Skip to main content

सिन्धुलीमा भएको बस दुर्घटनामा ४२ को ज्यान गयो (तस्विरसहित)


असोज २६ , 

सिन्धुलीबाट काठमाण्डौं जादैँ गरेको यात्रुवाहक बस विहिवार सिन्धुलीको पुरानो झाँगाझोलीको वडा नम्वर ६ स्थित रिठ्ठे भिरवाट खस्दा ४२ जनाको मृत्यु भएको प्रहरीले पुष्ठी गरेको छ । घटनास्थलमा ४० जना र थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । मृत्यु हुनेमा वस चालक प्रेम आले मगर  पुरानो झागाझोलीका विर वहादुर तामाङ भिमेश्वर ७ का युवराज श्रेष्ठ कमलामाई नगरपालिका ५ का ईश्वर पोख्रेल सिजंव कार्की त्यस्तै ५७ बर्षीय समरवहादुर जोशी र ३५ बर्षीय नमिता जोशीको पनि सनाखत भएको छ । यस्तै नाम खुल्न नसकेका एकै परिवारका आमाछोराको पनि शव भेटिएको छ । 

धुलिखेल अस्पतालमा सिन्धुली डाडी गुराँसेका ५ बर्षे बालिका रिाजता गौतम उनका बाबु बदि्र सिन्धुलीकै रस्मिता श्रेष्ठ सिन्धुलीको तीनकन्याका २६ बर्षीय नारायण मगर सिद्धेश्वरी सिन्धुलीका २४ बर्षीय बाबुलाल योाजन पातलेखेत ८ काभ्रेका ३० बर्षीय जेठो मिजार सिन्धुलीकै पुजा गाविसकी १५ बर्षीय करुणा तामाङ रामेछापको खिम्तीकी ३२ बर्षीय कल्पना दर्जी सिन्धुलीको रानीखोलाका १५ बर्षीय कुबेर मगर सिन्धुली रतनचुरा ९ की जानुका श्रेष्ठ र सिन्धुलीको रानीचुरी २ की १० बर्षीय पुजा श्रेष्ठको उपचार भइरहेको छ । यात्रुवाहक बसमा ६० जना यात्रु रहेको सो वस सडकभन्दा तिनसय मिटर तल खसेको वताईएको छ ।  विहान ५ वजेर ३० मिनेटमा सिन्धुलीमाढीवाट छुटेको वस विहान साढे १० वजे कोशिमा खसेको स्थानिय वासीले वताएका छन् । वसको छतवाट हाम फालेर ११ जनाले ज्यान जोगाएका छन् ।  बसमा क्षमताभन्दा बढी यात्रु रहेको र अप्ठेरो बाटो भएकोले दुर्घटना भएको अनुमान गरिएको छ । घटनासम्बन्धी विस्तृत विवरण आउन अझै बाँकी छ ।

सुनकोशी नदिको तिरमा वजारिएको वस तस्विर:गम्विर मान थापा
शव जम्मा गदै प्रहरी तथा स्थानियवासी तस्विर:गम्विर मान थापा 
जम्मा पारिएको शव तस्विर:गम्विर मान थापा

जम्मा पारिएको शव 

साभार : सिन्धुली दर्पण 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।