Skip to main content

विन्डोजतर्फ एन्ड्रोइड


सन् २०१३ भित्र विन्डोज ८ अपरेटिङ सिस्टमका स्मार्टफोन र ट्याबको प्रयोग अत्यधिक भयो भने आश्चर्य नमाने हुन्छ । डेस्कटप र ल्यापटप बजारमा एकछत्र राज गरेको माइक्रोसफ्टले 'विन्डोज ८' अपरेटिङ सिस्टम ल्याएपछि यसको प्रयोग भएको स्मार्टफोन र ट्याब लगातार सार्वजनिक भइरहेका छन् । बजारमा केही वर्षदेखि गुगलको एन्ड्रोइड र एप्पलको आईओएसको प्रभुत्व छ । एन्ड्रोइड धेरै कम्पनीले प्रयोग गरेका छन् भने आईओएस एप्पलले आफ्नै उत्पादनमार्फत ल्याएको छ । यी दुई ओएस भएको स्मार्टफोन र ट्याबको बढ्दो व्यापारले उनीहरू निकै अगाडि बढे । र, चर्चा पनि पाए । पछिल्लो समय डेस्कटप र ल्यापटपमा सीमित माइक्रोसफ्टमा अर्को सेगमेन्टको बजारमा पनि हिस्सा बढाउने आशा जन्मिएको छ ।

केही समय अगाडि जर्मनीको बर्लिनमा भएको कन्ज्युमर इलेक्ट्रोनिक ट्रेड फेयरले विशेष गरी एन्ड्रोइडलाई चिन्तित तुल्याएको हुनुपर्छ । त्यस मेलामा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिरहेका कम्पनीहरूले मेलामा धमाधम विन्डोज ८ ओएस भएको स्मार्टफोन र ट्याब सार्वजनिक गरे । र, यो क्रम रोकिएको छैन ।
 अर्कोतिर ब्ल्याकबेरीले पनि विन्डोज ८ प्रयोग गर्ने चर्चासँगै धेरैबाट प्रश्न आउन थालेको छ । यी उदाहरणहरूपछि अचेल धेरै प्रश्न उठ्छ, के विन्डोज ८ ले स्मार्टफोन र ट्याब सेगमेन्टमा पनि जम्ला ?

दुई वर्ष अगाडि फिनल्यान्डको कम्पनी नोकियाले पहिलोपटक विन्डोज ओएस प्रयोग गर्ने घोषणासँगै माइक्रोसफ्टसँग सम्झौता गर्‍यो । त्यसलाई माइक्रोसफ्टको स्मार्टफोन ओएसमा लगाव बढाउने माध्यम मान्न सकिन्छ । त्यो सम्झौतापछि नोकियाले धमाधम विन्डोज फोन सार्वजनिक गर्दैछ । तर उसका उत्पादन धेरै सफल भएनन् । तर माइक्रोसफ्टको विन्डोज ८ पछि युरोपको ठूलो बर्लिन मेलाबाट अरू पनि यता आए । त्यहीँबाट स्मार्टफोनमा अगाडि रहेको दक्षिण कोरियाली कम्पनी सामसुङले विन्डोज ८ भएको स्मार्टफोन सार्वजनिक गर्‍यो । एन्ड्रोइड प्रयोग गरेर एप्पललाई पनि टक्कर दिएको ब्रान्ड एक्कासि विन्डोजमार्फत आउँदा धेरैलाई आश्चर्य पनि बनायो ।

यो प्रयोग नोकिया र सामसुङ -केही उत्पादन) मा मात्र रोकिएन । एचटीसीले पनि विन्डोज ८ ओएस भएको 'एचटीसी विन्डोज फोन ८ एक्स' सार्वजनिक गरिसकेको छ । यसलाई एचटीसीले एन्ड्रोइड ओएस प्रयोग गरेर ल्याएको चर्चित 'एचटीसी वान एक्स' सँग दाँजिएको छ । स्मार्टफोनमा अगाडि आउने अर्को कम्पनी मोटोरोला गुगलले नै किनिसकेकाले यसका विन्डोज फोन आउने सम्भावना छैन । 'आफ्नो ओएस भएको एप्पल र मोटोरोला बाहेक अरू सबै ठूला स्मार्टफोन कम्पनीले विन्डोज फोन ल्याइसकेका छन्,' विश्लेषकहरू भन्छन्, 'यति सानो समयमा मुख्य कम्पनीहरू यता लाग्नु विन्डोजका लागि धेरै सकारात्मक कुरा हो ।'

नोकियाको लुमिया ९२० र लुमिया ८२० लाई विन्डोज ८ को नमुना फोनका रूपमा लिइएको छ । 'नोकियाको पुनः सफलता विन्डोज ८ भएको लुमिया सिरिजका फोनको सफलतामा जोडिएको छ,' विश्लेषकहरू भन्छन्, 'र विन्डोज ८ पनि यसबाटै चर्चामा आउने सम्भावना छ ।' यसको सफलतामा अरू कम्पनीलाई विन्डोज ८ मा आउने नआउनेमा निर्भर गराउँछ । रिमले पनि विन्डोज ८ ओएस प्रयोग गरेर ब्ल्याकबेरी ल्याउने चर्चा सत्य सावित भए विन्डोज ८ को उचाइ अझै बढ्नेछ ।

विन्डोज ८ प्रयोग गरेर डिभाइस सार्वजनिक गर्ने क्रम ट्याब्लेट बजारमा पनि छ । यसअघि एन्ड्रोइडको ओएसबाट रमाएका कम्पनीहरू पनि धमाधम यता आएका छन् । विन्डोज प्रयोग गर्दै एसरले आइकोनिय डब्लु ५१०, असुसले भिभो ट्याब, डेलले ल्याटिट्युड १०, एचपीले इन्भोई एक्स २, लेनेभोले थिंक प्याड २ र सामसुङले स्मार्ट पीसीजस्ता ट्याबहरू सार्वजनिक गरिसकेका छन् । इन्टेलले विन्डोज ८ लाई आवश्यक हार्डवेयर सार्वजनिक गरिसकेको छ ।

यसरी विन्डोज ८ को प्रयोग किन बढिरहेको छ त ? माइक्रोसफ्टले विन्डोज ८ लाई टच स्त्रिmन डिभाइसलाई पनि केन्दि्रत गरेको छ । यसअघिका ओएसभन्दा धेरै फरक रूपमा आएकाले स्मार्टफोन र ट्याब विस्तारै लोकपि्रय हुँदैछ । विन्डोज प्रयोग गर्न थालेका यीमध्ये धेरैले गुगलको एन्ड्रोइड प्रयोग गरिरहेका छन् । तर गुगलले मोटोरोला किनेपछि अहिले कम्पनीको पुनर्संरचना गर्दै आफ्नै उत्पादन ल्याउने तयारी गरेकाले पनि यी कम्पनीहरूले माइक्रोसफ्टलाई विकल्पका रूपमा लिएको हुन सक्छ ।

अझ मुख्य कारण विन्डोज ८ ले अहिले डेस्कटप/ल्यापटप र ट्याब/स्मार्टफोनबीचको गहिरो खाडल हटाउने अनुमान छ । 'प्रयोगकर्ताहरू सानो भएकाले आफ्नो धेरै काम प्याड वा मोबाइलबाटै गर्न चाहन्छन्,' विज्ञहरू भन्छन्, 'यसमा गरेको काम सहजै डेस्कटप र ल्यापटपमा कन्भर्ट हुँदा धेरै खुसी हुनेछन् ।' तर उससँग एन्ड्रोइड वा आईओएसमा भन्दा बढी एप्स दिने चुनौती छैन । एप्सको कुरामा पनि आशा देखिएको छ । हालै विन्डोज ८ को एप्स स्टोरमा एन्ड्रोइडका ५ लाख एप्स चल्ने समाचार सार्वजनिक भएको छ । हालसम्म माइक्रोसफ्टको स्टोरमा झन्डै २ हजार एप्स छन् । एन्डोइड एप्सहरू सहजै माइक्रोसफ्टको बजारमा जाँदा यसमा आकर्षण स्वतः बढ्नेछ ।

ठूलो बजार भनेको स्मार्टफोन र ट्याब्लेट बजारमा जम्ने आशामा माइक्रोसफ्ट आफ्नो ओएसको मार्केटिङमा लागेको छ । सर्फ]{ ट्याब्लेट र विन्डोज ८ को प्रवर्द्धन गर्न अमेरिकाबाट विभिन्न सहरबाट विशेष स्टोर खोल्न सुरु गरेको छ । तर भविष्य ग्राहकमा छ । एप्सलगायतका कुरामा अझै पूर्ण नभएको विन्डोजले प्रयोगकर्ताले चाहेको कुरा दिन सक्छ/सक्दैन हेर्ने बाँकी छ ।



प्रकाशित मिति आश्विन २१ इकान्तिपुर

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...