Skip to main content

नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड


मंसिर १२
नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क बिभागले नेपालमा महिला करिब एक करोड ३६ लाख अर्थात ५१ दशमलव ५० प्रतिशत र पुरुषको जनसङ्ख्या करिब एक करोड २९ लाख  अर्थात् ४८ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय योजना आयोग सिंहदरबारमा हिजो आयोजित एक कार्यक्रमका बीच प्रधानन्त्री डा बाबुराम भट्टराईले २०६८ सालमा लिइएको जनगणनाको प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । लैङ्गिक अनुपातको आधारमा प्रति १ सय महिलामा पुरुषको सङ्ख्या ९४ दशम्लव एक ६ रहेको छ । २० ५८ सालमा लिइएको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो ।

सार्बजनिक गरिएको प्रतिबेदन अनुसार नेपालका वार्षिक जनसङ्ख्या बृद्विदर १ दशम्लव तीन पाँच प्रतिशत रहेको छ । सबैभन्दा धेरै जन सङ्ख्या काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ६ हजार ५ सय ३८ रहेको पनि प्रतिबेदनमा उल्लेखछ । भौगोलिक क्षेत्र अनुसार भने तराईमा सबैभन्दा बढि ५० दशम्लव दुई सात अर्थात १ करोड ३३ लाख १८ हजार ७ सय ५ जनसङ्ख्या रहेको छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा ६ दशम्लब सात तीन अर्थात १७ लाख ८१ हजार ७ सय ९२ जनसङ्ख्या पुगेको छ । पहाडी क्षेत्रमा भने ४३ दशम्लव शून्य एक अर्थात १ करोड १३ लाख९४ हजार ७ रहेको प्रतिबेदनमा जनाइएको छ । प्रतिबेदनका अनुसार विदेशमा बसोबास गर्ने नेपाली नागरिकको सङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ रहेको छ । १० बर्षअघि भने विदेशमा बसोबास गर्ने नेपाली नागरिकको सङ्ख्या ७ लाख ६२ हजार १ सय ८१ थियो ।

जनगणनाको प्रतिबेदनमा नेपालमा जम्मा १ सय २५ ओटा जातजाति रहेको पाइएको छ । यसअघि कुल जनसङ्ख्याको १५ दशमलब ८ प्रतिशत रहेको क्षेत्रीको जनसङ्ख्या बढेर १६ दशम्लब ६ प्रतिशत पुगेको छ । पहाडी ब्राहमणको जनसङ्ख्या १२ दशम्लव २ रहेको छ भने तस्रो स्थानमा मगर, चौथो स्थानमा थारु र पाँचौ स्थानमा तामाङ जातजाति रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...