६५ सयका ट्याब्लेट

स्मार्टफोन सँगै यतिखेर आकारमा केही ठूलो कम्प्युटर यन्त्र धेरैका हातमा बस्न थालेको छ। हाते ग्याजेटका रुपमा धेरै मन पराइएको त्यो यन्त्र हो ट्याब्लेट। कम्प्युटरको सानो रुपमा यसको प्रयोग व्यापक भइसकेको छ। विद्यालय देखी विश्वविद्यालयका कक्षामा सम्म अध्ययनका लागि यसको प्रयोग विश्वभर नै व्यापक हुँदै जान थालेको छ। यसको प्रयोगको व्यापकतासँगै मुल्यमा कमी र गुणस्तर तथा सेवामा वृद्धि हुन थालेको छ। एप्पलको आइप्याडको मुल्यको तुलनामा निक्कै कम भएपनि काममा भने आइप्याड भन्दा कम नभएका सस्ता र लाभदायी डिजिटल प्याडहरुले मनोरञ्जन र शिक्षामा नयाँ अध्यायको थालनी गरेका छन्। छिमेकी मुलुक भारतमा त जम्मा १६ रुपैंयामा नै विद्यालयबाटै ट्याब्लेट बाँढ्न थालिएको छ। लोडसेडिङले डिजिटल उपकरण चलाउन हैरानी वेहोरोकाहरुका लागि लामो समय टिक्ने अनि अध्ययन र मनोरञ्जनको काम पनि हुने भएकाले नेपालीका लागि ट्याब्लेट एउटा सजिलो कम्प्युटि को साधन हो। काठमाडौं वा क्षेत्रिय शहरहरुमा अध्ययनका लागि कोठा लिएर बस्ने विद्यार्थीका लागि ठूलो आकारको कम्प्युटरको विकल्प पनि हो ट्याब्लेट। इन्टरनेटबाट अध्ययन सामग्री डाउनलोड गरेर पढ्नुपर्ने विद्यार्थीको राम्रो सहयोगी बनेको यो उपकरणको मुल्य नेपालमा पनि निक्कै घटिरहेको छ। गीत, संगीत मनोरञ्जन साथै अध्ययनका लागि समेत प्रयोग हुने भएपछि ट्याब्लेट बोक्नेहरुको संख्या बढिरहेको छ। त्यसले यसको मुल्य घटाउन पनि मदत मिलेको देखिन्छ। यतिखेर बजारमा पाँच देखी ६ हजारमा नै ट्याब्लेटहरु उपलब्ध हुन थालिसकेका छन्।

फिचर र सुविधामा मुल्य अनुसार उत्कृष्ट रहेका यस्ता ट्याब्लेट विद्यालय तथा कलेज तहका विद्यार्थीका लागि उपयुक्त पनि छन्। किनभने यीनले बढी समयको ब्याकअप दिन्छन् भने पीडीएफ साथै माइक्रोसफ्ट वर्ड, एक्सल, पावर प्वाइन्ट पनि सपोर्ट गर्छन्। त्यसो त मनोरञ्जन पनि छँदैछ। यस्ता सस्ता र सुविधायुक्त ट्याब्लेट बजारमा धेरै छन् ती मध्ये यी हुन् ६५०० मुल्य पर्ने ट्याब्लेटः

सिम्ट्रोनिक्स एक्सप्याड एक्स ७२०
01 Simmtronics XPad X720
01 Simmtronics XPad X720यो सात इन्चको डिस्प्ले रहेको ट्याब्लेटमा एण्ड्रोइड ४.१ आइसक्रिम स्याण्डवीच अपरेटि सिस्टम रहेको छ। यसमा रहेको ए १३ ए ८ प्रोसेसर १ गीगाहर्जको छ। ५१२ एमबीको रयाम रहेको यसमा ४ जीबीको आन्तरिक मेमोरी छ। जसलाई माइक्रो एसडी मार्फत बढाएर ३२ जीबी सम्म बनाउन सकिन्छ। ८०० वाइ ४८० को क्यापासेटिभ मल्टिटच डिस्प्ले रहेको यो ट्याब्लेटमा ड्यूल माली ४०० को टुडी थ्रीडी ग्राफिक्स छ। जीसेन्सर, वाइफाइ रहेको ट्याब्लेटमा थ्रीजी कनेक्टिभीटीका लागि यूएसबी डोंगलको सुविधा छ। अधिकांश भिडियो, अडियो साथै फोटोको फाइल फरम्याट सपोर्ट गर्ने यो ट्याब्लेटमा २८०० एमएएचको लीथिएम पोलिमर ब्याट्री रहेको छ।

