Skip to main content

तीन महिने कोर्सलाई +२ सरह मान्यता

पुस ११, 
उच्च माध्यमिक शिक्षा परिषद्ले भारतमा सञ्चालित तीन महिने कोर्सलाई प्लस टुसरह मान्यता दिने विवादास्पद निर्णय गरेको छ । परिषद्ले नयाँदिल्लीस्थित 'राष्ट्रिय मुक्त विद्यालयीय शिक्षा संस्थान' (एनआईओसी) सँगको समकक्षता गत साउन २० गते स्थगन गरेकामा भारतीय दूतावास र शिक्षा मन्त्रालयका केहीको दबाबमा फुकुवा गरेको हो । फुकुवापछि एनआईओसीबाट ३ महिना, ६ महिना वा एक वर्ष मात्र पढेकाहरूले पनि परिषद्बाट १२ कक्षा उत्तीर्ण गरेसरह मान्यता पाउने भएका छन् । स्रोतका अनुसार समकक्षता फुकुवा गर्न भारतीय दूतावासले दबाब दिएको थियो । दूतावासले परराष्ट्रमार्फत शिक्षा मन्त्रालयलाई पत्र पठाउँदै भनेको थियो, '२०६१ देखि पाउँदै आएको समकक्षता स्थगनले उक्त संस्थामा अध्ययनरत हजारौं विद्यार्थीलाई मर्का पर्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।' 


केही माओवादी लडाकु यस्ता विद्यालयमा भर्ना भएकाले शिक्षा मन्त्रालयकै केही अधिकारीबाट पनि फुकुवाको दबाब परेको स्रोतले बतायो । 'नपढी प्लस टु पास हुने भन्ने आशयका विज्ञापन नेपाली सञ्चारमाध्यममा आउन थालेपछि समकक्षता बन्द गरिएको थियो,' परिषद्को पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा प्रमुख रामचन्द्र पाण्डेले भने । परिषद् प्रवक्ता नारायण कोइरालाले भने त्रिभुवन विश्वविद्यालयले समकक्षता दिएको भारतीय शैक्षिक संस्था भएकाले एनआईओसीलाई परिषद्ले पनि मान्यता दिनुपरेको बताए । प्लस टु तहको परीक्षा सञ्चालन गर्ने भारतीय सरकारका आधिकारिक र अनुमति पाएका करिब सय संस्थालाई परिषद्को मान्यता छ । 'दूतावासले कूटनीतिक माध्यमबाट समकक्षता स्थगन फुकुवा गर्न पहल गरेको हो,' कोइरालाले भने । शिक्षा मन्त्रालय र परिषद् दुवैसित नेपालमा कतिले यस्तो कोर्स चलाएका छन् भन्ने तथ्यांक छैन । एनआईओसीले नेपाली विद्यार्थीलाई 'भारतीय प्रान्त' का भनी लब्धांकपत्र दिँदै आएको छ । एनआईओसी भारतमा खुला विद्यालयको अवधारणामा चलेको संस्था हो ।

साभार : ईकान्तिपुर डट कम  

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।