Skip to main content

सिन्धुलीमा ३ सहिदको सालीक निर्माण गरिने

वैशाख ५, सिन्धुली
कमलामाई नगरपालिका वडा नम्बर ११ मा पञ्चायत शासनकालमा मारिएका ३ सहिदको सालिक सहितको सहिद पार्क निर्माण गर्न लागिएको छ । प्रधानमन्त्री कोषबाट सहिद पार्कका लागि १० लाख रुपैंया बजेट विनियोजन भए पनि सो पार्क निर्माण गर्न लागिएको हो । पार्कको नाम आजाद, दुर्गा र रजन सहिद पार्क नामाकरण गरिएको छ । पार्क निर्माणका भएको भेलाले सोमबार एक निर्माण उपभोक्ता समितिको गठन गरेको छ । इन्द्रप्रसाद ढुंगेल, सचिव सुमन पौडेल, कोषाध्यक्ष मञ्जु देवकोटा रहेका छन् भने सदस्यहरुमा देवराज पौडेल, घनेन्द्रबहादुर कार्की, पूर्णबहादुर खत्री, कमला वि.क, रघुपति प्रधान र यादव प्रसाद सुवेदी  रहनु भएको छ ।

सालीक निर्माणको लागी नारायण प्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समितिको गठन  गरिएको छ । समितिको सदस्यमा ऋषिराज अधिकारी, रमेश देवकोटा, सुरेश कुमार पौडेल र तिलकुमारी माझी छन् । सहिदहरु दलबहादुर रजन, ऋषि देवकोटा र दुर्गा सुवेदीको सालिक सहित बन्न लागेको पार्कमा गार्डेन, प्रतिक्षालय लगाएत निर्माण गरिने र त्यसलाई पर्खालले घेरिने अनुगमन समितिका सदस्य ऋषिराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पार्क बनाउने स्थलको सर्वेक्षण गर्न मंगलबार जिल्ला विकास समिति सिन्धुलीबाट प्राविधिक टोली त्यहाँ पुग्ने  छ भने केहि दिन भित्रै निर्माणको काम सुरु हुने भएको छ । पञ्चायत विरुद्ध वामपन्थी राजनिती गरेको भन्दै ऋषि देवकोटा आजादले २०३७ फागुन १२ गते, दलबहादुर रजनले २०३७ कार्तिक १२ र दुर्गा सुवेदीले २०३६ कार्तिक १७ गते राज्यका सुरक्षाकर्मीले भिमानको चुरे जंगलमा गोली हानी मारेको थियो । ढिलै भए पनि सरकारले सहिदहरुको सम्झनामा पार्क र सालिक निर्माण गर्न लागेकोमा सहिदका परिवारले खुशी व्यक्त गरेका छन् । सहिद दलबहादुर रजनका छोरा दानबहादुर रजनले सहिदको सम्मान गर्न सरकार लागेकोमा खुशी लागेको बताउनुभयो  ।

source : www.sindhulidarpan.com.np

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।