Skip to main content

टेलिकमले एनसेलमा ‘कल फरवार्ड’ रोक्यो

साउन २३,
एनसेलले प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका ग्राहक तान्ने अभियान थालेपछि नेपाल टेलिकमले एनसेलका लागि कल फरवार्ड सुविधा काटेको छ । टेलिकम स्रोतका अनुसार एनसेलले टेलिकमका पोष्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताको नम्बरसँग मिल्ने नम्बर दिने एनसेलको ‘माइ न्यू नम्बर’ योजनाका लागि एनसेलले कलफरवार्ड सुविधाको दुरुपयोग गरेपछि टेलिकमले आफ्नो नेटवर्कका मोबाइलबाट एनसेलमा कल फरवार्ड सुविधा बन्द गरेको हो । ‘केहि समयका लागि रोकिएको हो, दूरसञ्चार प्राधिकरणसँगको छलफलपछि खुल्न सक्छ’ टेलिकम स्रोतले भन्यो । एनसेलले प्रतिस्पर्धी कम्पनीका ग्राहकलाई आफ्नो नेटवर्कमा आकषिर्त गर्न ‘एनसेल प्रो’ योजनामा विभिन्न सुविधा दिँदै आएको छ । टेलिकमबाट एनसेलको नेटवर्कमा सर्न चाहनेले चलाइरहेको टेलिकमको नम्बर एनसेलममा जानकारी गराएपछि एनसेलको त्यही नम्बर दिने गरेको छ ।

टेलिकमको मोबाइलबाट एनसेलमा कल फरवार्ड गरेपछि एनसेलले उक्त नम्बरमा फोन गर्नेजति सबैलाई सम्बन्धित व्यक्तिको नम्बर परिवर्तन भएको भनेर एनसेलको नम्बर दिने र टेलिकमको मोबाइलमा भने फलानो नम्बरबाट कल गर्ने प्रयास भएको थियो भन्ने सन्देश दिने गरेको थियो । टेलिकमका ग्राहकलाई एनसेलले तान्न खोजेपछि टेलिकमले एनसेलमा कल फरवार्ड रोकेपछि यो योजना अहिले रोकिएको एनसेलले जनाएको छ । एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सञ्जु कोइरालाले भनिन्, ‘नेपाल टेलिकमले यस योजनामा आपत्ति जनाएपछि हामीले यसको प्रमोसन नै रोकिरहेका छौं ।’ यस विषयलाई लिएर नेपाल टेलिकम नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा जाने भएको छ । नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्र प्रसाद थिकेले त्यसखालको गतिविधि भएपछि टेलिकम प्राधिकरण जान लागेको जानकारी दिए । एनसेलले गलत प्रतिस्पर्धात्मक गतिविधि गरे टेलिकमले पनि त्यसै अनुसारको रणनीति बनाउने बताए ।

स्रोत : अनलाइन खबर 

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।