Skip to main content

२०११ का टप टेन बलिउड फिल्म

पुष ११, 
सन् २०११ मा अहिलेसम्म बलिउड फिल्म इन्डस्ट्रीमा १ सय ७ वटा फिल्म रिलिज भए । तर रिलिज भएका मध्ये कमैले मात्र नाफा कमाउन सके भने धेरै फ्लप भए । सन् २०११ मा कमाइका दृष्टिले हिट बनेका उत्कृष्ट दश बलिउड फिल्म निम्न रहे :

१.बडिगार्ड : अगष्ट मा रिलिज भएको सलमान खान अभिनित फिल्म बडिगार्डले यो वर्ष बलिउड बक्स अफिसमा सर्वाधिक कमाउने फिल्मको रुपमा रह्यो । यो फिल्मले १ अर्व ४८ करोड भारु व्यापार गरेको बताइन्छ । फिल्ममा सलमान खानका अतिरिक्त करीना कपूर, राज बब्बर तथा हेजल कीचको मुख्य अभिनय रहेको छ ।


२. रेडी : भारतमा गर्मीको छुटि्टका दौरान गएको जूनमा रिलिज भएको सलमान खानकै अर्को फिल्म रेडी बडिगार्ड पछि दोश्रो बढि कमाउने फिल्म हो । यो फिल्मले १ अर्ब २२ करोड व्यापार गरेको थियो । रेडीमा सलमानलाई अभिनेत्री असिनले साथ दिएकी छिन् । साथै अजय देवगन, संजय दत्त तथा कंगना रनवतलाई पनि फिल्ममा देख्न सकिन्छ ।

३. रावन : शाहरुख खान अर्थात् किंग खानको फिल्म रावन गएको अक्टोबरमा रिलिज भएको हो । भारतको पहिलो सुपरहिरो फिल्म रावनले सोचेजस्तो व्यापार गर्न नसकेपनि यो वर्ष बक्स अफिसमा बढि व्यापार गर्ने तेश्रो फिल्मको रुपमा रहँदै १ अर्ब १६ करोड भारुको कारोबार गर्न सफल भयो । यो फिल्ममा शाहरुखलाई करीना कपूर, तथा अर्जुत रामपाल लगायतले साथ दिएका छन् । साथै रजनिकान्त, संजय दत्त तथा पि्रयंका चोपडालाई पनि नजर गर्न पाइन्छ ।

४. सिंघम : सन् २०१० को सुपरहिट तमिल फिल्मको रिमेकका रुपमा प्रस्तुत गरिएको हिन्दी फिल्म सिंघममा अजय देवगन, तथा काजल अग्रवाल लगायतको मुख्य भूमिका रहेको छ । यसले बक्स अफिसमा १ अर्ब भारुको कारोबार गरेको छ ।

५.जिन्दगी ना मिलेगी दोबारा : ऋतिक रोशन, फरहान अख्तर, अभय देवल, कटरिना कैफ, तथा कल्की लगायतको अभिनय रहेको यो फिल्मले ८९ करोडको व्यापार गरेको थियो । युवापुस्तालाइ लक्षित गरिएको यो फिल्म ऋतिक र कटरिनाको किस सिनका कारण पनि चर्चामा रह्यो ।

६. द डर्टी पिक्चर : दक्षिण भारतीय नायिका सिल्क स्मिताको कथामा बनेको यो फिल्मले बलिउडमा महिलाप्रधान चलचित्रको नयाँ धार निर्माण गरेको छ । यसले अहिलेसम्म ७१ करोड कमाइसकेको छ । विद्या बालनको कामुक अभिनय यो फिल्मको मुख्य आकर्षण हो । यसमा विद्या सागै इमरान हाशमी, नसिरुद्धिन शाह तथा तुषार कपूर लगायतको मुख्य भूमिका छ । फिल्मको गित उ ला ला यो फिल्म रिलिज हुनु अगावै सुपरहिट बनिसकेको थियो ।

७. रकस्टार : रणवीर कपूर र नगरिस फखरीको उत्कृष्ट अभिनय रहेको यो फिल्मले ७० करोडको व्यापार गर्न सक्षम भयो । यसमा नगरिसको पर्याप्त अंगप्रदर्शन सागै किस सिन समेत रहेको छ । यो फिल्म केही विवादमा समेत परेको थियो ।

८. दिल्ली बेली : सिधा गाली गलौज समेटिएको आमिर खानको यो फिल्म बलिउडमा यो वर्षको सातौा हिट फिल्मको रुपमा रह्यो । यसले ५७ करोड भारु व्यापार गर्न सफल भयो । फिल्ममा बोलिएका अपशव्द तथा अश्लील संवादहरुका कारण नेपालमा समेत यो फिल्म सेन्सर हुनपुगेको थियो । पछि त्यस्ता संवाद काटेपछि मात्र फिल्म चलाइएको थियो । यसमा किसिंग सिन युवावर्गमाझ लोकपृय गितसंगित समावेश छन् ।

९.यमला पगला दिवाना : बलिउडका भेट्रान धर्मेन्द्र, उनका छोरा सन्नी देओल र बबी देओलले बनाएको फिल्म यमला पगला दिवानामा कुलराज रन्धावाले अभिनेत्रीको भूमिका निर्वाह गरेकी छिन् । बक्स अफिसमा यसले ५६ करोड भारुको व्यापार गर्यो । यो फिल्मको आइटम नम्बर टिंक जिया ले वर्षैभरी धूम मच्चाएको थियो ।

१०. तनु वेड्स मनु : आर माधवन र कंगना रनवतले अभिनय गरेको यो फिल्मले २३ करोडको व्यापार गरेको छ । यसमा कंगनाले बिग्रेकी केटीको भूमिका निर्वाह गरेकी छिन् ।

साभार: अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।