Skip to main content

भ्यालेनटाइन्स डेमा के गर्ने ? (टिप्सहरु)

भ्यालेनटाइन्स डे आउन अब केहि दिन मात्र बाँकी छ । यद्यपी, यस वर्ष यो दिन विकडेजमा परेपनि निश्चित प्लानका साथ आफ्नो पार्टनरसँग यस दिनलाई स्पेशल बनाउन सक्नुहुनेछ । उक्त दिनमा तपाइँ आफ्नो पार्टनरसँग डेटमा जानसक्नु हुनेछ अथवा विकेन्डको नै प्लान गर्नसक्नु हुनेछ । यहाँ सही तरिका अपनाउनको लागि केहि उपायहरु बताइएका छन् ।

फूलको राम्रो व्यवस्था : फूल सबैका लागि प्रिय हुन्छन्, त्यसकारण केहि राम्रा राम्रा फूलको बुके बनाएर त्यसमा तपाइँले सोच्नु भएको प्लान लेखेर पार्टनरलाई दिनुभयो भने उनको अनुहारमा चहकिलो मुस्कान देख्न सक्नुहुनेछ ।


पिकनिक : यदि तपाइँसँग थोरै समय छ र एक दिनमात्र खाली हुनुहुन्छ भने प्रकृतिको नजिक हुने ठाउँमा जानुहोस् । यस्तो ठाउँमा गएर दुईजना सँगै खाना खानु र एक अर्कासँग रमाइलो कुरा गर्नु जस्तो रोमान्टिक अरु केहि पनि हुँदैन ।

खानेकुरा प्याक :आफ्नो पार्टनरसँग बाटोमा खानको लागि ध्यानपूर्वक केहि खानेकुरा प्याक गर्नुहोस् । ड्राई फ्रुट्स, चिज, लेज र चिप्सजस्ता खानेकुरा प्याक गर्नुभयो भने राम्रो हुन्छ ।

वाइन र स्यामपेन : वाइन अथवा स्यामपेनको पूर्व योजना गर्नुहोस् र आफ्नो रुममा होटलको स्टाफले ल्याइदिने व्यवस्था मिलाउनुहोस् । यदि तपाइँको स्विटहार्ट अल्कोहल नखाने हो भने एक बक्स चकलेटको व्यवस्था मिलाउनुहोस् ।

बेलुकी रमाइलो : दिनभरी आफ्नो पार्टनरसँगै हुनुहुन्छ वा भर्खरै भेट्नुभएको छ भने बेलुकीको समयलाई अझ बढि रोमान्टिक बनाउनुहोस् । पार्टनरसँग तपाइँ लाइभ म्युजिक भएको डिनरमा जानसक्नु हुनेछ र त्यहाँको संगीतकारहरुसँग आफ्नो पार्टनरलाई मनपर्ने गीत गाइदिनको लागि आग्रह गर्न सक्नु हुनेछ ।

Comments

Popular posts from this blog

सिन्धुली जिल्लाको संक्षिप्त परिचय

सिन्धुली जिल्ला २६०५५" देखि २७०२२" उत्तरी अक्षांश देखि ५०१५" देखि ६०२५" पूर्वी देशान्तरमा अवस्थित छ । भित्री मधेशको चुरे भागदेखि माहाभारत क्षेत्रहरुलाई समेत समेटेको यस जिल्लाको कूल क्षेत्रफल २,४९१ वर्ग कि.मि. रहेको छ भने जिल्लाको उचाई समुन्द्रि सतहदेखि ३०५ मिटर देखि २७८७ मिटर को विचमा छ । यस जिल्लामा उष्ण, उपोष्ण र समशितोष्ण प्रकारको हावापानी पाइने हुँदा वनस्पति र जिवजन्तु पनि विविध नै पाइन्छन् । काष्ठ र प्रकाष्ठ दुवैखाले वनस्पतिको उपलब्धता यस जिल्लाको वनजंगलको विशेषता रहेको छ । यस जिल्लाको कूल क्षेत्रफलको करिव ६४ प्रतिशत भू-भाग वनजंगलले ओगटेको । जुनार र सुन्तलामा प्रशिद्ध प्राप्त यस जिल्लाको निर्यातजन्य उत्पादनहरुमा अम्रिसो, अदुवा, बेसार, भुइँकटहर, जडीबुटीहरु र अमिलोजातका विभिन्न फलफूलहरु रहेका छन् ।  प्रशासनिक रुपले यस जिल्लालाई ५३ वटा गा.वि.स. र १ वटा नगरपालिकामा विभाजन गरिएको छ भने निर्वाचन तथा स्थानीय निकायको प्रयोजनको लागि यस जिल्लालाई ३ वटा निर्वाचन क्षेत्र र १३ वटा इलाकामा विभाजन गरिएको छ । २०५८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन अनु...

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

बलिउडका जियाले ब्रेक लिने भनेर गरिन् आत्महत्या

'मलाइ माफ गर्नुहोला, केही समयका लागी ट्विटरमा देखिनेछैन, केही समय ब्रेक लिँदैछु, आफ्नो जिन्दगीमा फर्कनका लागी यस किसिमको ब्रेक लिनु आवश्यक हुन्छ ।'  यहिनै जिया खानको अन्तिम ट्विट हुन गयो । ट्विटरबार ब्रेक लिने भनेपनि बलिउड अभिनेत्री जिया खानले सोमबार आफ्नै निवासमा आत्महत्या गरेकी छिन । झुण्डिएको अवस्थामा फेला परेकी जियालाई आपतकालिन रुपमा एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि डाक्टरहरुले तत्काल मृत घोषणा गरे । उनको अस्पताल पुर्‍याउनु अघिनै मृत्यु भएको डाक्टरहरुले बताए । बलिउडका सफल मानिएको निशब्द, गजनी र हाउसफुल जस्ता चलचित्रमा अभिनय गरेकी २५ बर्षीय जियाको आत्महत्याको कारण खुल्न सकेको छैन । जिया आमा रबिया अमिनसँग बस्दै आएकी थिइन ।  ब्रिटिस भारतीय जियाको पहिलो चलचित्र निशब्द जसमा रामगोपाल बर्माको निर्देशन थियो, सफल भएपछि चर्चामा आएकी थिइन । सन् २००८ मा रिलिज भएको गजनी अत्यधिक सफल पछि जियाको लोकप्रियता भारतीय चलचित्र उद्योगमा माग बढेको थियो ।  सन् २०१० मा हाउसफल चलचित्र खेलेयता उनले कुनै चलचित्रमा अभिनय गरेकी थिइनन । बेलायतमा जन्मे हुर्केकी जियाले पछिल्लो स...