Skip to main content

६.९ रेक्टरको भूकम्प

काठमाडौ, आश्विन २
नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रविन्दु भई आइतबार ६ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको छ । भूकम्पले नेपालमा ५ जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । भारतमा ११ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । बेलुकी ६ बजेर २५ मिनेटमा डेढ मिनेटसम्म गएको भूकम्पको असर नेपालभर परेको छ । 

शक्तिशाली भूकम्पका कारण राजधानीको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा त्यसले चेपिएर तीन जनाको मृत्यु भएको छ । धरानमा घर भत्किँदा पुरिएर दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । प्रहरीका अनुसार  दूतावासको पर्खाल भत्कँदा गाडीमा सवार ३६ वषर्ीय साजन श्रेष्ठ र उनकी आठ वषर्ीया छोरी अनिशाको ज्यान गएको हो । पर्खाल भत्किएपछि बा ६च ६४० नम्बरको कारमा रहेका बाबुछोरीको च्यापिएर ज्यान गएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले बताए । यस्तै बा १० प ४७१८ नम्बरको मोटरसाइकलमा रहेका सिन्धुलीका वीरबहादुर माझीको समेत ज्यान गएको छ । उनीहरू तीनै जनाको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बेहोस भई अस्पताल आएका थप चार जनाको उपचार भइरहेको छ ।आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले समवेदना व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तत्काल अघि बढाउन सुरक्षा निकायलाई परिचालन गर्न निर्देशन दिएका छन् ।

घाइतेहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । धरानमा घर भत्किएर पुरिँदा १८ वषर्ीय सन्तोष परियार र पाँच वषर्ीय विमल परियारको ज्यान गएको हो । भूकम्पको कम्पन महसुस गर्नेबित्तिकै राजधानी र बाहिर जनजीवन भयपूर्ण भएको थियो । संविधानसभा भवनभित्र समेत संसद बैठक चलिरहेका बेला सभासदहरूबीच भागदौड मच्चिएको थियो । कम्पन महसुस भएपछि सभासदहरू बैठकै छोडेर बाहिर निस्किएका थिए । अग्ला भवन र घरभित्र रहेकाहरू पनि सडकमा निस्किएर भूकम्पबारे सोधखोज गरिरहेका थिए । सर्वसाधारण राति अबरेसम्म घर बाहिरै थिए । भूकम्पको कम्पन भएपछि चलिरहेका गाडीसमेत केही समय बीच सडकमै रोकिएका थिए ।  प्रवक्ता डीआईजी सिंहले संखुवासभामा एक प्रहरी घाइते भएको बताउँदै अन्य ठाउँमा मानवीय क्षति नभएको जानकारी दिए । महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता माधव नेपालले काठमाडौं, ललितपुर र भक्तपुर गरी ३६ जनाभन्दा बढी घाइते भएको जानकारी दिए । घरको झ्याल र छतबाट भुइमा हामफाल्दा चार जनाको खुट्टा भाँचिएको छ । बानेश्वरको पेन्टागन कलेजको झ्याल, बुद्धनगरमा दुई तलामाथिको छत र मैतीदेवीमा घरको छतबाट हामफालेका चार जनाको खुट्टा भाँचिएको हो । मोडल अस्पतालबाट हामफालेर घाइते भएका चार जनाको त्यहीं उपचार भइरहेको छ । केन्द्रीय कारागार जगन्नाथ देवलमा भूकम्पबाट जोगिन भागदौड हुँदा दुई कैदी घाइते भएका छन् । धेरैको खुट्टा मर्किएको प्रहरीले जनाएको छ ।

काठमाडौंको स्युचाटारमा चारवटा घर भत्किएका छन् । साँखुमा दुई घर भत्किएको प्रहरीले जनाएको छ । भक्तपुरमा १३ घर भत्किएका र चार जना घाइते भएका प्रहरी प्रमुख नारायणसिंह खड्काले बताए । यस्तै लोकन्थलीमा मोटरसाइकल सवार स्याङ्जाका सागर भट्टराई  भूकम्पका कारण दुर्घटनामा परी घाइते भएका छन् । भागदौडमा परेर धेरै घाइते भएकाहरूको पाटन, अलका, वीर र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । केन्द्रीय कारागारको पर्खाल चर्किएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले भूकम्पको ठूलो धक्कापछि पनि १४ वटा स-साना भूकम्प -थाहा पाउन नसकिने किसिमका) गइसकेकाले फेरि दोहोरिने सम्भावना नरहेको प्रस्ट्याए । '६ दशमलव ८ रेक्टरस्केलपछि पनि १४ वटा स-साना भूकम्प गएकाले अब खतरा छैन,' उनले कान्तिपुरसित भने,  'साना भूकम्प नगएको भए त्रास कायमै हुन्थ्यो ।' अमेरिकी जियोलोजिकल सर्भेले भने ६ दशमलव ९ रेक्टर स्केल मापन गरिएको जनाएको छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक तथा भूकम्पविद् डा.जिस्नु सुवेदीले आइतबार बेलुकी गएको भूकम्प साढे २० किलोमिटर गहिराइमा विस्फोटन भएको बताए । उनका अनुसार, केन्द्रविन्दुमा जति कम गहिराइमा भूकम्पको विस्फोटन हुन्छ त्यति बढी खतरा हुन्छ । पूर्वी क्षेत्रमा बढी क्षति हुन सक्ने उनले औंल्याए । आइतबार गएको भूकम्प १९९० पछिको ठूलो हो । २०४५ को भदौ ५ मा ६ दशमलव ६ रेक्टरस्केल क्षमताको भूकम्प गएको थियो ।

१९९० को माघ २ मा ८ दशमलव ४ रेक्टरस्केल क्षमताको भूकम्प गएको थियो ।जानकारहरूका अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये भूकम्पीय विपतको जोखिमका दृष्टिले नेपाल ११ औं स्थानमा पर्छ । १९९० को माघ २ मा ८ दशमलव ४ रिक्टरस्केल क्षमताको भूकम्प जाँदा ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनाको ज्यान गएको थियो भने घर, विद्यालय, देवालय र पाटी पौवा तथा सार्वजनिक भवन गरी झन्डै दुई लाख सात हजार सात सय ४० संरचना भत्किएको थियो ।२०४५ सालको भदौ ५ गते बिहान ४ बजे उदयपुर जिल्लामा केन्द्रविन्दु भएर गएको ६ दशमलव ६ रेक्टरस्केल क्षमताको भूकम्पले निकै ठूलो क्षति पुगेको थियो । त्यतिबेला ७ सय २१ जनाको मृत्यु भएको थियो भने ६५ हजारभन्दा बढी संरचना ध्वस्त भएका थिए । २०२३ र २०३७ सालमा सुदूरपश्चिमका दार्चुला, बैतडी र बझाङ जिल्लामा गएको भूकम्पमा करिब एक सय २० जनाको ज्यान गएको थियो । 

गृह मन्त्रालय र जापान सहयोग नियोग -जाइका) ले सन् २००२ मा गरेको संयुक्त अध्ययन प्रतिवेदनले नेपालमा १९९० सालको माघ महिनामा गएको ८ दशमलव ४ रेक्टरस्केल क्षमता बराबरको भूकम्प गएमा राजधानीमा मात्र ४० हजार जनाको ज्यान जान सक्ने र ९५ हजार घाइते हुनुका साथै ६० प्रतिशतभन्दा बढी संरचनता ध्वस्त हुने देखाएको छ ।भूकम्पीय जोखिमका हिसालबे काठमाडौं दोस्रो स्थानमा रहेको मध्य अपि|mकी राष्ट्र एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरभन्दा ६ र जापानको सबैभन्दा बढी संवेदनशील सहरभन्दा करिब २ सय गुणाले बढी जोखिमपूर्ण मानिन्छ । भूकम्प प्रविधि राष्ट्रिय समाजले गरेको एक अध्ययनअनुसार काठमाडौंका ९० प्रतिशत भवनहरू भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग नगरीकन निर्माण गरिएका छन् । राजधानीलगायत मुलुकका करिब ८० प्रतिशत संरचना भूकम्पीय जोखिममा रहेको जानकारहरूको दाबी छ । भू-गर्भविद् डा.सुबोध ढकाल काठमाडौंमा केन्द्रविन्दु बनाएर ठूलो भूकम्प आए माटो जडित कच्चा इँटा तथा गुणस्तरहीन निर्माण सामग्रीबाट बनेका जोखिमयुक्त घरसहित राजधानीलाई जोड्ने बाह्य सडक सञ्जाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत अवरुद्ध हुन सक्ने जोखिम रहेको बताउँछन् ।

स्रोत: ईकान्तिपुर डट कम



Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।