Skip to main content

सिग्नेचरको बोतलमा नक्कली मदिरा

ललितपुर, भाद्र २८ 
बजारमा ब्रान्डेड बोतलमा नक्कली मदिरासमेत बिक्री हुने गरेको भेटिएको छ । प्रहरीले ललितपुरग्वार्कोको सिन्धु ट्रेडिङ एन्ड सप्लायर्सको गोदाममा छापा मारी सिलबन्दी र स्टिकरबिनाका सिग्नेचरका बोतल बरामद गरेको हो ।गोप्य उजुरीका आधारमा छापा मारी मदिरा बरामद भएको ललितपुर प्रहरी परिसरका नायब उपरीक्षक रमेश बस्नेतले बताए । 'बरामद भएको बोतल छानबिनका लागि आन्तरिक राजस्व विभागमा पठाएका छौं,' उनले भने, 'त्यसबाट छानबिनपछि थप कारबाही अघि बढ्नेछ ।' बरामद मदिरा करिब एक लाख रुपैयाँ बराबरको भएको प्रहरीको भनाइ छ । सप्लायर्सका सञ्चालक सिन्धुपाल्चोकका तारानाथ दुलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बरामद भएका सिग्नेचर ब्रान्डका अधिकांश बोतलमा स्टिकर छैन भने केहीमा उक्किएको छ । भएका स्टिकर समेत अस्वाभाविक ढंगले टाँसेर अड्याएको भेटिएको एक प्रहरीले बताए । 'सही ढंगले बिक्री गरेको सक्कली मदिरा हुँदै होइन, सक्कली बोतलमा नक्कली मदिरा राखेको हुन सक्ने आशंका छ ।'बरामद भएकोमा सिग्नेचर क्वाटर बोतल ४८ थान, भोड्का ७५० को १४ थान, रोयल स्टेग १ सय ५० थान, गिलमेरी ४८ थान लगायत छन् । यसैगरी ब्लुरिवन, जिन र विभिन्न कम्पनीको बियरसमेत प्रहरीले बदामद गरेको छ । 'स्टिकर अस्वाभाविक देखिएकाले नियन्त्रणमा लिनुपरेको हो,' बस्नेतले भने, 'राजस्वले पुष्टि गरे यो जनस्वास्थ्यमाथिको ठूलो लापरबाही हो, त्यही अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।'
प्रहरीले डिस्टि्रब्युटरको ग्वार्कोस्थित गोदाममा समेत सिलबन्दी गरेको छ । ललितपुरका हरिसिद्धि, ठैव, चापागाउँ, काठमाडौंको फर्पिङ, सुन्दरीजल लगायत ग्रामीण भेगमा कारोबार बढी हुने भेटेकाले थप शंकास्पद भएको प्रहरीको भनाइ छ । ब्रान्डेड कम्पनीको सक्कली बोतल संकलन गरेर घरेलु मदिरा राखेर बिक्री गरेको हुन सक्ने आशंकामा छापा मारेको प्रहरीको भनाइ छ । तर आरोपित दुलालले भने वितरक कम्पनीबाट नै स्टिकर उक्केको कार्टुन आफूले ल्याएको भन्दै ठगी नगरेको दाबी गरे । 'कार्टुन खोल्नासाथ स्टिकर आफै टाँसिएर उक्किन्छ,' उनले भने ।

स्रोत: ईकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।