Skip to main content

छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको : शिक्ष राज्य मन्त्री भण्डारी


चैत्र १८, सिन्धुली 
शिक्षा राज्यमन्त्री लिला भण्डारीले आफ्ना छोराछोरीलाई निजी स्कूलमा पढाएर आफु नै इमान्दार नभएको बताउनुभएको छ । परम्परागत शिक्षा प्रणालीले देशलाई धान्न नसक्ने बताउदै भण्डारीले अवको शिक्षा वेरोजगारी हैन रोजगारीमूलक हुनुपर्ने बताउनुभयो । सिन्धुली ढुग्रेबासमा रहेको कमला उच्च मावि तथा साइन्स क्याम्पसको हीरक महोत्सव समापन समारोह तथा ६१ औँ वार्षिक समारोह र अभिभावक दिवसको अवसरमा सिन्धुली आउनुभएका उहाँले गुणस्तरीय शिक्षा बनाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक सवै लाग्नुपर्ने र राज्यले पनि गुणस्तरीय शिक्षा ल्याउनको लागि शिक्षक ऐन २०२८ संशोधन गरिरहेको धारणा राख्नुभयो । पछिल्लो समयमा सामुदायीक विद्यालका स्थायि शिक्षकहरुले खेतला राखेर आफु ठेकेदार बनेर जनताको पसिनाको दुरुपयोग गरेको आरोप लगाउनुभयो । 

पछिल्लो समयमा धेरै स्कूलहरु खुलीरहेका अवस्थामा आजको आवश्यकता विद्यालय खेल्ने हैन खोलेका विद्यालयलाई व्यवस्थापन गर्ने तर्फ लाग्नुपनेै टिप्पणी गर्नुभयो । मन्त्री भण्डारीले  संविधान लेखन प्रक्रिया अगाडि बढेको छैन भन्ने कुरा गलत भएको बताउदै उहाँले जेठ १४ मा संविधान बन्ने दावी गनुभयो । अवको संविधान सवैको न्यायिक हुने खालको र जनताको संविधान बन्ने जिकिर गर्नुभयो । त्यस्तै सांसद कल्पना वस्नेतले घरनै विग्रेको अवस्थामा सुधार्न धेरै समय लागे जस्तै विग्रेको शिक्षालाई सपार्न पनि समय लाग्ने बताउनुभयो । 

शिक्षा राज्यमन्त्री लिला भण्डारीको प्रमुख आतितथ्य तथा विद्यालय व्यस्थिापन समितिका अध्यक्ष अम्वरदिप देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विधालयका प्रद्यानाध्यापक विश्वनाथ बरालले  १ करोड ७५ लाख ९४ हजार ४ सय ७९ रुपैया वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कमला साइन्स क्याम्पस र विद्यालयलाई आजको स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिक उत्सव कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुइटेल प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञवाली,राजनीतिक दलका प्रतिनीधि,समाजसेवी,पत्रकार महसंघका अध्यक्ष श्यामहरि अधिकारी,विद्यालय विद्यार्थी अभिभावक पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।