Skip to main content

महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम

मंसीर २१
सामाजीक रुपान्तरणको लागी जिविकोपार्जन कार्यक्रम अन्तर्गत जमीन माथि महिलाहरुको अधिकार सम्वन्धी दुइ दिने तालीम हिजोवाट सिन्धुलीमाढीमा सुरुभएको थियो। एक्सनएड ईन्टरनेशनल नेपाल सामुदायिक विकास कार्यक्रम सिन्धुलीको सहकार्यमा भएको तालीममा कपिलाकोट, महादेवस्थान, डाँडीगुरासे, भद्रकाली र जलकन्या गाविसका गरी  ४५ जना महिलाहरुको सहभागीता रहेको थियो । सामुदायिक विकास कार्यक्रम सिन्धुलीले विगत दुई वर्षदेखी सिन्धुली जिल्लाका ५ ओटा गाविसमा कार्यक्रम संचालन गर्दै आईरहेको छ । तालीममा जानेका कुरालाई समुदायका अन्य व्यक्तिहरुलाई जानकारी गराउन सकियो भने तालीम उपलव्धीमुलक हुने साविकाका अध्यक्ष रामधन माझीले वताउनु भयो । मानव अधिकारको आधारभुत कुरा, महिलाको विशेष अधिकार, भुमीमाथी महिलाको अधिकार, शक्ति सम्वन्ध लगाएतका विषयवारे तालीममा  जानकारी गराईने प्रशिक्षक देवी वास्तोलाले जानकारी दिनुभयो  । तालीम आजबाट सम्मपन्न हुने आयोजकले जनाएको छ ।

Comments