Skip to main content

Posts

बिद्यालयको वार्षिक तथा अभिभावक दिवस

फागुन १७, सिन्धुली   सिन्धुलीको महादेवस्थान गाविस वडा नम्वर २ मा रहेको  श्री जनसहभागीता निमावि  चौकिटार पिउरी दोभानले ओफ्नो विद्यालयको २६ वार्षिक कार्यक्रम तथा अभिभावक दिवस हिजो संम्पन्न गरेको छ । कार्यक्रममा  खेलकुद तथा वार्षिक परीक्षामा उतकृष्ठ विद्याथीहरुलाई  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध नाथ गोले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नभएको थियो । त्यस्तेै कार्यक्रममा विद्यालयका प्रधानध्यापक केसव थापाले विद्यालयको १ बर्षको १२ खालको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो भने  आगमिा वर्षको  आयव्यय प्रस्ताव समेत पे्रश गर्नुभएको थियो । 

बाणिज्य बैकमा वृद्धवृद्धाहरुको भिड

फागुन १७, सिन्धुली  कमलामाई नगरपालीकाले बैँक मार्फत वृद्धवृद्धाहरुको भत्ता दिने व्यवस्था गरेपछि राष्ट्रिय बाणिज्य बैकमा वृद्धवृद्धाहरुको भिड लागेको छ । भत्ताकालागि सरकारले नगरपालीका भित्रका सबेै वडाका वृद्धवृद्धा अपाङ्गहरुलाई बैक मार्फत भत्तादिने निणय गरेपछि भत्ता बुझ्नको लागी सिन्धुलीको राष्ट्रिय बाणिज्य बैकमा बृद्ध बृद्धाहरुको भिड लाग्न थालेको हो । कमलामाई नगरपालीकाको वृद्धवृद्धाहरुले सोमबार दिनभरी लाईनमा बसेर आफ्नो खाताबाट भत्ता बुझेका छन् ।

माझीहरुले गरे कोशी पूजा

फागुन १७, सिन्धुली  माझी समुदमयले हिजो आफ्नो परम्परागत कोशी पूजा मनाएका छन् । सिन्धुली लगायत देशभरमा छरिएर रहेका माझीहरुले हिजो विभिन्न खोला किनारहरुमा कोशी पूजा गरेका हुन् । सिन्धुलीको मरिण खोला, कमला नदी, सुनकोशी, तामाकोशी लगायतका नदीहरुमा पनि उनीहरुले पूजा गरेका छन् । नदी किनारामा गरिने कोशी पूजामा बोका, हाँस, कुखुरा, राँगा लगायतको बली समेत दिने चलन रहेको छ । यसै क्रममा सिन्धुलीको मरिण खोला किनारमा विभिन्न गाउँका माझी समुदायका

रेडक्रसको ३२ औं राष्ट्रिय जुनियर युवा गोष्ठी सम्पन्न

फागुन १६, सिन्धुली  जुनियर युवा ,सशक्तिरणले ल्याउछ मानविय सेवामा ठुलो टेवा , भन्ने मुल नाराको साथ नेपाल रेडक्रस सोसाईटी राष्ट्रिय जुनियर गोष्ठी विभिन्न क्रियाकलाप गर्दै हिजो  सिन्धुलीमाढीमा सम्पन्न भएको छ। सिन्धुलीमाढीमा रहेको जनज्योति उमावि फोस्रेटारमा भएको कार्यक्रममा नेपालका ६७ वटा जिल्लाका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा २०६७ ÷०६८ मा भएका राष्ट्रिय निबन्ध प्रतियोगिता,कविता प्रतियोगिता र एल्वम प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय साथै सान्त्वना स्थान हासिल गर्ने सहभागीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

गाविसमा भेटिदैनन सिन्धुलीका गाविस सचिव

उमा पौडेल सिन्धुली फागुन ९ जिविस सिन्धुली शशस्त्र द्धन्दको समयमा गाँउमा शान्ति सुरक्षा नभएको भन्दै गाबिसमा नबसेका   सिन्धुलीका   गाबिस सचिबहरु आजभोलि पनि गाँउमा भेटिदैनन् । सदरमुकाममै कोठा भाडामा लिएर सचिबहरुले कार्यालय संचालन गर्न थालेपछि सानो काम लिएर सदरमुकाम आउने सर्बसाधारणहरु वाध्य भएका छन् ।   सिन्धुलीमा ५३ वटा गाबिसका सचिबहरु गाँउमा नबस्नाले स्थानीयले दुख त पाएका छन् भने सचिबहरु पनि गाउमा बस्न नसक्नुमा आफ्नै कारण देखाउछन् । गाँउमा गाबिस भबन नभएको र सबै कागजपत्रहरु सुरक्षित नहुनाले सदरमुकाम केन्द्रित भएको रानीचुरी गाबिसका सचिब कृष्णप्रसाद पौडेल बताउनुहुन्छ ।  गाबिस सचिब र स्थानीयले गाबिस सचिब सदरमुकाम केन्द्रित भएको स्विकार गरेपनि सबै गाबिस सचिबहरु गाँउमै बसेको गाबिस सचिब हकहित संरक्षण केन्द्रका अध्यक्ष ईन्द्र राईको दाबी छ । सामान्य प्रसासन मन्त्रालयले देशका हरेका जिल्ला बिकास समिति मार्फत गाबिस सचिबलाई गाँउमै पठाउन पटक पटक पत्र पठाएको छ , तर पनि सिन्धुलीका गाबिस सचिबहरु भने सदरमुकाम केन्द्रित नै भएका छन् , आफुहरुले अबको १ दुई महिना भित्र सबै सचिबहरुलाई ...

सिन्धुलीमा १२ वटा झोलुङ्गे पुल निर्माण हुदै

चीना थापा, सिन्धुली,फागुन ९ सिन्धुलीका विभिन्न गाविसमा सवा तीन करोड रुपैयाको लागतमा १२ ओटा झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । ग्रमीण पुनः निर्माण तथा पुनस्थापना आयोजना (आरआरआर डिएसपी) को अनुदान सहयोगमा जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय मार्फत ती पुलहरु निर्माण गर्न थालिएको हो । चालु आर्थिक वर्षमा निमार्ण सुरु गरिएका पुलहरुको कुल लागत ३ करोड २३ लाख ३१ हजार ७ सय ८४ रुपैयाँ रहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । 

जापानद्धारा बिपी राजमार्गका लागि ५८ करोड अनुदान

फागुन ३,  जापान सरकारले बिपी राजमार्ग अन्तरर्गत बनेपा- सिन्धुली- बर्दिवासको तेस्रो खण्डको निर्माणका लागी करिब ५८ करोड अनुदान सहयोग दिने भएको छ । जापानले तेस्रो खण्डको पहिलो चरणको निर्माणका सो रकम नेपाल सरकारलाई दिन लागेको हो ।  वुधवार अर्थमन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि बाँस्कोटा तथा नेपालका लागि जापानी राजदूत कुनिओ ताकाहासी र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सु कावासाकीले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । उक्त राजमार्गको तेस्रो खण्डको खुर्कोटदेखि नेपालथोकसम्मको ३७ किमिमध्ये रातमाटासम्मको ३ किलोमिटर सडक निर्माणका लागी जापानले सो सहयोग उपलब्ध गराइएको हो ।