Skip to main content

चट्याङबाट एकको मृत्यु, सात घाइते


चौतारा, भाद्र १७ -
अविरल वर्षासँगै परेको चट्याङबाट सिन्धुपाल्चोक जिल्लाको छुट्टाछुट्टै स्थानमा एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र स्थानीयवासीले दिएको जानकारी अनुसार शुक्रबार बेलुका परेको चट्याङबाट पिस्कर गाविस–८ का ४८ वर्षीया कृष्णदेवी खड्काको घटना स्थलमै मृत्युभएको छ । घाइते हुनेहरुमा सोही वडा निवासी ५३ वर्षीया देवीकुमारी भण्डारी, चार वर्षीया कृपा थामी, छ वर्षीया उषा पाण्डे, ५४ वर्षीया गीता खड्का, धुसकुन गाविस–७ का २८ वर्षीय लोकहरि न्यौपाने, १३ वर्षीया अमृता बस्नेत र बतासे गाविस–८ का ४२ वर्षीया पासाङ लामा छन् । घाइतेहरुको चौतारा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...