Skip to main content

Posts

Showing posts with the label राष्ट्रिय

सिन्धुलीमा प्रचण्डले यसो भने

मिनकुमार दाहाल, सिन्धुली, माघ २४ । माघ २७ गते देशले नयाँ प्रधानमन्त्री नपाउने एमाओवादीका अध्यक्ष पुस्पकल दाहाल (प्रचण्ड)ले ठोकुवा गर्नुभएको  छ । २७ गते प्रधानमन्त्री बन्ने छाट मैले देखेको छैन । हिजो मात्र मैले एमाले र काँग्रेसका नेताहरुसँग कुरा गरेको थिए । उहाँहरु विच सरकार वनाउने विषयमा कुनै सहमती भएको पार्ईन, एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो । २७ गते देशले नयाँ प्रधानमन्त्री पाउन एमालेले उठाएका विषयमा नेपाली काँग्रेस मौन वसेको प्रचण्डको भनाई छ । दाहालले चुनाब जितेको सिराहा निर्वाचन क्षेत्र जादै गर्दा सिन्धुली पसेर कार्यकर्तालाई भेट्दै गर्दा यस्तो वताउनुभएको हो । माघ २७ गते संसदमा हुने प्रधानमन्त्रीको निर्वाचनमा एमाओवादी सहभागी नहुने वताउनुभयो । हामीले एमाले र काँग्रेसलाई मिलेर सरकार वनाउनुस् भनेका छौं । जनताले पनि त्यही म्यान्डेट दिएका छन् उहाँले भन्नुभयो । सरकार वनाउने गिराउने खेलमा एमाओवादी लाग्दैन । हाम्रो मुख्य लक्ष्य एक वर्ष भित्र संविधान संसदवाट घोषणा गराउन पहल गर्ने हो प्र्रचण्डले भन्नुभयो । संसदमा तेश्रो शक्ति भएको हैसीयतले सभामुख एमाओवादीले दावी गर्ने उहाँले वताउन...

बुधबारदेखि घोषित रुपमै लोडसेडिङ बढ्यो (तालिकासहित)

पाँच दिनसम्म अघोषित रुपमा लोडसेडिङ बढाएको नेपाल विद्युत्त प्राधिकरणले बुधबारदेखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार बुधबारदेखि दैनिक १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ हुँदै आएको थियो । बुधबारदेखि घोषित रुपमा बढ्ने भएपनि अहिलेदेखि नै लोडसेडिङको अवधि १२ घण्टा पुगिसकेको छ । सरकारले शासकीय सुधार कार्ययोजनामा लोडसेडिङ १२ घण्टामा सीमित गर्ने उल्लेख भएपनि अझै बढ्न सक्ने प्राधिकरणका कर्मचारीहरुले बताउँदै आएका छन् ।

आजदेखि लोडसेडिङ दैनिक १० घण्टा हुने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले आजवाट लागू हुने गरी लोडसेडिङ फेरि वढाएको छ । सातामा ५६  घण्टा लोडसेडिङ  हुँदै आएकोमा अब सातामा ७० घण्टा लोडसेडिङ हुनेछ । अत्याधिक चुहावट हुने स्थानमा भने थप १ देखि ६ घण्टासम्म लोडसेडिङ हुने छ । प्रधानमन्त्रीले यसपटकको हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ हुँदैन भनिरहेपनि अहिले नै १० घण्टा पुगेको हो । औपचारिक सूचना निकाल्नुअघि केही दिनदेखि नै लोडसेडिङको अवधि बढ्न थालेको छ । ‘जलाशयमा पानीको सतह घट्न थालेकोले लोडसेडिङ बढाउनुपर्ने बाध्यता आएको हो’ प्राधिकरणका प्रणाली संचालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले भन्नुभयो । पुस नलाग्दै दैनिक १० घण्टा लोडसेडिङ हुन थालेपछि आउँदा दिनमा स्थिति झनै भयावह हुने संकेत देखिसकेको छ । प्राधिकरणले यसवर्ष १९ घण्टा लोडसेडिङ हुने प्रक्षेपण यसअघि नै गरिसकेको छ । तर प्रधानमन्त्रीले लोडसेडिङ बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ । अरु वैकल्पिक उपाय अपनाएर भएपनि लोडसेडिङ घटाउनुपर्ने प्रधानमन्त्रीको भनाई हो । तर विकल्पको रुपमा भारतबाट आयात गर्ने र थर्मल प्लान्ट बनाउने योजना तत्काल पूरा नहुने भएकाले लोडसेडिङ १२ घण्टा...

