Skip to main content

लुक्लामा अलपत्र पर्यटक आक्रोशित


लुक्ला (सोलुखुम्बु), मंसिर ४  
लुक्लामा अलपत्र पर्यटक आक्रोशित
भारतका चन्दन सिम्रिक एयरको हेलिकोप्टर लुक्लामा अवतरण हुन नपाउँदै झोला बोकेर हतारिँदै हेलिकोप्टरमा छिरे । त्यसपछि लामो श्वास फेरेर भगवान्लाई धन्यवाद दिए । काभ्रेको भकुन्डेबेसीमा एयर अवतरण नहुन्जेल उनी केही बोलेनन् ।  बाहिर निस्केपछि आकाशतिर फेर्केर खुसी हुँदै चर्को स्वरमा कराए 'आजाद भएँ ।' त्यसपछि उनको थाकेर निन्याउरो भएको अनुहारमा एकाएक चमक देखियो । 'आजाद भएको महसुस गरिरहेको छु,' उनले कान्तिपुरसँग भने, 'लुक्लामा लामो समयसम्म हवाई उडान ठप्प भएपछि त्यहीं मरिने डरले सताइरहेको थियो ।' लुक्लाको जस्तो घटना आफूले अहिलेसम्म नभोगेको उनले सुनाए । राम्रोसँग खान नपाएको, खर्च गर्ने पैसा सकिएको लगायत अनेकौं समस्याबाट आफूहरू पीडित भएको उनको कथन थियो । उनले सरकारप्रति आक्रोश पोखे । 'यो देशमा सरकार पनि छ र ?' उनले भने, 'सरकार भएको भए यत्रो दिन किन अलपत्र परेर बस्नुपथ्र्यो र ?' उनको समूहमा ७ जना थिए ।

मौसम छिनछिनमै बिगि्रने गर्दा उद्धारका लागि खटेका अधिकांश हेलिकोप्टर कम्पनीहरूले लुक्लाबाट उद्धार गदै सुर्के र रुम्जाटार ल्याई त्यसपछि त्यहाँबाट अरू हेलिकोप्टरले काठमाडौंमा पर्यटकलाई अवतरण गराएका थिए । सिमि्रक एयरले भने उद्धार गरी ल्याएका सबैलाई काभ्रेको भकुन्डेबेसीसम्म ल्याइदिएको थियो । अलपत्र परेका पर्यटकको सख्या अत्यधिक हुँदा निजी हेलिकोप्टरहरूलाई उद्धार गर्न भ्याईनभ्याई छ । यसले गर्दा विमानचालकहरूलाई खाना खानेसम्म फुर्सद छैन । 'उद्धार गरेर भ्याइएको छैन,' क्याप्टेन सिद्धार्थजंग गुरुङले भने । उनी उद्धारको चटारोले हेलिकोप्टरमै बसेर हतारहतारमा खाना खाँदै थिए । मौसम खुल्ने छाँटकाँट नदेखेपछि अलपत्र परेका सयौं पर्यटकहरू हिँडेरै दोलखाको जिरीतर्फ गएको स्थानीय सोमजोङ शेर्पाले जानकारी दिए । 'अलपत्र परेका पर्यटकहरू यहाँबाट हिँडेरै गएका छन्,' उनले भने, 'अधिकांशको स्वदेश फर्किने उडान छुटेको, बिदा सकिएको, प्याकेजमा आएको भ्रमण रद्द हुन पुगेको, खर्च गर्ने पैसा सकिएको अवस्था छ ।'  लुक्लामा विमानस्थल बन्नुअगाडि पर्यटकहरू दोलखासम्म गाडीमा आई त्यहाँबाट हिँडेर आउने गरेको उनले बताए । उनका अनुसार लुक्लाबाट हिँडेका पर्यटक लामजुरा हुँदै चार दिनपछि दोलखाको जिरी पुग्छन् ।

लुक्लामा वायुसेवा निगमबाहेक निजी एयरहरूमा तारा, सीता र अग्निले उडान सञ्चालन गरिरहेका छन् । अलपत्र परेका पर्यटकहरूमा अमेरिका, बेलायत, प|mान्स, इटाली, जर्मन, चीन, स्पेन, भारतका अत्यधिक रहेका छन् । पर्यटन व्यवसायीका अनुसार डेढ हप्तादेखि दुई हप्ताको टेकिङ प्याकेजमा आएका पर्यटकहरूले दैनिक प्रतिव्यक्ति न्यूनतम एक हजार डलर खर्च गर्ने गरेका छन् । अहिले अलपत्र परेकाहरूको खर्च त्यसको तेब्बरभन्दा बढी रहेको छ । हाल अलपत्र परेका पर्यटकहरूको सिमि्रक, फिसटेल, अग्नि लगायतका निजी एयर कम्पनीहरूले उद्धार कार्य जारी राखेका छन् ।

साभार : इकान्तिपुर डट कम 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।