Skip to main content

आचार्य

आश्विन १०,

गायक तथा संगीतकार भक्तराजराज आचार्यको जीवनकथामाथि निर्माता रोशन राईले निर्माण गरेको चलचित्र 'आचार्य'को गत बुधबार विशेष प्रदर्शन गरियो । आज शुक्रबारदेखि देशभर सार्वजनिक हुने उक्त  चलचित्रका निर्देशक प्रशान्त रसाइली हुन् । निर्देशक रसाइली बलिउडका अब्बल निर्देशक अनुराग वासुका मुख्य सहायक निर्देशक पनि हुन् । उनी ऋतिक रोशनद्वारा अभिनित चलचित्र 'काइटस्'मा निर्देशक  वासुका मुख्य सहायक थिए । सिक्किमका निर्माता तथा निर्देशकको प्रयासबाट निर्माण भै प्रदर्शन हुन लागेको उक्त चलचित्रलाई शैलेन्द्र कार्कीले खिचेका हुन् ।


भक्तराज आचार्यले आफ्नो जीवनको बाल्य एवं युवावस्था सिक्किमको डुवोर्समा बिताएको घटनाबाट आरम्भ हृुने यो चलचित्रमा उनको त्यतिबेलाको भोकसंगको संघर्ष र संगीतप्रतिको लगावलाई मार्मिक  ढंगबाट उतारिएको छ । जब उनी संघर्ष गरेर नाम कमाउने धुनमा काठमाडौं आउँछन् त्यसपछि चलचित्रको मूल कथा सुरु हुन्छ । उनले नाम त कमाउँछन् तर पनि एउटा सामान्य कलाकारको संघर्षपूर्ण  जीवन बाँच्न बाध्य छन् । मदिरापान गरेर आफ्नो पीडा कम गर्ने क्रममा भएको एउटा झगडामा उनी नराम्रोसंग घाइते हुन्छन् । उनलाई ठीक त हुन्छ, तर जिब्रोमा भएको घाउले क्यान्सरको रूप लिएपछि  एउटा होनहार गायकको जिब्रो काटिन्छ । यद्यपि भक्तराजले संघर्ष गर्न छाड्दैनन् । चलचित्रमा बाबुको चरित्रलाई भक्तराजका ज्येष्ठ सुपुत्र तथा गायक सत्यराज आचार्यले जीवन्त तुल्याउने प्रयास गरेका छन्  भने यो चलचित्रमा विख्यात गजल गायक गुलाम अलिले पनि विशेष भूमिका निर्वाह गरेका छन् । सुनिल पोखरेल, अरुणा कार्की, गोपाल भुटानी, सौगात मल्ल स्वराङ्न नगरी स्पट साउन्ड राखिएको उक्त  चलचित्रका अन्य महत्वपूर्ण पात्र हुन् ।


स्रोत : ई कान्तिपुर डट कम / साप्ताहिक  

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...