Skip to main content

महङ्गा सिनेमाले थिचिए आर्यन

पुष २२
नायक आर्यन सिग्देल अहिले घरमै वसेका छन्, उनको हातमा सिनेमा छैनन् । यस्तै हल्लाहरु छन् बजारमा । एकअर्थमा भन्ने हो भने यो कुरा सत्य पनि हो । आर्यन सिग्देलले अभिनय गरेका सिनेमाले लगानी उठाउन सकेनन्, यसैले पनि उनी असफल नायक हुन् धेरैको विश्लेषण हो यो । यदि चलचित्रले लगानी उठाएन् भने त्यो असफल सिनेमा हो र यो सँग जोडिएका हरेक कलाकार पनि असफल हुन् । उनले अभिनय गरेका सिनेमा यो वर्ष मात्र दुईवटा असफल भए र बाँकी एक सिनेमा प्रदर्शनको क्रममा रहेको छ । नेपाली सिनेमाले बजार पाएको छैन, यहाँ महङ्गा बजेटका सिनेमा चलेर लगानी उठाउन गाह्रौ नै पर्दछ । नायक आर्यन सिग्देल पछिल्ला केही समय महङ्गा सिनेमाले थिचिएका नायक हुन् । 
उनले अभिनय गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ ले करीब ९० लाख निर्माताको हातमा पुर्यायो  । तर, यो सिनेमा असफल भयो, कारण यसको लगानी १ करोडको हारहारीमा थियो । यदि यो सिनेमालाई समयमा सकिकिएको भए यो सिनेमाको बजेट १ करोड पुग्दैनथ्यो र लगानी पनि उठाउथ्यो । यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘के यो माया हो’को कथा पनि यस्तै नै छ । यो सिनेमा पनि १ करोड भन्दा माथिको लगानीमा बन्यो । छायांकन नगर्ने अन्य काम गर्ने भन्ने आरोप खेपेको यो सिनेमाको बजेट पनि १ करोड पुग्दैनथ्यो । तर, लामो छायांकन सेड्युलका कारण सिनेमाको बजेट आकासियो । सिनेमा व्यापारका हिसाबले यो वर्ष प्रर्दशनमा आएका अन्य सिनेमाभन्दा माथी छ तर सिनेमाले लगानी उठाएन । चलचित्र असफल दर्जामा ठहरियो र नायक आर्यन पनि असफल जस्तै नै देखिए ।

‘मेरो लभ स्टोरी’को कहानी पनि उस्तै नै हो । यसपछि, अब आर्यनको चलचित्र ‘आइ एम सरी’ बजारमा आउँदैछ । यो सिनेमाको बजेट पनि १ करोड भन्दामाथि नाघिसकेको छ । अव, यो सिनेमाले लगानी उठाउने कुरामा शंका व्यक्त गर्न सकिन्छ । लामो समयसम्म छायांकन हुँदा सिनेमाको बजेट वढ्न गएको हो । तर, यही सिनेमालाई पनि कम वजेटमा छायांकन गरी उही स्तरियता दिन निर्माणपक्षले सक्थ्यो होला तर, यसो भएन । अहिले आर्यनको चलचित्र भविष्य यहि सिनेमासँग जोडिएर हेरिएको छ । तर, सिनेमाको बजेट हेर्दा आर्यनको अभिनय र स्टारक्रेजले मात्र यो सिनेमालाई जोगाउन सक्छ भन्ने देखिदैँन । यसैले, नायक आर्यन सिग्देल महङ्गा सिनेमाले थिचिएर असफलताको सूचीमा परिरहेका छन् । उनले अभिनय गरेका सिनेमा महङ्गा हुनु, निर्माताको लगानी आकासिनुको कारणले पनि उनी असफल देखिएका हुन् । नेपाली सिनेमाको बजारभन्दामाथि सिनेमा निर्माण गरेर कसरी उठ्न सक्छ लगानी ? आर्यनले पनि यो विषयमा सोच्ने हो की ?

साभार : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...