ब्लड क्यान्सर पीडित दाङकी एक बालिकाको उपचारमा सहयोग गर्न परिवारले आग्रह ।।

नारायण भण्डारी, रेडियो हाम्रो पहुँच, तुलसीपुर, दाङ रगत सम्बन्धि रोग ए पलाष्टिक एमोनियाबाट पीडित दाङ हापुर ३ साइपुर की १० वर्षीया  कुसुम बुढाथोकीको उपचारमा सहयोग गरिदिन पीडितको परिवारले आग्रह गरेको छ । दुई महिनादेखि ब्लड क्यान्सरबाट पीडित बालिका बुढाथोकिको अहिले शिविल अस्पताल काठमाण्डूमा उपचार भइरहेको छ । उपचारको क्रममा अहिलेसम्म ४ लाख रुपैयाँ बढी खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने भएकोले उपचार गर्न आफूहरुको आर्थिक अवस्थाले नभ्याउने परिवारले जनाएको छ । बालिका काका टोपेन्द्र बुढाथोकीले आफ्नी छोरीको उपचार खर्चमा सहयोग गरिदिनमा सबैमा आग्रह गर्नुभएको छ । उहँले सहयोग गर्न चाहनले मोवाइल नम्वर ९८–४–७८–३१–२४९ मा सम्पर्क गर्न अनुरोध गर्नु भएको छ । यसैबीच दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुृउद्देश्यीय सहकारी संस्थाले बालिकाका काका टोपेन्दं्र बुढाथोकीको नाममा संस्थामै खाता खोलिदिएको छ । संसथाले उपचारमा सहयोग जुटाउन सहयोग जुटाउने उद्देश्यले संस्थामा निःशुल्क खाता खोलिदिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो । सहयोग गर्न चाहानेले संस्थाको खाता नंम्बर १३९३ मा रकम जम्मा ग...

घुस खाने सरकारी वकिल निलम्बित

महान्यायाधीवक्ताको कार्यालयले घुस खाने सरकारी वकिल राजेन्द्रबहादुर बस्नेतलाई हिजो निलम्बन गरेको छ । वैदेशिक रोजगार विभागमा अनुसन्धान अधिकृत बस्नेत विरुद्ध एक समूहले छद्म भेषमा गोप्य भिडियो क्यामेरा जडान गरी घुस लिएको दृश्य खिचेको थियो । त्यो सार्बजनिक भएपछि महान्यायाधिवक्ताको कार्यालयले उनलाई निलम्बन गरेको छ । उक्त कार्यालयका प्रवक्ता युवराज सुवेदीका अनुसार बस्नेतमाथि छानबिन गर्न सहन्यायाधीवक्ता विनोद पोखरेलको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति पनि गठन भएको छ । बस्नेतमाथि अनुसन्धान गर्न महान्यायाधिवक्ताको कार्यालयले अख्तियारलाई पत्र पनि लेखेको सुवेदीले बताए । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिद्वारा सात दिनको म्याद थप  मुख्य तीन दल र मधेसी मोर्चाको आग्रहमा राष्ट्रपति डा. रामबरण यादवले सहमतीय सरकार गठनका लागि पुनः सात दिन थप गर्नुभएको छ । राष्ट्रपतिले दिएको समयभित्र सहमतीय सरकार निर्माणका लागि दलहरु असफल भएपछि रष्ट्रपतिले थप समय उपलब्ध गराउनुभएको हो । हिजो बेलुका मुख्य दलका शीर्ष नेताले राष्ट्रपतिलाई थप स...

हात्तीले कुल्चिँदा २ जनाको ज्यान गयो

मंगसिर १५ गते बाराको सपही गाविस ७ मा हिजो राती जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । सपही ७ का ३० वर्षिय सुदर्शन चौधरी र ७० वर्षिय सुरज चौधरीको ज्यान गएको हो । गाँउ नजिकैको जंगलबाट हिजो राती पौने १० बजे वस्तीमा पसेको जंगली हात्तीले घर भत्काउन थालेपछि ज्यान जोगाउनका लागि भाग्ने क्रममा हात्तीले कुल्चिदा उनीहरुको ज्यान गएको हो । ३ दिन अघिपनि सपहीमै हातीकै आक्रमणबाट दुईजना महिलाको ज्यान गएको थियो ।

नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड

मंसिर १२ नेपालको कुल जनसङ्ख्या झन्डै दुई करोड ६५ लाख पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना २०६८ को प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क बिभागले नेपालमा महिला करिब एक करोड ३६ लाख अर्थात ५१ दशमलव ५० प्रतिशत र पुरुषको जनसङ्ख्या करिब एक करोड २९ लाख  अर्थात् ४८ दशमलव ५० प्रतिशत रहेको जनाएको छ । राष्ट्रिय योजना आयोग सिंहदरबारमा हिजो आयोजित एक कार्यक्रमका बीच प्रधानन्त्री डा बाबुराम भट्टराईले २०६८ सालमा लिइएको जनगणनाको प्रतिबेदन सार्वजनिक गर्नुभएको हो । लैङ्गिक अनुपातको आधारमा प्रति १ सय महिलामा पुरुषको सङ्ख्या ९४ दशम्लव एक ६ रहेको छ । २० ५८ सालमा लिइएको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ रहेको थियो । सार्बजनिक गरिएको प्रतिबेदन अनुसार नेपालका वार्षिक जनसङ्ख्या बृद्विदर १ दशम्लव तीन पाँच प्रतिशत रहेको छ । सबैभन्दा धेरै जन सङ्ख्या काठमाडौंमा १७ लाख ४४ हजार २ सय ४० रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या मनाङ जिल्लामा ६ हजार ५ सय ३८ रहेको पनि प्रतिबेदनमा उल्लेखछ । भौगोलिक क्षेत्र अनुसार भने तराईमा सबैभन्दा बढि ५० दशम्लव दुई सात अर्थात...

नेपाली सोसल नेटवर्किङ साइट

श्रावण २०, युवा र सोसल नेटवर्किङ साइट । एकअर्काको परिपूरकजस्तै भएका छन् । पछिल्लो तथ्यांक हेरौं । नेपालमा यसै साता १६ लाख ३१ हजार नेपाली फेसबुकमा जोडिएका छन् । पछिल्लो तीन महिना १५ प्रतिशतको दरले उपयोगकर्ता थपिए । यसैबीचमा फेसबुक प्रयोगकर्ताको संख्याका आधारमा विश्वको ७० औंबाट ६७ औं नम्बरमा उक्लिएको देशका ४६ प्रतिशत प्रयोगकर्ता १६ देखि २४ उमेरका छन् । फेसबुकमा यति क्रेज देखाएर हामी मार्क जकरबर्गलाई धनी बनाउँदै छौं । जकरबर्गले केही समय छिटो यस्तो साइट विकास गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रचार गरे । त्यतिमात्र हो । हामी त्यसकै पछाडि दगुर्‍यौं । केही नेपालीले फेसबुकभन्दा धेरै फिचर भएका नेटवर्किङ साइट बनाएका छन् । तिनमा धेरै नेपाली आबद्ध भएका पनि छन् । तिनलाई प्रयोग गर्दा नेपालीपनको अनुभूति हुन्छ । फेसबुककै हाराहारीमा (अझ त्यसभन्दा बढी) सुविधा भएका यस्ता साइटमा हामी किन आबद्ध नहुने ?

आज लोकतन्त्र दिवस

बैशाख ११, सिन्धुली आज बैशाख ११ गते अर्थात् छैठौँ लोकतन्त्र दिवस । नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र स्वतन्त्रता प्राप्तिका लागि नेपाली गरेको जनआन्दोलन-२०६३/६३ ले सफलता पाएको दिन । लोकतन्त्र दिवसकै अवसरमा सरकाले आज सार्वजनिक विदा दिएको छ । विदाका अतिरिक्त अरु कुनै औपचारीक कार्यक्रम भने भएको छैन । शान्ति र संविधानको जगमा भएको जनआन्दोलन सफल भए पनि मुलुकमा आन्दोलनका उपलब्धीहरु संस्थागत भइसकेका छैनन् ।

आज आमाको मुख हेर्ने दिन

वैशाख ९, सिन्धुली आज वैशाख कृष्णपक्ष औँसी जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न नेपालीहरूले आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरेका छन् । आमा खुवाउने औंसीका रूपमा मनाउने यस पर्वमा मीठामीठा परिकार बनाएर आमालाई खुवाउने चलन छ ।  विहानै देखि छोराछोरीहरुले आफ्नो आमालाई मीठामीठा परिकार बनाई खुवाउने तथा नयाँ नयाँ लुगा उपहार दिएर आर्शिवाद लिने कार्य गर्दछन । आजको दिन आमाको सम्झनामा स्थानिय ठाउँ ठाउँमा रहेका तिर्थस्थलमा गएर त्यहाँ रहेका देवीदेवताको मठ मन्दीरमा पुजा आजा गरि आमाको सम्झना गरिरहेका छन ।

आजदेखि नयाँ वर्ष वि. सं २०६९ साल

आज वि सं २०६९ साल बैशाख महिनाको पहिलो दिन,  आजदेखि सुरुवात भएको छ ।  देश विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्दै  शान्तिलगायतका शुभकामना आदान प्रदान गरेर ईच्छा पुराहोस भन्दै नयाँ साल मनाईदैछ ।  नयाँ बर्षको सुरुवातको दिन रमाईलो गरे बर्ष भरि नै रमाईलो गर्न पाउने विश्वासका साथ आज देश विदेशमा रहनु भएका सबै नेपालीहरु रमाइलोका साथ शुभकामना आदान प्रदान गरेर मनैदैछ  ।   

आजदेखि पाँचौं राष्ट्रिय कृषि मेला

फागुन २६ राजधानीमा आजदेखि पाँचौं राष्ट्रिय कृषि मेला सुरु हुँदै छ । भृकुटीमण्डपमा हुने मेलाको दिउँसो १ बजे प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गर्नुहुने कार्यक्रम छ । परम्परागत कृषि प्रणालीलाई आधुनिकीरण गर्ने सीप र ज्ञान दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घलगायतका संस्थाले मेलाको आयोजना गर्न लागेको हो । विभिन्न स्थानीय खानाका परिकार, अर्गानिक फलपूmल तथा तरकारी, मह, कफि लगायतका वस्तुहरू मेलामा राखिने आयोजकले जनाएको छ । मेलाको झन्डै ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

१०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २४  आज मार्च ८ अर्थात १०२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगात विश्वभर बिभिन्न कार्यक्रम गरेर यो दिवस मनाइदैछ । संयुक्त राष्ट्र संघले यसवर्षको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको नारा ग्रामीण महिलाको सशक्तिकरण, भोक र गरिबीको न्यूनीकरण भन्ने तय गरिएको छ । नेपालमा भने महिला हिंसा अन्त्य गरौं, शून्य सहिष्णुता कायम गरौं भन्ने नाराका साथ श्रमिक महिला दिवस मनाइदैछ । अमेरिकाको न्युयोर्कको कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले ८ घण्टा काम, ८ घण्टा आराम, कामको समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले सन् १९१० मार्च ८ बाट यो दिवस मनाउन थालेका हुन् । 

रेडक्रसको ३२ औं राष्ट्रिय जुनियर युवा गोष्ठी सम्पन्न

फागुन १६, सिन्धुली  जुनियर युवा ,सशक्तिरणले ल्याउछ मानविय सेवामा ठुलो टेवा , भन्ने मुल नाराको साथ नेपाल रेडक्रस सोसाईटी राष्ट्रिय जुनियर गोष्ठी विभिन्न क्रियाकलाप गर्दै हिजो  सिन्धुलीमाढीमा सम्पन्न भएको छ। सिन्धुलीमाढीमा रहेको जनज्योति उमावि फोस्रेटारमा भएको कार्यक्रममा नेपालका ६७ वटा जिल्लाका जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलको उपस्थिति रहेको थियो । समापन कार्यक्रममा २०६७ ÷०६८ मा भएका राष्ट्रिय निबन्ध प्रतियोगिता,कविता प्रतियोगिता र एल्वम प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय साथै सान्त्वना स्थान हासिल गर्ने सहभागीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

जापानद्धारा बिपी राजमार्गका लागि ५८ करोड अनुदान

फागुन ३,  जापान सरकारले बिपी राजमार्ग अन्तरर्गत बनेपा- सिन्धुली- बर्दिवासको तेस्रो खण्डको निर्माणका लागी करिब ५८ करोड अनुदान सहयोग दिने भएको छ । जापानले तेस्रो खण्डको पहिलो चरणको निर्माणका सो रकम नेपाल सरकारलाई दिन लागेको हो ।  वुधवार अर्थमन्त्रालयमा भएको सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव कृष्णहरि बाँस्कोटा तथा नेपालका लागि जापानी राजदूत कुनिओ ताकाहासी र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सु कावासाकीले संयुक्तरुपमा हस्ताक्षर गर्नुभएको छ । उक्त राजमार्गको तेस्रो खण्डको खुर्कोटदेखि नेपालथोकसम्मको ३७ किमिमध्ये रातमाटासम्मको ३ किलोमिटर सडक निर्माणका लागी जापानले सो सहयोग उपलब्ध गराइएको हो ।

बन्दले विभन्न जिल्लाको जनजीवन प्रभावित

माघ ११, सिन्धुली  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा विभिन्न राजनीतिक दल युवा तथा विद्यार्थी संघ संघठनहरुले आव्हान गरेको बन्दले राजधानी लगायत मुलुकको विभिन्न भागमा जनजीवन प्रभावित भएको छ । सडकमा यातायातका साधन देखिएको छैन । बन्द सफल पार्न ठाउँ ठाउँमा युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनमा तरुण दल, वाईसीएल, युवा संघ, नेविसंघ,अनेरास्ववियू,अखिल क्रान्तिकारी, मधेशी मोर्चामा आवद्ध विभिन्न दल निकट युवा तथा विद्यार्थी संगठन लागायतको सहभागिता रहेको छ । ती संगठनहरुले थप आन्दोलनको कार्यक्रम आजै घोषणा गर्ने तयारी गरेका छन् । 

आज तामाङ समुदायको सोनाम ल्होछार

माघ १०, सिन्धुली    आज तामाङ समुदायको सोनाम ल्होछार आफ्नो घर घरमा मनाउदै छन् । आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउन गर्दछन ।  तामाङ भाषामा  ल्होको अर्थ नयाँ र छारको अर्थ वर्ष भन्ने लाग्दछ । ल्होछारको अवसरमा आज तामाङ समुदायमा साथीभाई इष्टमित्र तथा आफन्त भेला भइ मिठामिठा परिकार खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने गर्दछन । सरकारले ल्होछारका अवसरमा आज सार्वजनिक बिदा पनि दिएको छ । यसै ल्होछारको अबसरमा सिन्धुली जिल्लामा तामाङ समुदायको नेपाल तामाङ घेदुङ सिन्धुलीको आयोजनामा ऐतिहासिक ल्होछार सांस्कृतिक महोत्सव २०६८ हुन गैरहेको छ।   

तामाङ जातिहरुको सोनाम ल्होछार पर्व आजदेखि मनाउन शुरु

काठमाडौ, माघ ९ तामाङ जातिहरुको  सोनाम ल्होछार पर्व आज देखि तीन दिन सम्म मनाइँदैछ । डुक ल्होछार २८४५ औ मुल आयोजक समितिका अनुसार आजदेखियहि माघ ११ गते सम्म विभिन्न कार्यक्रम गरिनेछ । तामाङ एकता पर्बको रुपमा मनाऔ, पूर्णअधिकार सहितको अखण्डित ताम्सालिङ स्थापना गरौं भन्ने नाराको साथ मनाइने ल्होछारपर्वको पहिलो दिन आज मोटरसाइकल ¥यालीसहित पर्चा पम्प्लेट छर्दै चक्रपथ परिक्रमा गर्ने,तामाङ कलाकार र सञ्चारकर्मीबिच मैत्रीपुर्ण फुटवल आयोजना गरिने समितिले जनाएको छ। यस्तै टुँडिखेलमा दीपावली, लामाद्धारा पूजापाठ, राष्टिय स्तरका कलाकारहरु

आजदेखि दैनिक १४ घण्टाका दरले लोडसेडिङ तालिका सहित

माघ २, नेपाल विद्युत प्राधिकरणले आजदेखि साताको ८२ घण्टाका दरले लोडसेडिङ गर्ने भएको छ । नदीहरुमा पानीको सहत घटेर विद्युत उत्पादनमा कमी आएको र जाडो समयसँग बिजुलीको माग ह्‍वात्तै बढेको र उत्पादन भने घटेको भन्दै आजदेखि लोडसेडिङ बढाउनुपरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार आइतबार, सोबार र मंगलबार १०/१० घण्टा, बुधबार र शनिबार १२/१२ घण्टा र बिहीबार र शुक्रबार १४/१४ घण्टाका दरले लोडसेडिङ हुनेछ । नेपाल विद्युत प्राधिकरण भार सम्प्रेशण केन्द्रका प्रमुख चिरञ्जिवी शर्माले मागअनुसार उत्पादन हुन नसकेकाले लोडसेडिङको समय बढाइएको जानकारी दिनुभयो । विद्युत चुहावट हुने फिडरमा दैनिक थप दुईघण्टाका दरले लोडसेडिङ हुने जनाएको छ । यसअघि प्राधिरणले सातामा ६९ घण्टाका दरले लोडसेडिङ गर्दै आएको थियो ।

मृतशोकमा छन् सीपी गजुरेल

पुष १६ एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेल अहिले मातृशोक परेको छ । गजुरेलकी आमा ८६ वर्षीया टेककुमारीको उपचारका क्रममा गएराति राजधानीको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको हो । दम तथा मुटुको रोगबाट ग्रसित टेककुमारीलाई तीन दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सिन्धुली जिल्ला स्थायी घर भएकी टेककुमारीका कान्छा छोरा मेघनाथ गजुरेलसँग बानेश्वरमा बस्दै आउनुभएको थियो । यसैबीच टेककुमारीको शनिबार बिहानै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । टेककुमारीप्रति अन्तिम श्रद्धाञ्जली दिन माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता आर्यघाट पुगेका थिए ।