ब्योण्ड मी बुक मी १
02 Byond Mi-book Mi1
02 Byond Mi-book Mi1एण्ड्रोइडको आइसक्रीम स्याण्डवीचमा चल्ने यो ट्याब्लेट पातलो र हाते डिजाइनमा तयार पारिएको छ। १०८० पीक्सलको फुल एचडी भिडियो प्लेब्याक सपोर्ट भएको यसमा कोर्टेक्स ए ८ एक गीगाहर्जको प्रोसेसर रहेको छ। ५१२ एमबी रयाम रहेको यसमा ३००० एमएएचको लामो समय सम्म टिक्ने ब्याट्री रहेको छ। चार जीबी आन्तरिक र एसडीकार्डको माध्यमबाट ३२ जीबी सम्म बढाउन मिल्ने मेमोरी छ। यसमा रहेको मल्टिडाइमेन्सनल मल्टिमिडिया सुविधा छ भने थ्रीडी भिडियो र गेमको पनि सुविधा छ। यसमा इन्टरनेट चलाउनका लागि वाइफाइ साथै एक्सर्टनल यूएसबी डोंगल मार्फत थ्रीजी चलाउन सकिन्छ। यसमा भीजीए क्यामेरा छ भने मल्टिटास्क अफिस सुविधा छ। यसमा तपाइँ वर्ड, एक्सेल, पावर प्वाइन्ट साथै पीडीएफ फाइलहरु पनि चलाउन सक्नुहुन्छ।

जींक जेड ९०९ प्लस
03 Zync Z909 Plus
03 Zync Z909 Plus
एण्ड्रोइडको २.३ जीन्जरब्रेडमा चल्ने यो ट्याब्लेटमा १ गीगाहर्जको प्रोसेसर रहेको छ। २५६ एमबीको रयाम र ४ जीबीको आन्तरिक मेमोरी रहेको यसमा माइक्रो एसडी कार्ड मार्फत ३२ जीबी सम्मको मेमोरी सुविधा लिन सकिन्छ। ७ इन्चको रेसिस्टिभ ८०० वाइ ४८० को पिक्सल रिजोलुसन भएको यो ट्याब्लेटमा ०.३ मेगापिक्सलको क्यामेरा रहेको छ।ग्लसी बडी भएको यसमा कनेक्टिभीटीका लागि वाइफाइ, यूएसबी पोर्ट साथै थ्रीजी यूएसबी डोंगल समेत सपोर्ट गर्छ। यसमा अधिकांश अडियो, भिडियो तथा फोटोका फरम्याट खुल्छन् भने जीटक, हृवाटस्एप, लिंक्डइन, फेसबुक, वर्ड, एक्सेल, पीडीएफ, पावरप्वाइन्ट सबै सुविधा छ। यसमा एंग्रीवर्ड, टकिङ टम खेल्न सकिन्छ भने यसमा रहेको ३००० एमएएचको लीथीएम ब्याट्रीले ट्याब्लेटलाई लामो समय सम्म चलाउन सकिने बनाउँछ।

डोमो स्लेट एन ८
एसइ04 Domo Slate N8 SEसात इन्चको मल्टीटच एलसीडी स्क्रिन रहेको यो ट्याब्लेट एण्ड्रोइड २.२ मा चल्छ। यसमा ४ जीबीको आन्तरिक मेमोरी छ भने ८०० मेगाहर्जको प्रोसेसर रहेको छ। एडोब फ्ल्यास सपोर्ट गर्ने यसमा दुई यूएसबी पोर्ट रहेको छ। यसमा कनेक्टिभीटीका लागि वाइफाइ र थ्रीजी एक्र्सर्टनल डोंगल सपोर्ट गर्छ। एसडीकार्डको माध्यमबाट यसको मेमोरी क्षमतालाई ३२ जीबी सम्म बनाउन सकिन्छ। एचडीएमआइ भिडियो सपोर्ट गर्ने यो ट्याब्लेटमा २४०० एमएएचको पोलीमर ब्याट्री रहेको छ जसले लामो समय सम्म ब्याकअप दिन्छ। ०.३ मेगापिक्सलको क्यामेरा र जी सेन्सर हरेको यसमा इमेल, डकुमेन्ट भ्यूअर, गुगल म्याप्स, पीडीएफ चलाउन सकिन्छ।
-doorsanchar

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading