कारागारमा झडपका कारण सिन्धुली तनाबग्रस्त

सिन्धुली, पुस २० - सिन्धुली कारागारमा कैदीहरुबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाइ लिएर नेपाली कांग्रेसले शुक्रबार गरेको बन्द आह्वानले सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन , शिक्षण संस्था, सदरमुकामका सबै बजार, सरकारी कार्यालयहरु समेत सार्वजनिक विदाको दिन जस्तै सुनसान बनेका छन् ।






कांग्रेसले छानविन, उचित क्षतिपूर्ति र दोषीलाइ कारवाहीको माग गरेको छ । बुधबारका दिन राति कारागारत्रि भएको झडपमा परि गम्भीर घाइते भएका कमलामाइ नगरपालिका १ कुँडुलेका कैदी निरज देवकोटा उपचारकाक्रममा विहीबार निधन भएको थियो ।  झडपमा मृत्यु भएको नभइ हत्या भएको भन्दै स्थानीय तथा आफन्तले विरोधस्वरुप सदरमुकामका चोक, चोकमा टायर बालेका छन् ।  


उता जिल्ला प्रशासन कार्यालयले विहीबारदेखि लगाएको कर्फ्यु दिउँसो ३ बजे सम्मका लागि हटाएको छ । शान्ति सुरक्षा भड्किने खालका गतिबिधि नभए सकभर कर्फ्यु हटाउने मनसाय रहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । कारागारभित्र बुधबार राति भएको झडपमा संलग्न भएका १२ जना कैदीलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइ सोधपुछ थालनी गरिएको समेत प्रजिअ आचार्यले जानकारी दिए । कारागार सुरक्षाका लागि रहेको प्रहरी नायब निरिक्षक इन्द्रनारायण चौधरी सहितको २० जनाको टोलीलाइ जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरी छानविन शुरु गरिएको प्रहरी नायब उपरीक्षक सानुराम  भट्टराइले जानकारी  दिए ।




तस्विर: कुशल श्रेष्ठ


No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading