Skip to main content

Posts

दलितले छोएको खानु हुँदैन भन्ने

मंसिर १५ दलितले छोएको खानु हुँदैन भन्ने परम्परा नेपाली समाजमा अझै पनि जिवीतै छ । जतिसुकै समानताका नाराहरु बजेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । दलित भएकै कारण कतिलाई हिनतावोध पनि हुने गरेको छ । तर सिन्धुलीको डाडीगुँरासे गाविसको कुण्ड गाउँका दलितहरुलाई भने आफु दलित भएकोमा अहिले कुनै हिनतावोध छैन । दलित अधिकार सम्बन्धी ३ दिने तालिम लिएपछि त्यस क्षेत्रका दलितहरुमा मात्रै नभएर अरु जातजातिहरुमा समेत समारात्मक परिवर्तन आएको छ ।

घुस खाने सरकारी वकिल निलम्बित

महान्यायाधीवक्ताको कार्यालयले घुस खाने सरकारी वकिल राजेन्द्रबहादुर बस्नेतलाई हिजो निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागमा अनुसन्धान अधिकृत बस्नेत विरुद्ध एक समूहले छद्म भेषमा गोप्य भिडियो क्यामेरा जडान गरी घुस लिएको दृश्य खिचेको थियो । त्यो सार्बजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनलाई निलम्बन गरेको छ । उक्त कार्यालयका प्रवक्ता युवराज सुवेदीका अनुसार बस्नेतमाथि छानबिन गर्न सहन्यायाधीवक्ता विनोद पोखरेलको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति पनि गठन भएको छ । बस्नेतमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले अख्तियारलाई पत्र पनि लेखेको सुवेदीले बताए । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिद्वारा सात दिनको म्याद थप  मुख्य तीन दल र मधेसी मोर्चाको आग्रहमा राष्ट्रपति डा. रामबरण यादवले सहमतीय सरकार गठनका लागि पुनः सात दिन थप गर्नुभएको छ । राष्ट्रपतिले दिएको समयभित्र सहमतीय सरकार निर्माणका लागि दलहरु असफल भएपछि रष्ट्रपतिले थप समय उपलब्ध गराउनुभएको हो । हिजो बेलुका मुख्य दलका शीर्ष नेताले राष्ट्रपतिलाई थप स...

हात्तीले कुल्चिँदा २ जनाको ज्यान गयो

मंगसिर १५ गते बाराको सपही गाविस ७ मा हिजो राती जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । सपही ७ का ३० वर्षिय सुदर्शन चौधरी र ७० वर्षिय सुरज चौधरीको ज्यान गएको हो । गाँउ नजिकैको जंगलबाट हिजो राती पौने १० बजे वस्तीमा पसेको जंगली हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउनका लागि भाग्ने क्रममा हात्तीले कुल्चिदा उनीहरुको ज्यान गएको हो । ३ दिन अघिपनि सपहीमै हातीकै आक्रमणबाट दुईजना महिलाको ज्यान गएको थियो ।

सुन्तला खेतीबाट सोचेभन्दा बढी आम्दानी

मंसिर १३ उदयपुरको ओख्ले गाविस वडा नं. ८ का तोपबहादुर ठकुरीले सुन्तला खेतीबाट सोचेभन्दा बढि आम्दानी गर्नुभएको छ  । ४२ बर्षिय ठकुरीले आप्mनै ११ रोपनी जग्गामा गरेको सुन्तलाखेतीबाट यो बर्ष ७ लाख ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको हो  । सुन्तलाको बोटमा पातलो फल देखिए पनि ठूलो दाना फलेकोले बढी आम्दानी पाएको उहाँले बताउनुभयो ।  २०६२ सालतिर तीनसय सुन्तलाको विरुवा रोपेर सुन्तला खेती सुरु गर्नुभएका उहाँले ६६ सालदेखि आम्दानी गर्न थालेको बताउनुभयो । कार्तिकदेखि अहिलेसमम उहाले सुन्तला गाउँमा २७ रुपैयाँ प्रति केजीको दरले चारलाख ५० हजारको बिक्री गरिसकेको बताउनुभयो । ठकुरीको बगानमा सुन्तलाका साथै, जुनार, कागती र अनारलगायत फलफुल छन् ।  स्रोत : सिन्धुली दर्पण 

हर्के हल्दार - मङ्सिर १० गते

पछिल्लो समयमा आएर धेरै चर्चामा रहेको हास्य टि.भी. कार्यक्रम हो हर्के हल्दार यो कार्यक्रम प्रत्येक आइतवार बेलुका ७.३० बजे कान्तिपुर  टेलिभिजनमा हेर्न सकिन्छ । यो टि.भी. कार्यक्रम  हेर्न छुटेकोमा छिन्ता नलिनुस अब अनलाइनमा पनि हेर्न सकिन्छ । 

सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै

मंसिर १२ सिन्धुलीमा चटपटे व्यवसाय फस्टाउँदै गएको छ । सदरमुकाममा मात्रै करिव एक दर्जनको हाराहारीमा चटपटे व्यवसायीहरु छन् भने सदरमुकाम वाहिर पनि प्रत्येक टोलटोल तथा चोकचोकमा यो व्यवसाय गर्नेहरु उत्तिकै छन् । सिन्धुली माडिवजारमा विगत २० वर्षदेखि चटपटे व्यवसाय गर्नेहरु अहिले पनि सोहि व्यवसायमा तल्लिन छन् । माडिवजारको वस काउन्टर नजिकै, शान्तिनगरचोक, रातमाटा, २ नम्वर वजार, माझिटार, ढुंग्रेवास, मिलनचोक, पानीट्यांकी, धुरावजार देखि गाविसका प्रत्येक टोलटोलमा समेत चटपटे व्यवसाय सुरु भएको छ । चटपटे व्यवसायवाट मासिक १० देखि १५ हजारसम्म आम्दानि हुने गरेको केहि चटपटे व्यवासायिहरुको भनाई छ । यहि व्यवासयवाट परिवार पालेर पनि सदरमुकाममा जग्गा किनेको चटपटे व्यवसायी धु्रव शाहले वताउनुभयो । अमिलो पिरो प्राय सवैले मन पराउने हुनाले चटपटेमा सवैको ध्यान जान्छ ।  तर त्यसमा प्रयोग गरिने केहि सामानहरुले स्वास्थ्यमा पनि उत्तिकै असर गर्ने भएकाले त्यस्ता वस्तुहरु प्रयोग गर्न नहुने चिकित्सकहरुको भनाई छ । साथै चटपटे व्यवासायिहरुले सरसफाईमा ध्यान दिनुपर्ने उपभोक्ताहरु वताउँछन् । त्यस्तै सर्लाही ईश...

नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड

मंसिर १२ नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क बिभागले नेपालमा महिला करिब एक करोड ३६ लाख अर्थात ५१ दशमलव ५० प्रतिशत र पुरुषको जनसङ्ख्या करिब एक करोड २९ लाख  अर्थात् ४८ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय योजना आयोग सिंहदरबारमा हिजो आयोजित एक कार्यक्रमका बीच प्रधानन्त्री डा बाबुराम भट्टराईले २०६८ सालमा लिइएको जनगणनाको प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । लैङ्गिक अनुपातको आधारमा प्रति १ सय महिलामा पुरुषको सङ्ख्या ९४ दशम्लव एक ६ रहेको छ । २० ५८ सालमा लिइएको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो । सार्बजनिक गरिएको प्रतिबेदन अनुसार नेपालका वार्षिक जनसङ्ख्या बृद्विदर १ दशम्लव तीन पाँच प्रतिशत रहेको छ । सबैभन्दा धेरै जन सङ्ख्या काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ६ हजार ५ सय ३८ रहेको पनि प्रतिबेदनमा उल्लेखछ । भौगोलिक क्षेत्र अनुसार भने तराईमा सबैभन्दा बढि ५० दशम्लव दुई सात अर्थात...