बल्ल देखायो नासाले हाम्रो वास्तविक सगरमाथा

                                                 २९ मंसिर, 
विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र । तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो । नेपाली पत्रकारहरुले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथा भन्दै गलत तस्बिर राखेको औंल्याएपछि हिजो त्यसलाई सच्याएको छ ।

रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तराष्ट्रिय अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेको उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो । त्यस तस्विरलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि सगरमाथाको भन्दै प्रयोग गर्दै आएका थिए । ट्टिरमा उक्त तस्बिरले व्यापक रुप लिएपछि हिमालसँग जानकारहरुले नासाले राखेको तस्बिर सगरमाथाको नभई सो हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमा नजिकै रहेको कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल हो भनेर ट्विट गरेका थिए । उनीहरुले गुगल अर्थको प्रयोग गरेर नासाले देखाएको हिमाल सगरमाथा नभएको र सासेर खाङग्री भएको दाबी गरेका थिए ।

यसै बहसको आधारमा नासाले बिहीबार आफ्नो वेबसाइट अपडेट गर्दै तस्बिर खुम्बु हिमशृखंलामा पर्ने सगरमाथा नभई भारत प्रशासित कस्मिरको काराकोरम हिमशृखंला अन्तर्गत पर्ने ससेर मुस्ताख (ससेर खाङग्री) भएको जनाएको छ । समाचार एजेन्सी एएफपीलाई नासाका प्रवक्ताले इमेल पठाउँदै ‘यो (तस्बिर) सगरमाथाको होइन, काराकोरम हिमशृखंला अन्तर्गत पर्ने ससेर मुस्ताख (ससेर खाङग्री) हिमालको हो’ भनेर जानकारी गराएका थिए ।










sourse:topnepalnews










No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading