु वैकल्पिक उपाय अपनाएर भएपनि लोडसेडिङ घटाउनुपर्ने प्रधानमन्त्रीको भनाई हो । तर विकल्पको रुपमा भारतबाट आयात गर्ने र थर्मल प्लान्ट बनाउने योजना तत्काल पूरा नहुने भएकाले लोडसेडिङ १२ घण्टामा सीमित नहुने पक्का भएको हो । ‘प्रधानमन्त्रीले बोलेर हुन्न, उपाय अरु छैन’ प्राधिकरणका एक कर्मचारीले भने-’लोडसेडिङ १२ घण्टामा सीमित नहुने पक्का छ ।’

अहिलेको अवस्था
अहिले मागको तुलनामा झण्डै ३० प्रतिशत मात्रै बिजुली आपूर्ति हुन्छ । सुख्खायाममा ९ सय ६७ मेगावाट बिजुलीको माग हुने गरेकोमा साँझको समयमा करीब ४ सय मेगावाट मात्रै उत्पादन हुन्छ । सुख्खायाममा बग्ने खोला नदीबाट झण्डै दुईसय मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । वर्षायामको तुलनामा सुख्यायाममा खोलानदीबाट एकचौथाई मात्रै बिजुली उत्पादन हुन्छ ।गएको भदौको तथ्यांकअनुसार उच्च माग ९ सय ७० दशमलव ५ मेगावाट रहेकोमा आपूर्ति भने ५ सय ७० दशमलव ५ मेगावाट मात्र छ । उर्जा मन्त्रालयका अनुसार माग र आपूर्तिको यो अवस्थाले अझै पाँच वर्ष लोडसेडिङ यस्तै अवस्थामा रहन्छ । विद्युत्त आपूर्तिका लागि आवश्यक पर्ने प्रसारण लाइन समयमा विस्तार नहुँदा र विद्युत्त आयोजनाहरु पनि समयमा सम्पन्न नभएकाले छिटो लोडसेडिङको समस्या समाधान नहुने विज्ञहरु बताउँछन् ।
तालिका हेर्नुस् :


सरकारी योजना नै फितलो
भट्टराई नेतृत्वको सरकारले शासकीय सुधार कार्ययोजनामा तत्काल लोडसेडिङ हटाउन निम्न योजना अघि सारेको छ ।
· ६ वटा प्रशारण लाइन सम्पन्न गरी कम्तिमा ३० मे.वा. विद्युत केन्द्रीय प्रसारण ग्रीडसंग जोड्ने ।
· विद्युत आपूर्तिमा सुधार गर्न २०० मे.वा. विद्युत आयात गर्ने । ऊर्जा मन्त्रालय – १ वर्ष २०० मे.वा. विद्युत आयात हुने ।
· दुहबी र हेटौडाको मल्टिˆयूल प्लाण्ट निजी क्षेत्रबाट सञ्चालन गर्ने ।
माथिका पहिलो र दोस्रो योजना पूरा गर्ने अवधि एक वर्षको छ भने थर्मल प्लान्ट अर्थात मल्ट्रियूल प्लान्ट निर्माण भएको चार महिनाभित्र कार्यान्वयनमा ल्याउने भनिएको छ । तर अहिले थर्मल प्लान्टको काम नै शुरु भएको छैन । काम शुरु नहुँदै विवाद भएकाले तत्कालको विकल्प मानिएको थर्मल प्लान्टको पनि भर छैन ।

थर्मल प्लान्टमा विवाद किन ?

लोडसेडिङ न्यूनीकरण कार्ययोजनाअन्तर्गत थर्मल प्लान्ट किन्ने सरकारी निर्णयअनुसार प्राधिकरणले थर्मल प्लान्ट किन्ने प्रक्रिया अघि बढाएको छ । तर थर्मल प्लान्टबाट उत्पादित विजुली धेरै महंगो पर्ने र त्यसको आर्थिक भार थेग्न नसकिने भन्दै अहिले थर्मल प्लान्टको चर्को विरोध भइरहेको छ । थर्मल प्लान्टमार्फत डिजेलबाट निकालिने एक युनिट विद्युतमा २२ रुपैंया ७० पैसा घाटा लाग्ने अनुमान छ । त्यही घाटामात्रै बर्षमा ५ अर्ब रुपैंया भन्दा धेरै हुन्छ ।

त्यसैले अहिले किन्ने तयारी भइरहेको थर्मल प्लान्टको विकल्प खोज्नुपर्ने आवाज उठेको छ । ‘नयाँ भन्दा पनि अहिले सुनसरीको दुहवी र हेटौंडामा त्यसै थन्किएका थर्मल प्लान्टहरुलाई नै चलाउनुपर्छ’ प्राधिकरणका पूर्व महाप्रबन्धक मोहनकृष्ण उप्रेतीले भन्नुभयो ।तर थर्मल प्लान्ट यहि हिउँदमा संचालनमा ल्याउन प्राविधिक रुपमा मुस्कील छ । त्यसमाथि ईन्धनबाट चलाउनु पर्ने थर्मल प्लान्ट हाम्रो जस्तो देशका लागि कुनै हालतमा पनि फाइदाजनक नहुने विज्ञहरु बताउँछन् ।

ठूला आयोजनाको भर छैन

जलाशययुक्त परियोजनामध्ये ७ सय ५० मेगावाटको पश्चिमसेती र ६ सय मेगावाटको बूढी गण्डकीलाई महत्वको आयोजनाको रुपमा लिइएको छ । निकै विवादपछि पश्चिम सेती परियोजना चीनको थ्री गर्जेज कम्पनीले बनाउने तय भैसकेको छ । तर काम शुरु हुन बाँकी छ । उता बूढी गण्डकी भने कसले बनाउने र लगानी कसरी जुटाउने भन्ने कुराको नै निश्चित हुन सकेको छैन । छिटै सबै प्रकृया पूरा भएर काम शुरु भएपनि निर्माण सक्न कम्तीमा ८ वर्ष लाग्छ । यस हिसाबले लोडसेडिङ हटाउने र घटाउने कुरा गफको विषय मात्रै बन्ने पक्का छ ।





स्रोत: अनलाइन खबर






Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।