Skip to main content

विश्व विद्यालयद्वारा लाम्पान्टार क्याम्पसलाई ४३ लाख ५५ हजार अनुदान


२० भदौ,
सिन्धुलीको लाम्पान्टार बहुमुखी क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट  ४३ लाख ५५ हजार अनुदान पाएको छ । विश्व बैंकले उच्च शिक्षालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत आज डी स्प्रिम अन्तर्गतको रकम प्राप्त गरेको हो । यसअघि पनि सिन्धुलीका विभिन्न १२ क्याम्पसहरुले ४० लाख बराबरको अनुदान पाएका थियो । अनुदान पाउने अरु क्याम्पसहरुले पनि भौतिक पूर्वाधारको विकासको लागि १० देखि २० लाखसम्मको सहयोग पाउने सम्भावना नेपाल पब्लिक क्याम्पसका केन्द्रिय सदस्य प्रदीप कटुवालले जानकारी दिनुभयो ।
स्रोत: सिन्धुली दर्पण

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।