Skip to main content

यात्रुबस सुनकोसीमा खस्यो

कार्तिक २७,


सिन्धुपाल्चोको सुकुटे नजिकै आँपकोट ६५ किलो भन्ने स्थानमा आज बिहान भएको यात्रुबस दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा दोलाखाका अर्जुन खड्का रहेको प्रहरीले जनाएको छ । बाह्रबिसेबाट काठमाडौँका लागि छुटेको बा २ ख ६२५९ नम्बर बस अरनीको राजमार्गको सडकबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा करिब एक दर्जन भन्दा बढी घाइते भएका छन् । विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रित भएर नदीमा खसेको प्रहरीले जनाएको छ ।

मृतक खड्का मोटरसाइकल पछाडि सवार रहेको बताइएको छ । घटनास्थलगत्तै प्रहरी र स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए । घाइतेहरुको खाडीचौर स्वास्थ्यचौकी र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । यसैबीच काँकडभिट्टाबाट काडमाडौँतर्फ आउँदै गरेको ना३ख ७३७५ नम्बरको रात्रीबस आज बिहान चितवनको दारेचोकस्थित नाग्दी खोलामा दुर्घटना हुँदा त्यसमा सवार १३ जना घाइते भएको छन् । घाइतेहरु भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साभार : अनलाइन खबर

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।