Skip to main content

सिन्धुलीका एक्काइस परीक्षा केन्द्र नमुना हुने


२४ फागुन, सिन्धुली 
गत वर्षको एसएलसी परीक्षामा गौमती नमुना उच्च मावि परीक्षा केन्द्रलाई मात्र नमुना बनाएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले यो वर्ष जिल्लामा परीक्षा हुने एक्काईस परीक्षा केन्द्रलाई नमुना बनाउने जनाएको छ । चैत्र ७ गते देखी संचालन हुने एसएलसी परीक्षा ०६८ को लागी एक्काइस केन्द्रबाट एसएलसी परीक्षा संचालन गरिने निर्णय एसएलसी परीक्षा समन्वय समितीले निर्णय गरेको छ । समितिले यस वर्ष सबै परीक्षा केन्द्र बनाउने समेत निर्णय गरेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेलले बताए । गत वर्ष सदरमुकाममा रहेको गौमति मावि परिक्षा केन्द्रलाई मात्रै नमुना परीक्षा केन्द्रको रुपमा एलएलसी परीक्षा संचालन गरिएको थियो । नमुना परिक्षा केन्द्रमा परीक्षा संचालन गर्ने केन्द्राध्यक्ष अध्यक्ष देखी सुरक्षाकर्मीसम्म सवै महिलाले गौमति परिक्षा केन्द्रमा परीक्षा संचालन गरेका थिए ।

यो वर्षको एसएलसीमा नियमिततर्फ सिन्धुलीबाट ५ हजार ३ सय ६८ जना परिक्षार्थी सहभागी हुने जिल्ला शिक्षा अधिकारी लुइटेलले जानकारी दिएका छन् । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारी अनुसार फिक्कल उमावि सोल्पाठान परिक्षा  केन्द्रमा उमावि फिक्कल सोल्पाठाना, सुनकोसी उमावि सोखुवेसी, सालुके मावि रत्नावती र मावि खोलागाँउको परीक्षा केन्द्र रहेको छ । त्यसै गरी वैंकटेश्वर उमावि परिक्षा केन्द्रमा उमावि तिल्पुङ्ग, मावि लुम्ती, मावि तोश्रामखोला, मावि खुरहरी, मावि महभिर, मावि समनाम सुनतले, मावि महादेवडाडा र मावि चनौटे रहेका छन् । उमावि लाम्पानटार परिक्षा केन्द्रमा उमावि लामपानवतासे र जनप्रेमी मावि स्याँती रहेको छ । उमावि आम्वोटे परिक्षा केन्द्रमा उमावि आम्वोटे र  उमावि जिनाखुँ रहेका छन् । उमावि मझुवा दोभान परिक्षा केन्द्रमा मावि मझुवा दोभान, कालिका मावि लंगृरछविसे, मावि घ्याम्पागडाम्रे र पाटनदेवी मावि कोटगाउँ रहेका छन् । चन्द्रावति उमावि वेलघारी परिक्षा केन्द्रमा चन्द्रावति उमावि वेलघारी, भवानी उमावि भिमस्थान, कालिका उमावि धमिले, कुण्डेश्वर उमावि वेसारेवेसी, कमला मावि छरछरे, मावि चिलाउनेडाडा भिरगाँउ, जनजागृति मावि टंसार र सरस्वती मावि हिलेपानी रहेका छन् ।

यस्तै सरस्वती उमावि डकाहामा सरस्वति उमावि डकाहा, कमला उमावि भलुवाहि, मावि गिचियानी, मावि पचरुखीको परीक्षा केन्द्र रहेको छ । जनजागरण उमावि हर्साहीमा जनजागरण उमावि हर्षाही, उमावि सिर्थौली, मावि टाँडी, राष्ट्रिय मावि कालापानीका विद्यार्थीहरुको केन्द्र रहेको छ । उमावि लदाभिरमा उमावि लदाभिर, कमला मावि मैनी, जनजागृति मावि बोगटी, कमला इंग्लिस बोर्डिङ स्कुल दुधौलीको केन्द्र रहेको छ । यसैगरी सरस्वती उमावि संखटारमा सरस्वति उमावि संखटार, सिन्धुली लिटिलफ्लावर्स इंग्लिस बोर्डिङ, जनप्रेमी मावि अरुणडाँडा, मावि सुघारे, मावि बास्बोटेको केन्द्र रहेको छ । जनजागृति उमावि भिमानमा उमावि भिमान, जनता उमावि चन्दनपुर, प्रभात उमावि रानीबास, प्रगतिशिल उमावि धामीडुमरिया, कमला मावि करकरे, कमला एकेडेमी इंग्लिस बोर्डिङ स्कुल भिमानको परीक्षा केन्द्र रहेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ । जनज्योति उमावि फोस्रेटारमा कमला उमावि ढुंग्रेवास, गौमति नमुना उमावि माढीबजार, उमावि पानीट्यांकी, बरुणदेवी मावि खट्टार, मावि सिलामे, कमला उमावि ढुंग्रेवास खुला को केन्द्र तोकीएको छ ।

त्यस्तै कमला उमावि ढुंग्रेबास केन्द्रमा जनजागृति उमावि निवुवाटार, जनज्योति उमावि फोस्रेटार, उमावि गडौली, मावि पिपलभञ्ज्याङ, जिशिका प्राईभेटका विद्यार्थीले परिक्षा दिनेछन् भने गौमति नमुना उमावि माढीबजारमा सिन्धुली विद्याश्रम, भगवति उमावि, सिद्धस्थली उमावि, जनता उमावि, सिद्धवावा मावि, न्युईंग्लिस बोर्डिङ लगाएतका बोर्डिङहरुको केन्द्र तोकिएको छ ।  कौशिका उमावि ग्वालटारमा कौशिका उमावि ग्वालटार, मावि नयाँखर्क, कामदा उमावि डुँडभञ्ज्याङ, सारदा उमावि बेखटाँडी, मंगला मावि घोक्सिला, बाल मावि सुलीभञ्ज्याङ, बत्सला मावि दिङदिङ किराँतेको परीक्षा केन्द्र कायम गरिएको छ । जनज्योती उमावि खुर्कोटमा जनज्योति उमावि खुर्कोट, गणेश मावि मझुवा, जलकन्या मावि चपौली, दिर्घप्रदीप मावि खाल्टे, जनता मावि खनियाँखर्कको केन्द्र कायम गरिएको छ ।

त्यस्तै प्रगतिशल उमावि रातामाटामा प्रगतिशिल उमावि रातामाटा, कुशेश्वर उमावि दुम्जा, गणेश मावि थापाथुम्का, मावि गुठबजार, देवीस्थान मावि बालुवा, सिद्ध मावि कोटगाउँ झा.राको केन्द्र रहेको छ । उमावि हायुटार बस्तीपुरमा उमावि हायुटार बस्तीपुर, नेत्रकाली उमावि आँपडाँडा, मावि अमले, मावि तामाजोरको केन्द्र रहेको छ भने उमावि डाँडीमा चण्डेश्वरी उमावि डाँडी, शंकरेश्वर उमावि जखनी र मावि बेल्टारको परीक्षा केन्द्र तोकीएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।

source:sindhulidarpan 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।