Skip to main content

उत्पादनमा वृद्धि भएपनि सिन्धुलीमा जुनार महंगियो

मंसिर ८, ध्रुवचन्द्र खड्का, सिन्धुली 
उत्पादनमा वृद्धि भएपनि सिन्धुलीमा यस वर्ष चर्काे मूल्य तिरेर जुनार किन्न उपभोक्ताहरु वाध्य भएका छन् । गत वर्षको तुलनामा यस वर्ष सिन्धुलीमा १५ प्रतिशतले जुनार उत्पादनमा वृद्धि भएको सिन्धुली जुनार विकास संघले जनाएको छ । तराईका व्यापारिले सिधै किसानको वँगैचामा गएरु जुनार जिल्ला वाहिर लाने भएकोले स्थानिय उपभोक्ताहरु चर्काे मूल्य तिरेर जुनार खरिद गर्न वाध्य भएका हुन् । उता व्यापारिले पनि किसानसंग किनेको मूल्मा पनि दोव्वर जस्तो वढाएर विक्रिवितरण गर्ने गरेको उपभोक्ताहरु गुनासो गर्छन् । गत वर्ष जुनारको मूल्य प्रति केजी २०÷२५ रुपियाँ रहेकोमा यो वर्ष मध्य सिजनमा पनि जुनारको भाउ घटेको छैन । 

यस वर्ष सिन्धुलीमा जुनारको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैँया रहेको छ । सिजनको फल भएकोले मूल्य मँहङो भए पनि जुनारको निर्यात हुन छाडेको छैन एक स्थानिय व्यापारिले भने । आफ्नो गाँउभरि उत्पादन भएको जुनार तराईबाट आएका व्यापारीले बगैंचाबाटै खरिद गरेर लाने गरेका तीनकन्या गाविसका एक किसानले वताए । सिन्धुली जिल्लाका करिव ४२ गाविसमा जुनार खेतिको संभावना रहेको भएपनि अहिेले रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा गाविसजुनार खेतिका लागि पकेट क्षेत्र रहेको जुनार विकास संघ सिन्धुलीले जनाएको छ । महंगो मूल्य भएपनि के गर्नु, मौसमको फल हो वाहिर वसेका छोराछोरिहरुलाई पठाइदिनुपरिहाल्यो, कनपा–४ मधुटारका कमल पौडेलले भने । जुनारको नामले चिनीने सिन्धुलीमा यसरि चर्काे मूल्य तिरेर जुनार किन्नुपर्दा त नराम्रो लाग्छ नै उनले गुनासो गरे ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।