Skip to main content

Posts

यस्तो छ सुनको आइफोन फाइभ

यी भए २०१२ मा सफल

एप्पल आइफोन फाइभ एप्पलले सन् २०१२ मा सार्वजनिक गरेर बजारमा उतारेको नयाँ आइफोन, आइफोन फाइभ वर्षो उत्कृष्ट ग्याजेट हो। जुन यसकै अघिल्लो संस्करण आइफोन फोर भन्दा पातलो, हलुका र छिटो आदेश प्रोसेस गर्ने खालको छ। जुन आफ्ना प्रतिस्पर्धी भन्दा बिक्रि र उपभोक्ताको सकारात्मक प्रतिक्रिया पाएको स्मार्टफोन हो। चिनमा त यसले ठूलै रेकर्ड नै राख्न सफल भयो। बिक्रिमा पनि यसले राम्रो उपभोक्ता प्रतिक्रिया पायो। यसको माग नै यति धेरै भयो कि समयमा एप्पलले माग अनुसारको वितरण गर्न सकेन। म्याक बुक रेटिना १५ इन्च एप्पल कम्प्युटरको नयाँ ल्यापटप म्याक बुक प्रो यो वर्षको किन्नै पर्नेमा गनिएको अर्को उपकरणका रुपमा रहृयो। यस अघिको म्याक बुक एयर भन्दा ४.५ पाउण्ड कम तौल रहेको यसमा सुपर हाइ रेजुलेसन रहेको छ। आइप्याड र आइफोनमा रहेको रेटिना प्रविधि रहेको १५ इन्चको डिस्प्ले रहेको यसलाई विश्वको सबैभन्दा बढि रेजुलेसन रहेको ल्यापटपका रुपमा ब्याख्या गरियो। गुगल नेक्सस टेन २०१२ मा गुगलले ट्याब्लेट बजारमा पनि सफलता पायो। उसले ठूलो आकारमा गुगल नेक्सस टेन ट्याब्लेट बजारमा उतारेर एप्पलको आइप्याडलाई धक्का दियो। आइप्य...

कारागारमा झडपका कारण सिन्धुली तनाबग्रस्त

सिन्धुली, पुस २० - सिन्धुली कारागारमा कैदीहरुबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाइ लिएर नेपाली कांग्रेसले शुक्रबार गरेको बन्द आह्वानले सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण यातायातका साधन , शिक्षण संस्था, सदरमुकामका सबै बजार, सरकारी कार्यालयहरु समेत सार्वजनिक विदाको दिन जस्तै सुनसान बनेका छन् । कांग्रेसले छानविन, उचित क्षतिपूर्ति र दोषीलाइ कारवाहीको माग गरेको छ । बुधबारका दिन राति कारागारत्रि भएको झडपमा परि गम्भीर घाइते भएका कमलामाइ नगरपालिका १ कुँडुलेका कैदी निरज देवकोटा उपचारकाक्रममा विहीबार निधन भएको थियो ।  झडपमा मृत्यु भएको नभइ हत्या भएको भन्दै स्थानीय तथा आफन्तले विरोधस्वरुप सदरमुकामका चोक, चोकमा टायर बालेका छन् ।   उता जिल्ला प्रशासन कार्यालयले विहीबारदेखि लगाएको कर्फ्यु दिउँसो ३ बजे सम्मका लागि हटाएको छ । शान्ति सुरक्षा भड्किने खालका गतिबिधि नभए सकभर कर्फ्यु हटाउने मनसाय रहेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । कारागारभित्र बुधबार राति भएको झडपमा संलग्न भएका १२ जना कैदीलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइ सोधपुछ...

बुधबारदेखि घोषित रुपमै लोडसेडिङ बढ्यो (तालिकासहित)

पाँच दिनसम्म अघोषित रुपमा लोडसेडिङ बढाएको नेपाल विद्युत्त प्राधिकरणले बुधबारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार बुधबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएको थियो । बुधबारदेखि घोषित रुपमा बढ्ने भएपनि अहिलेदेखि नै लोडसेडिङको अवधि १२ घण्टा पुगिसकेको छ । सरकारले शासकीय सुधार कार्ययोजनामा लोडसेडिङ १२ घण्टामा सीमित गर्ने उल्लेख भएपनि अझै बढ्न सक्ने प्राधिकरणका कर्मचारीहरुले बताउँदै आएका छन् ।

बल्ल देखायो नासाले हाम्रो वास्तविक सगरमाथा

                                                 २९ मंसिर,  विश्वको सर्वोच्च शिखर सगरमाथालाई कसले नचिन्ला र । तर, अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले अन्तरिक्षबाट खिचेको सगरमाथाको भन्दै गलत तस्बिर राखेको थियो । नेपाली पत्रकारहरुले सामाजिक सञ्जालमा नासाले वेबसाइटमा सगरमाथा भन्दै गलत तस्बिर राखेको औंल्याएपछि हिजो त्यसलाई सच्याएको छ । रुसी अन्तरिक्ष यात्री युरी मलेन्चेङ्कोले अन्तराष्ट्रिय अनुसन्धान केन्द्रबाट कात्तिक २४ गते खिचेको उक्त तस्बिरलाई नासाले सगरमाथाको भनी आफ्नो वेबसाइटमा राखेको थियो । त्यस तस्विरलाई अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले पनि सगरमाथाको भन्दै प्रयोग गर्दै आएका थिए । ट्टिरमा उक्त तस्बिरले व्यापक रुप लिएपछि हिमालसँग जानकारहरुले नासाले राखेको तस्बिर सगरमाथाको नभई सो हिमाल भारत, पाकिस्तान र तिब्बतका सीमा नजिकै रहेको कस्मिरस्थित ससेर खाङ्ग्री हिमाल हो भनेर ट्विट गरेका थिए । उनीहरुले गुगल अर्थको प्रयोग गरेर नासाले देखाएको हिमाल सग...

पृथ्वी ध्वस्त हुने हल्ला मात्र !

मंसिर २६  स-साना स्कुले नानीलाई गृहकार्य सक्यौ भनी सोध्दा आजभोलि जवाफ दिन्छन्, 'अब किन पढ्ने, डिसेम्बर २१ मा त पृथ्वी नै ध्वस्त हुन्छ रे !' पश्चिमेली मुलुकहरूबाट फैलिएको पृथ्वी ध्वस्त हुने यो हल्ला अहिले पत्याइनसक्नु गरी संसारभर फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार २१ डिसेम्बरमा विश्व समाप्त हुने हल्ला रुस, फ्रान्स, युक्रेन र मेक्सिकोमा अझ बढी छ । रुसमा त नेताहरूले राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र संयम अपनाउन अपिलसमेत गरेका छन् । एउटा सर्वेक्षणलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार करिब अढाई करोड अमेरिकी यो हल्लाको पछि लागेका छन् । कसरी चल्यो हल्ला ? २१ डिसेम्बर २०१२ मा संसार ध्वस्त हुने हल्ला माया सभ्यताको क्यालेन्डरलाई हवाला दिँदै चलाइएको छ । हल्ला चलाउनेहरूको भनाइमा उक्त क्यालेन्डरमा आजको दस दिनपछिको मिति नै छैन । क्यालेन्डरमा मिति नै टुंगिनुको अर्थ त्यस दिन प्रलय हुनु हो भन्ने उक्त सभ्यतामा विश्वास गर्नेहरूको बुझाइ छ । यो बुझाइ कतिपय पश्चिमेलीहरूका लागि एक प्रकारको भयको कारण बनेको छ भने केहीलाई हलिउडका...

२१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुदैन...

मंसिर २५ अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा अफबाह मात्र भएको बताएको छ । प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने पुष्टि गरेको हो । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत भएको बताएका छन् । यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो अफबाह मात्र भएको नासाले जनाएको छ । नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा धुर्व परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी धुर्व परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले बिद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम मानिसलाई नयाँ केहि नहुने बताएका छन् ।