Skip to main content

Posts

ढाका टोपी ढल्काउँदै कम्मर मर्काउँदै नाचे रणवीर कपुर !!!

विहिवार ११, आगामी सेप्टेम्बरमा रिलिज हुने भनिएको बलिउड अभिनेता रणविकर कपूरको पछिल्लो फिल्म ‘बर्फी’ अहिले नेपाली दर्शकहरुका लागि पनि चासाको विषय बनेको छ । शिरमा ढाका टोपी ढल्काउदै पञ्चे बाजाको तालमा कम्मर मर्काउदै रणवीर कपुर यस फिल्म 'बर्फी' मा देख्न पाइनेछ ।  यसको एकमात्र कारण के हो भने यो फिल्ममा नेपाली रहनसहन देखाइएको छ । दार्जेलिङमा खिचिएको उक्त दृश्यमा रणवीर कपुरको पछाडि नेपाली नौ मती बाजा बजाइरहेका नेपाली अनुहारहरुलाई पनि देख्न सकिनेछ । कतिपयले यो फिल्म नेपालका विभिन्न स्थानमा सुटिङ भएको बताएका छन् भने कतिपयले नेपाली मूलका मानिसहरु बस्ने भारतको दार्जिलिङ लगायतका स्थानमा फिल्मको शुटिङ भएको बताएका छन् । तर फिल्म निर्माण पक्षले भने यसको बारेमा केही खुलाएको छैन । यस सिनेमामा रणवीर कपुर बोल्न तथा सुन्न नसक्ने पात्रको रुपमा देखिनेछन् ।

बाबु र अनुको लव

विहिवार ११, पछिल्लो समयमा आएर गायनमा भन्दा अभिनयमा ब्यस्त रहेका बाबु बोगटी र अनु शाहको प्रेम कथालाई सचिन आमात्यले निर्देशन गरेका छन् । आउदो असोज ५ मा आउन लागेको चलचित्र  'आई एम इन लभ' मा बाबु र अनुको लभस्टोरीलाई हेर्न पाईनेछ । सिल्भर स्क्रिन सिने आर्टस् र शुष्मा इन्टरनेश्नल पिक्चर्सको व्यानरमा विष्णु वस्नेत र शुष्मा कार्कीले निर्माण गरेको सो फिल्ममा सुगम पोखरेल, बाबु वोगटी र सञ्जय श्रेष्ठले संगीत दिएका छन् । यस फिल्ममा विपिन मल्लको सम्पादन, बिष्णु कल्पितको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा कविराज र पूनम राईको नृत्य रहेको छ ।

विज्ञान विषयमा ७२.३१ प्रतिशत उत्तीर्ण

श्रावण ७, उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षा नतिजा आज आइतबार प्रकाशित गरेको हो । उत्त परीक्षाफलमा ७२‌...३१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विज्ञानतर्फको परीक्षामा सामेल भएका ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उत्तीर्ण भएका हुन् । त्यसैगरी अंशिकतर्फ ४६‌.७९ प्रतिशत उत्तीर्ण भएका छन् । अंशिकतर्फ ५ हजार ५७४ परीक्षार्थी मध्ये २ हजार ६ सय ८ उत्तीर्ण भएको परिषद्का सदस्य सचिव भीमलाल गुरुङले जानकारी दिए । तपाइको नतिजा हेर्नको लागि यहाँ क्लिक गर्नुहोस Check Out Result.

इन्टरनेटविना जिमेलबाट इमेल गर्ने तरिका

इन्टरनेटको दुनियामा बादशाह कम्पनी जिमेल सबैको रोजाइ पहिलो पर्दछ । हामीलाई कहिलेकाहीँ महत्वपुर्ण डकुमेन्ट हेर्न पाइरहेको हुदैनौ कारण नेट कनेक्सन नहुनु, कनेन्सन बिग्रनु विभिन्न कारण हुन सक्छ । यसको विकल्प के त ? गुगलले आफ्ना युजरहरुको चाहना अनुसारका नयाँ नयाँ एप्लिकेसन ल्यउने गरेको छ । यसै अन्र्तगत पछिल्लो उदाहरणको रुपमा आएको छ । गुगल अफलाइन मेल । यस एप्लिकेसनबाट इन्टरनेट कनेक्सन नभएको वेलामा पनि आफ्नो मेल चेक गर्न सकिन्छ । अरुलाई मेल पनि पठाउन सकिन्छ, तर इमेलमा एट्याच गरेका करा भने डाउनलोड र अपलाडे भने गर्न सकिदैन् ।

कस्तो विण्डोज होला ८ ?

श्रावन ४, माइक्रोसफ्टले कम्प्यूटर अपरेटिङ सिस्टम विण्डोज-8 लार्इ २६ अक्टोबरमा बाजारमा प्रस्तुत गर्दैछ । विश्व पर्सनल कम्प्यूटरबाट स्मार्टफोन र ट्याबलेटतर्फ आर्कषित हुँदै गएपछि उसले नयाँ अपरेटिंग सिस्टम तयार पारेको हो । माइक्रोसफ्टका प्रबन्धक ब्रान्डोन ली ब्लंकले बुधबार एक ब्लगमा माइक्रोसफ्टको विण्डोज विभागका प्रमुख स्टीवन सिनोफस्काईले विण्डोज-8 प्रस्तुत गर्ने तारीको घोषणा एक बैठकमा भएको जानकारी गराएका हुन् । २६ अक्टोबरमा विण्डोज-8 पेश गरिने छ । विण्डोज ८ को विशेषता भएको टचस्क्रिन हो । नयाँ माइक्रोसफ्ट सिस्टमको उपयोग टच र स्मार्टफोन वा ट्यावलेट पीसीसँगै डेस्कटप र ल्यापटपमा पनि गर्न सकिन्छ ।

‘ज्यान हाजिर छ’ हमालको

श्रावन ४, साउन ५ गतेदेखि रिलिज हुने भनिएको फिल्म ‘ज्यान हाजिर छ’ को पोस्टर र प्रचारमा नआएपनि महानायक राजेश हमाल विशेष भूमिकामा देखिने छन् । यस सिनेमामा निर्देशक बद्री अधिकारीका अनुसार राजेश हमाल एक अभिभावकको भूमिकामा देखिदैछन् । बद्री अधिकारीको निर्माण समेत रहेको यस सिनेमामा अधिकांश नयाँ अनुहारहरुले अभिनय गरेका छन् । सामाजिक प्रेमकथात्मक यस सिनेमामा युवापुस्ताहरुमा बढिरहेको सामाजिक गैरजिम्मेवारीपनालाई देखाउन खोजिएको छ । सिनेमा सन्देशमूलक, मनोरञ्जनात्मक भएको निर्माण पक्षको दावी छ ।

खोजी प्रतिभाकोमा महानायक नाच्दा...

श्रावण ४, बुधबार राती सम्पन्न एसियन पेन्टस खोजी प्रतिभाको फाईनल कार्यक्रममा उपस्थित भएका महानायक राजेश हमालले आफू अभिनित फिल्म मायाज बारको दिल खोलेर प्रोमोशन गरे । बिशेषत फिल्मकै प्रोमोशनका लागि पुगेका हमालले आफ्नो भुमिका र निर्देशक दिनेश डिसीको प्रशंशा गर्न भुलेनन् । उनले आफूलाई मायाज बारमा बिशेष भुमिकामा प्रस्तुत गराएकोमा निर्देशक डिसी प्रति आभार प्रकट पनि गरे ।  बिशेषगरी त उनी कार्यक्रममा दर्शकसँग मज्जाले नाचे । खोजी प्रतिभाको कार्यक्रममा तेर्‍हथुमका बिक्रम लिम्बु बिजयी घोषित भए लग्गतै खुसी मनाईरहेका उनका आफन्त तथा साथीभाईको बिचमा पुगेर हमाल बिजयी लिम्बुले गाएको गीतमा लाज नमानी नाचे