Skip to main content

ल्होछारको अवसरमा व्यापार प्रबर्धन मेला हुने

पुष १५
सिन्धुली जिल्लाको पश्चिममा अवस्थित महेन्द्रझ्याँडी गाविस-४, हाक्पारामा आउँदो माघ १४ देखि १८ गतेसम्म पाँच दिने स्थानीय व्यापार प्रवर्धन मेला हुने  भएको छ । स्थानीयबासीको पहलमा बि.सं. २०६१ साल वैशाखदेखि प्रत्येक शनिबार उक्त ठाउँमा लाग्दै आएको हाट बजारलाई विकास तथा व्यबस्थापन गर्ने मूख्य उद्देश्यले मेलाको आयोजना गर्न लागिएको हो । मेलालाई सफल बनाउन स्थानीय जनकल्याण सामुदायिक संस्थाका अध्यक्ष तथा डेन्साङ प्राथामिक विध्यालयका प्रधानाध्यापक निर बहादुर मोक्तानको संयोजकत्वमा बन्दिपुर, बिकास, ज्योती र जनकल्याण सामुदायिक संस्थाका सबै सदस्यहरु रहेको १ सय ५१ सदस्यीय मेला मूल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी गाविस तथा जिल्लाका प्रतिष्ठित व्यक्तिहरुलाई समेटेर मेला सल्लाहकार समिति तथा विभिन्न उपसमितिहरु बनाई कार्य अगाडि बढाईएको मेला मूल आयोजक समितिका संयोजक मोक्तानले जानकारी दिनुभएको छ । 'तामाङ समुदायको महान साँस्कृतिक पर्व २८४८ औं 'डुक' ल्होछार तथा वसन्त पन्चमी र शहिद दिवसको अवसर पारेर हामीले मेला साचालन गर्न लागेका हौं र मेलाबाट स्थानीय व्यापारी तथा व्यापारको प्रवर्धन गर्ने, पर्यटकीय क्षेत्रको जानकारी दिने लगायतका उद्देश्य लिएका छौं' संयोजक मोक्तानले भन्नुभयो । मेलामा १ सय ५० वटा स्टलहरु रहने र व्यापार, मनोराजन, विभिन्न स्थानीय उत्पादनहरुको प्रदर्शनी, खेलकुद, सरस्वती पूजा, ल्होछार जागरण जस्ता कार्यक्रमहरु गरिने बताईएको छ । त्यस्तै नेपाली चलचित्रहरु 'अन्दाज' र 'नारी' तथा तामाङ चलचित्र 'लानी'को प्रदर्शनी पनि मेलामा रहने जनाईएको छ । मेलाको अवलोकन गर्न सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, काभ्रे तथा अन्य क्षेत्रबाट गरी करीब १ लाखको सहभागिता रहने आशा आयोजकले लिएको छ । साथमा मेलामा आफ्नो व्यापार व्यवशाय गर्न तथा कला देखाउन चाहने व्यक्ति वा संघसंस्थाहरुलाई सहभागिताको लागि अनुरोध गरिएको छ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।