नक्कली लिंग राखेर केटीबाट केटिनै बलात्कार


एजेन्सी ।
दैनिक जसो सुनिन्छ पुरुषले महिला बलात्कार गरेका घटना । त्यो ज्यादै कम उमेर देखि बृद्धा सम्म पनि हुने गरेको छ । अझ समय समयमा युवतीहरुले युवा बलात्कार गरेका घटना पनि सुन्नमा आउँछन । तर अर्को यस्तो घटना सार्वजनिक भएको छ जहाँ केटीले नै केटीलाई बलात्कार गरेकी छिन । त्योपनि नक्कली लिंग राखेर ।
घटना अनुसार यस्तै बलात्कार घटनामा स्कटल्याण्डकी एक १८ वर्षीय युवतीले ३ वर्षको जेल सजाय पाएकी छिन् । आफु केटा भएको भन्दै एक किशोरीमाथि साढे ३ वर्षदेखि लगातार बलात्कार गर्दै आएकी ती युवतीको रहस्य खुलेपछि जेल परेकी हुन ।
जस्टिन म्याकनेली नामकी ती युवतीले केटाको रुपमा १६ वर्षकी किशोरीसँग अनलाइनमार्फत सम्बन्ध स्थापित गरी भेटघाट समेत गरेर यौन सम्पर्क गरेको खुल्न आएको छ । अदालतमा मुद्दा दायर गर्ने डेभिड मार्खामका अनुसार साढे तिन वर्षदेखिको अनलाइन चिनजान पछि जस्टिनले ती किशोरीलाई ललाइफकाइ यौन सम्पर्क राखेकी थिइन् ।
केटाको भेषमा केटीद्धारा नै बलात्कृत हुने ती किशोरी लण्डनकी हुन् । बिहे गर्ने बाचा सहित साथीको घरमा बोलाएर ती युवतीले किशोरीलाई पहिलोपटक बलात्कार गरेकी थिइन् । जुन बलात्कारको श्रृंखला तिन बर्षसम्म चल्यो । बलात्कारमा पर्ने किशोरीको झोलामा कृत्रिम लिंग फेला परेपछि उनकी आमाले केरकार गर्दा ती किशोरीले आफ्ने यौन सम्वन्धका बारेमा मुख खोलेकि हुन ।
लगत्तै ती किशोरीकी आमाले त्यसरी बलात्कार गर्ने केटा नभएर केटी भएको भन्दै जस्टिनलाई पक्राउ गराउने निधो गरिन् । फेरी सेक्स गर्नका लागि जस्टिनलाई बोलाएकी ति किसोरी पक्राउ परिन । उड ग्रिन क्राउन अदालतले केटाको भेषमा किशोरीलाई बलात्कार गर्ने ती युवतीलाई साढे ३ वर्ष जेलमा राख्न आदेश दिएको छ ।
clicksindhuli.com

No comments:

 

Find Country Code


navaraj-blog

Follow us on Facebook

Most Reading