यी भए २०१२ मा सफल


एप्पल आइफोन फाइभ

एप्पलले सन् २०१२ मा सार्वजनिक गरेर बजारमा उतारेको नयाँ आइफोन, आइफोन फाइभ वर्षो उत्कृष्ट ग्याजेट हो। जुन यसकै अघिल्लो संस्करण आइफोन फोर भन्दा पातलो, हलुका र छिटो आदेश प्रोसेस गर्ने खालको छ। जुन आफ्ना प्रतिस्पर्धी भन्दा बिक्रि र उपभोक्ताको सकारात्मक प्रतिक्रिया पाएको स्मार्टफोन हो। चिनमा त यसले ठूलै रेकर्ड नै राख्न सफल भयो। बिक्रिमा पनि यसले राम्रो उपभोक्ता प्रतिक्रिया पायो। यसको माग नै यति धेरै भयो कि समयमा एप्पलले माग अनुसारको वितरण गर्न सकेन।


म्याक बुक रेटिना १५ इन्च
एप्पल कम्प्युटरको नयाँ ल्यापटप म्याक बुक प्रो यो वर्षको किन्नै पर्नेमा गनिएको अर्को उपकरणका रुपमा रहृयो। यस अघिको म्याक बुक एयर भन्दा ४.५ पाउण्ड कम तौल रहेको यसमा सुपर हाइ रेजुलेसन रहेको छ। आइप्याड र आइफोनमा रहेको रेटिना प्रविधि रहेको १५ इन्चको डिस्प्ले रहेको यसलाई विश्वको सबैभन्दा बढि रेजुलेसन रहेको ल्यापटपका रुपमा ब्याख्या गरियो।



गुगल नेक्सस टेन
२०१२ मा गुगलले ट्याब्लेट बजारमा पनि सफलता पायो। उसले ठूलो आकारमा गुगल नेक्सस टेन ट्याब्लेट बजारमा उतारेर एप्पलको आइप्याडलाई धक्का दियो। आइप्याडको भन्दा झण्डै एकसय डलर कम मुल्यको यो नेक्ससले उच्च रेजुलोसन साथै आइप्याड भन्दा फरक नलाग्ने अनुभूति पनि दिएको छ।




एप्पल आइप्याड मिनी
ट्याब्लेट प्रेमी एवं एप्पलको आइप्याड किन्न नसक्नेका लागि एप्पलले २०१२ मा सार्वजनिक गरेको सानो आइप्याडले वर्षभर चर्चा पायो। ३५० डलरको हाराहारीमा नै उपलब्ध भएको यो ट्याब्लेटले कम मुल्यमा नै उत्कृष्ट सेवा र गुणस्तर मात्र दिएन सबैका लागि एप्पल पनि बनायो।






सामसुङ ग्यालेक्सी एस थ्री
सामसुङले ग्यालेक्सी एस थ्री स्मार्टफोन सार्वजनिक गर्दा विश्व नै सबै सामसुङमय बनेको थियो। ४.८ इन्चको एचडी सुपर एमोएलइडी स्क्रिन रहेको फोनमा २ जीबी रयाम र १.५ गीगाहर्जको स्न्यापड्रागन एस फोर प्रोसेसर रहेको छ। आइस्क्रीम स्याण्डबीच एण्ड्रोइडमा चल्ने फोन विश्वमा धेरै चर्चा र धन बटुल्ने फोनमा दरियो। यसको सफलतासँगै सामसु ले एप्पलसँग निक्कै मुद्धा मामला पनि भोग्नुपरयो।
















-doorsanchar






No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading