Skip to main content

Posts

Showing posts from March, 2013

`मेरो कुच्चेको अनुहारलाई कसैले पत्याउथेन` : विल्सन विक्रम राई (तक्मे बुढो)

विल्सन विक्रम राई, यो नाम न फिल्म उधोगका लागि नयाँ हो न दर्शकमाझ । बाल्यकालदेखि नै कला क्षेत्रमा संघर्षरत विल्सनले छोटो समयमा पाएको चर्चा र व्यस्तताको साथमा दर्शकको मायाले उनलाई अहिलेका सुपरस्टार भन्दा कसैले आपत्ति जनाउन सक्दैन । बिशेषगरी मेरी बास्यैमा निर्वाह गरेको तक्मे बुढोले उनलाई नाम दाम सबै दिएको छ । हुनत उनले अभिनय गरेका थोरै मात्र फिल्म रिलिज भएका छन् तर जे जति भए ति सबैमा उनको कामको तारिफ गरिन्छ । अहिलेका यिनै युवा सुपरस्टार विल्सनसँग प्रदर्शनको क्रममा रहेको फिल्म 'रिदम' को बिषयमा गरिएको अर्न्तवार्ता प्रस्तुत छ - रिदम फिल्म रिलिज मिती नजिकिंदै गर्दा कस्तो अनुभुती भईरहेको छ ? गत शुक्रबार अष्टनारायण हलमा एउटा फिल्म हेर्न गएको थिएँ । हल भित्र प्रवेश गर्नै लाग्छ सिठ्ठी र तालीको बर्षा भईरहेको थियो । फिल्म छुट्यो कि भनेर हतार हतार भित्र पस्दा त...(हाँस्दै) रिदमको ट्रेलरमा मलाई देखेर दर्शकले ताली बजाईरहेका रहेछन् । यसले एउटा उत्साह थपेको छ र फिल्मको प्रतिक्रिया लिन आतुर छु । त्यसैमाथी यहि फिल्मको लागि भनेर युके टुरलाई रोकेर बसेको छु । यो फिल्मलाई हिट बनाएर

नेपालमा आश मारेको 'बधशाला' विदेशमा प्रदर्शन

काठमाडौं,फागुन २५।  नेपालको हलहरुमा सरकारले प्रतिबन्ध लगाएपछि रिलिज नहुने पक्का भएको फिल्म बधशाला विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसारनै प्रदर्शन हुने भएको छ। नेपालमा प्रतिबन्धीत बधशाला अमेरिका, बेलायत र अस्ट्रेलियामा बस्ने नेपाली भने हेर्न पाउने भएका हुन् । उनिहरु माझ आज फिल्म प्रर्दशन गरिन तयारी गरिएको निर्देशक मनोज पण्डित जानाकारी दिनु भएका हो । रक्षा मन्त्रालयले शान्ति प्रक्रिया भाँड्नेु भन्दै सञ्चार मन्त्रालयलाई फिल्म रोक्न आग्रह गरेपछि यो फिल्मको नेपाल रिलिज स्थगित भएको थियो । बधशाला फिल्म चलाउन नपाएको झोकमा बधशाला युनिट सहितको अन्य फिल्मकर्मीहरुले काठमाडौंमा आज ब्ल्याक फ्राइडे नाम दिँदै विरोध कार्यक्रम गर्ने भएका छन्। अनामनगरको मण्डला थियटरमा फिल्मकर्मी कालोपट्टीका साथ भेला हुने र बधशालामाथि लगाइएको अंकुशप्रति विरोध प्रकट गर्ने पनि पण्डितले जानकारी दिए।

६५ सयका ट्याब्लेट

स्मार्टफोन सँगै यतिखेर आकारमा केही ठूलो कम्प्युटर यन्त्र धेरैका हातमा बस्न थालेको छ। हाते ग्याजेटका रुपमा धेरै मन पराइएको त्यो यन्त्र हो ट्याब्लेट। कम्प्युटरको सानो रुपमा यसको प्रयोग व्यापक भइसकेको छ। विद्यालय देखी विश्वविद्यालयका कक्षामा सम्म अध्ययनका लागि यसको प्रयोग विश्वभर नै व्यापक हुँदै जान थालेको छ। यसको प्रयोगको व्यापकतासँगै मुल्यमा कमी र गुणस्तर तथा सेवामा वृद्धि हुन थालेको छ। एप्पलको आइप्याडको मुल्यको तुलनामा निक्कै कम भएपनि काममा भने आइप्याड भन्दा कम नभएका सस्ता र लाभदायी डिजिटल प्याडहरुले मनोरञ्जन र शिक्षामा नयाँ अध्यायको थालनी गरेका छन्। छिमेकी मुलुक भारतमा त जम्मा १६ रुपैंयामा नै विद्यालयबाटै ट्याब्लेट बाँढ्न थालिएको छ। लोडसेडिङले डिजिटल उपकरण चलाउन हैरानी वेहोरोकाहरुका लागि लामो समय टिक्ने अनि अध्ययन र मनोरञ्जनको काम पनि हुने भएकाले नेपालीका लागि ट्याब्लेट एउटा सजिलो कम्प्युटि को साधन हो। काठमाडौं वा क्षेत्रिय शहरहरुमा अध्ययनका लागि कोठा लिएर बस्ने विद्यार्थीका लागि ठूलो आकारको कम्प्युटरको विकल्प पनि हो ट्याब्लेट। इन्टरनेटबाट अध्ययन सामग्री डाउनलोड गरेर प