Skip to main content

इन्टरनेटविना जिमेलबाट इमेल गर्ने तरिका

इन्टरनेटको दुनियामा बादशाह कम्पनी जिमेल सबैको रोजाइ पहिलो पर्दछ । हामीलाई कहिलेकाहीँ महत्वपुर्ण डकुमेन्ट हेर्न पाइरहेको हुदैनौ कारण नेट कनेक्सन नहुनु, कनेन्सन बिग्रनु विभिन्न कारण हुन सक्छ । यसको विकल्प के त ? गुगलले आफ्ना युजरहरुको चाहना अनुसारका नयाँ नयाँ एप्लिकेसन ल्यउने गरेको छ । यसै अन्र्तगत पछिल्लो उदाहरणको रुपमा आएको छ । गुगल अफलाइन मेल । यस एप्लिकेसनबाट इन्टरनेट कनेक्सन नभएको वेलामा पनि आफ्नो मेल चेक गर्न सकिन्छ । अरुलाई मेल पनि पठाउन सकिन्छ, तर इमेलमा एट्याच गरेका करा भने डाउनलोड र अपलाडे भने गर्न सकिदैन् ।


अफलाइन जिमेल एक्टिभ गर्ने तरिका
-यो सेवा प्रयोग गर्नका लागी सर्वप्रथम तपाइको कम्प्युटरमा गुगलको ब्रउजर गुगल क्रोम इन्स्टल गरेको          हुनुपर्दछ । यदि यो इन्स्टल भएको छैन भने गुगन क्रोम इन्स्टल गर्नुहोस् ।

-यो सेवा एक्टिभ गर्न इन्टरनेट कनेन्सन आवश्यक पर्दछ । आफ्नो जिमेल अकाउनट लगइन गर्नुस ।

-जिमेल अकाउनट लगइन भइसकेपछि दाहिनेपटि रहेको Setting मा क्लिक गर्नुहोस ।

-नयाँ ट्याबको Offnile मा क्लिक गर्नुहोस ।

-फेरि नयाँ ट्याब खुल्नेछ नयाँ ट्याबको Install Gmail Offline मा क्ल्कि गर्नुहोस ।

-फेरि पनि नयाँ ट्याब खुल्नेछ नयाँ ट्याबको Add To Chrome मा क्लिक गर्नुहोस केहि समय पर्खनुहोस् । Add Offline Google Mail ? भनेर प्रश्न सोद्छ Add मा क्लिक गर्नुस एप्लिकेसन आफै डाउनलोड भएर Offline Gmail एप्लिकेसन तपाइको गुगल क्रोम मा बमम हुन्छ ।



-अब तपाइले नया ट्याब खोल्नुस् त्याहा तपाइले Offline Google Mail App पाउनुहुनेछ । Ofline Google Mail App मा क्लिक गर्नुहोस् ।


-अब Allow Offline Mail मा क्लिक गरि Continue मा क्लिक गर्नुहोस् ।

-अब तपाइले Offline Gmail चलाउन सक्नुहुनृछ ।









Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...