Skip to main content

मोबाइल इन्टरनेट च्याटको मज्जा:बिनु


अनलाइन युजरहरूमा कुराकानी गर्ने विभिन्न माध्यमहरूको माग भइरहेका वेला प्रतिस्पर्धा पनि बढिरहेको छ । नेपाली इन्टरनेट प्रयोगकर्ताका बीचमा विभिन्न मोबाइल एप्लिकेसन र सफ्टवेयरहरू रुचिमा परेका छन् । फेसबुक च्याट, ट्विटर र मिगजस्ता मोबाइल एप्लिकेसनहरूले सोचेभन्दा बढी सफलता पाइरहेका वेलाका अर्को मोबाइल सफ्टवेयर बिनु अहिले चर्चाको विषय बनेको छ । यो एप्स चर्चाको विषय बन्नुमा पनि थुप्रै कारणहरू रहेका छन् । सन् २००८ को सेप्टेम्बरमा बिनु प्रालि डेभ टर्नल र गौर लेन्टेलद्वारा स्थापित भयो । त्यसपश्चात् उनीहरूको निकै लामो अनुभव र विगतको सफलताले बिनु एप्लिकसेन चल्यो ।
के हो बिनु ? बिनु एउटा मोबाइल इन्टरनेट सफ्टवेयर हो जसबाट अन्य थुप्रै्र सामाजिक सञ्जालका साइटहरू र एप्सहरू चलाउन सकिन्छ । साथसाथै थुप्रै आकर्षक विशेषताको सुविधा उपयोग गर्न पाइन्छ । अहिले विश्वभर आधाभन्दा बढी मानिस मोबाइल प्रयोग गर्छन्, तर त्यसको पनि आधाजतिले मात्र कम्प्युटर प्रयोग गर्छन् । तसर्थ बिनुले मोबाइलमै सस्तो,
शैक्षिक र सामाजिक फाइदा प्रदान गर्ने सुविधा दिन्छ । मोबाइलका स्क्रिन साना हुन्छन्, किबोर्डहरू पनि साना हुन्छन्, हार्डवेयरहरू पनि सीमित हुन्छ र उनीहरूको सर्भिस पनि ढिलो र कम भरपर्दो हुन्छ । बिनुले यी चुनौतीलाई सामना सजिलै गर्छ । यसले आविष्कार गरेको सफ्टवेयरले हल्का खालका मोबाइलमा पनि सहजै चल्न सहयोग गर्छ र नेटवर्क ब्यान्डविथको पनि कार्यकुशल प्रयोग गर्छ ।
बिनु यस्तो मोबाइल सफ्टवेयर हो जसको प्रमुख विशेषता तीव्र गतिमा चल्नु हो । टुजी नेटवर्क चल्ने फोनहरूले तत्काल रेस्पोन्स पाउ“छ, इन्टर एप्स र अरू सुविधाबाट जस्तै ट्विटर, विकिपेडिया, न्युज, लाइभ स्पोट्र्स स्कोर, मौसम आदि । मोबाइल इन्टरनेटका थुप्रै्र प्रयोगकर्ता आज पनि खराब वा दुःखदायी अनुभव पाइरहेका छन् । ढिलो रेस्पोन्स पाइरहेका छन्, असक्षम डाटा ब्यान्डविथले । बिनुको केही फाइदाहरू तल उल्लिखित छन् ।
१) धेरै छिटो ः
प्रायःजसो हामी इन्टरनेट ढिलो चल्ने समस्याबाट ग्रस्त छौ“ । तर, यो सफ्टवेयर इन्टरनेट ढिलो होस् वा चा“डो राम्ररी काम गर्दछ ।
२) फ्री एसएसएम र इमेल
बिनुले फ्री एसएमएस र अनगिन्ती इमेलको सुविधा दिन्छ । यसले दुई किसिमको एसएमएस प्रदान गर्छ । पहिलो क्रेडिट एसएमएस र दोस्रो फ्री एसएमएस । बिनुले एसएमएस विश्वभर पठाउन मिल्ने बनाएको छ ।
३) एमएमएस डेलिभरी स्टाटस
यदि हामीले क्रेडिट एसएमएस प्रयोग गर्छौं भने यसले डेलिभरी स्टाटस पनि देखाउ“छ ।
४) म्यासेज नोटिफिकेसन
बिनुले उसको इनबक्समा सन्देश आएका वेलामा हामीलाई सचेत पनि गराउ“छ । यदि हामी अनलाइन छौ“ भने विभिन्न चिह्नको प्रयोग गरेर हामीलाई नोटिफिकेसन दिइरहेको हुन्छ भने अफलाइन भएको अवस्थामा एसएमएस पठाएर सन्देश आएको जानकारी दिन्छ ।
५) अन्य सुविधा
अनलाइन न्युज, गुगल र विङ सर्च, यू–ट्युब, स्पोट्र्स, मौसम ज्योतिषसम्बन्धी साइट, टेक्नोलोजी, ब्लग र अन्य थुप्रै सुविधा प्रदान गर्छ ।
बिनुको सुविधा पाएर थुप्रै इन्टरनेट प्रयोगकर्ताहरू मख्ख र खुसी छन् । बुधबारे–७ झापाका सञ्जीव सापकोटा त्रिचन्द्र क्याम्पसमा बिएस्सी अध्ययनरत छन् उनी भन्छन्, ‘अहिलेसम्म मैले थुप्रै मोबाइल सफ्टवेयर प्रयोग गरे“, तर बिनुजस्तो छिटो, छरितो र सुविधा सम्पन्न कुनै भेटेको छैन ।’ सञ्जीव त एक प्रतिनिधि मात्रै हुन् उनीजस्तै धेरै इन्टरनेट प्रयोगकर्ता बिनुप्रति आकर्षित छन् कारण हुन् बिनुले प्रदान गरेको अतुलनीय छरितो सुविधाहरू ।

प्रस्तुती:केन सुवेदी
लिभिङ विथ आइसीटी

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।