अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०,
बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।


अमेरिकाको एक मेडिकल कम्पनीले २० सेकेण्डमै मानिसको आाखाको नानीलाई सुन्दर बनाउने प्रविधि विकाश गरेको छ । क्यालिफोर्नियाको स्ट्रोमा मेडिकल कर्पोरेसनले खैरो नानीको उपचार गरी निलो बनाउन सकिने बताएको छ । यस्तो उपचारमा ५ हजार डलर खर्च हुने उसको भनाइ छ । कर्पोरेसनका डाक्टर ग्रेग होमरले हरेक व्यक्तिको आाखाको नानीमा निलो रंग हुन्छ तर त्यसलाई बाहिरी पत्रले ढाक्ने भएकाले केही व्यक्तिहरुको आाखाको नानी खैरो र कुरुप देखिन्छ । लेजरको माध्यमबाट उपचार गरी यस्तो पत्र हटाएर उपचार गरेपछि नानी निलो र सुन्दर बन्दछ । यदि मेडिकल कम्पनीको यो पद्धति प्रभावकारी बन्यो भने आाखाको खैरो नानी भएकाले हीनताबोध गर्नु पर्ने थिएन । 

साभार : अनलाइन खबर 

1 comment:

Unknown said...

ke yasto pani huna sak6 ta.....

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading