सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ ।
माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउनुभयो  । अहिले सम्मको प्रचलन पनि तेश्रो शक्तीलाई सभामुख दिने चलन भएको उहाँको दाबी छ । परिवर्तित अवस्थामा राष्ट्रपति र उप–राष्ट्रपतिको चुनाउन हुनु पर्ने उहाँले वताउनुभयो ।



-सिन्धुली दर्पण

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading