Skip to main content

अब इमेलमा आउटलुकको मज्जा


माइक्रोसफ्टले इमेल सर्भिसको दुनियाामा एउटा नयाा लुक, केही उत्कृष्ट फिचर, भिन्नै नाम र पहिचानका साथ धमाकेदार पुनरागमन गरेको छ । माइक्रोसफ्टले आफ्नो पुरानो हटमेललाई नयाा नाम दिएको छ : आउटलुक । सन् २००४ मा गुगलले जिमेल सर्भिस शुरु गरेको थियो, जो छोटो समयमै हटमेल र याहुजस्ता ठूला प्रतिस्पर्धीलाई उछिन्दै निकै लोकप्रिय बनेको थियो । त्यसका बाबजुद पनि comscore.com का अनुसार हटमेलका ३ सय २४ मिलियन, याहुका २ सय ९० मिलियन र जिमेलका २ सय ७८ मिलियन युजर छन् । सबैभन्दा धेरै युजर भए तापनि ती सबै जिमेलतिरै आकर्षित भएका कारण जिमेललाई टक्कर दिनकै लागि पनि नयाा सर्भिस शुरु गरेको छ माइक्रोसफ्टले ।

प्रिभ्यू भर्जनमै रहेको आउटलुकमा @outlook.com मा एकाउन्ट बनाउनका लागि outlook.com मा साइन अप गर्न सकिन्छ । यसका अतिरिक्त हटमेल, लाइभ र एमएसएनको एकाउन्ट भएका युजरहरूले पनि यो नयाा सर्भिसमा अपग्रेड गर्न सक्छन् । पुराना युजरहरूले कहिलेसम्म @hotmail.com को एकाउन्ट युज गर्न पाउने हो, त्यसबारेमा माइक्रोसफ्टले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

माइक्रोसफ्टले अहिले आउटलुकमा थुप्रै फिचरहरू अपडेट गरेको छ । यसमा इस्प्याम फिल्टरिङलाई अझ सशक्त बनाइएको छ । मेलबक्स क्लिनअप, चाडै लोड हुने इन्टरफेस र ठूलो साइजका फाइलहरू स्काई ड्राइभका माध्यमबाट एटयाच गर्न सकिने यसका अरू फिचरहरू हुन् । स्काई ड्राइभ माइक्रोसफ्टको वेबस्टोरेज सर्भिस हो, जसमा कम्प्युटरको हार्डडिस्कमा जस्तै डाटाहरू क्लाउड सर्भरमा स्टोर गर्न सकिन्छ । यसबाट ३ सय एमबीको एउटा सिङ्गल फाइल एटयाच गर्न सकिन्छ, जुन जिमेलको २५ एमबी फाइल साइज लिमिटभन्दा धेरै बढी हो । साथै, माइक्रोसफ्टले प्रत्येक युजरलाई आफ्नो क्लाउड स्टोरेज स्काई ड्राइभमा ७ जीबी स्पेस फ्री दिएको छ ।



आउटलुकको मेन आइकनको छेउमा एउटा ड्रप डाउन बटन देख्न सकिन्छ, जसमा पिपल, मेल, स्काई ड्राइभ र क्यालेन्डर एपहरूको लिङ्क विन्डोज ८ को मेट्रो एप स्टाइलमा राखिएको छ । आउटलुकको इनबक्स पहिलेको भन्दा र अरूको भन्दा निकै फास्ट लोडिङ, सिम्पल र क्लियर रहेको छ । आउटलुकले राइट क्लिक फिचर पनि थपेको छ, जसमा कुनै म्यासेजमा राइट क्लिक गर्नेबित्तिकै फरवार्ड, रिप्लाई आदि अप्सन प्रयोग गर्न सकिन्छ ।
सामान्यतया अरू मेल सर्भिसहरूमा राइट क्लिक गर्दा ब्राउजरको डिफल्ट अप्सनजस्तै ब्याक, रिलोड, स्टप आदि डिस्प्ले हुन्छ । साथै मेलमा एटयाच भएर आएका डकुमेण्ट्स, फोटो, भिडिओहरू छुट्टै फोल्डरहरूमा डिस्प्ले हुन्छ । आउटलुकले न्युजलेटर, सोसियल अपडेट्सहरूलाई अटोमेटिक क्याटगोराइज गरेर राखिदिन्छ, जसले गर्दा त्यस्ता मेलहरूलाई खोज्न र डिलिट गर्न सजिलो हुन्छ । यदि, कुनै न्युजलेटर तपाईंलाई रिसिभ गर्न मन छैन भने आउटलुकको अनसब्सक्रयाइब फिचर प्रयोग गर्न सक्नुहुन्छ । स्विप (Sweep_) फिचरबाट इनबक्सलाई सेडयुल क्लिनअप गरेर कुनै सेन्डरका पुराना मेलहरू डिलिट गरेर रिसेन्ट मेलहरू मात्र राख्न पनि सकिन्छ । स्विपले मल्टिपल सेन्डरहरूका सयौं बल्क मेलहरू केही सेकेन्डमै डिलिट गर्न सजिलो बनाएको छ ।

फेसबुक, ट्वीटरजस्ता सोसियल साइटहरू अब भिन्न रूपमा खोलिराख्नु पर्दैन । किनभने, यी साइटहरूलाई आउटलुकसागै कनेक्ट गर्न सकिन्छ । तपाईंका साथीहरूका प्रत्येक अपडेट्सहरू आउटलुकबाटै हेर्न मिल्छ । कुनै साथी फेसबुकमा अनलाइन छ भने आउटलुकको दाहिनेतर्फ रहेको यसको डिफल्ट च्याटबाट कुराकानी गर्न सक्नुहुन्छ । भविष्यमा च्याटमा स्काइपको भिडियो कलिङ पनि समावेश गर्ने कुरा माइक्रोसफ्टले गरेको छ ।

आउटलुकमा माइक्रोसफ्टको वर्ड, एक्सेल, पावरपोइन्टजस्ता सफ्टवेयरलाई वेब एप्लिकेशनका रूपमा राखिएको छ । तपाईंको कम्प्युटरमा अफिस प्याकेज इन्ष्टल छैन भने पनि मेलमा एटयाच भएर आएका डकुमेन्टहरू हेर्न सफ्टवेयर इन्ष्टल गरिराख्नु पर्दैन । ती डकुमेन्टलाई सोझै खोल्न, हेर्न, एडिट र सेभ गर्न सकिन्छ । हटमेलको यो नया इन्टरफेस र केही राम्रा फिचरहरू एकपटक तपाईं पनि प्रयोग गरेर हेर्नुहोस् र तपाईंको प्रतिक्रिया हामीसग पनि बााड्नुहोस् ।



source:livingwithict



Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।