Skip to main content

Posts

Showing posts with the label स्वास्थ्य

आज विश्व मिर्गौला दिवस

फागुन २४  ‘मिर्गौला र जीवन’ भन्ने नाराका साथ आज विश्व मिर्गौला दिवस, नेपाललगायत विश्वभर मनाइँदै छ । नेपालमा मिर्गौला रोगको पहिचान र समाधानका उपायबारे विभिन्न विषयमा गोष्ठी, सभा, समारोह गरेर यो दिवस मनाइँदै छ । मधुमेह र उच्च रक्तचापबाट पीडित हुनेहरुको संख्या बढ्दै गएकोले मिर्गौला रोगीको संख्या पनि नेपालमा बढ्दै गएको चिकीत्सकहरुको भनाईछ । नेपालमा बार्षिक झण्डै दुई हजार पाँच सयदेखि तीन हजार जनासम्म मिर्गौला रोगीहरुको संख्या थपिदै गएको तथ्याङ्क छ ।  मिर्गौला रोगबाट बच्न नियमित व्यायाम गर्न, प्रोटिनयुक्त खाना कम खान र नियमितरुपमा मिर्गौला जाँच गराउन चिकीत्सकहरुले सुझाव दिने गरेका छन् ।

अब २० सेकेण्डमा ऐश्वर्याका जस्ता आँखा !!!

कार्तिक ३०, बलिउड नायिका ऐश्वर्या राय आफैमा विश्वसुन्दरी हुन् तसर्थ उनको समग्र तन सुन्दर छ । उनको अभिनय पनि कम दमदार छैन, जसका कारण उनी बलिउड फिल्म इन्डस्ट्रीजमा दमदार नायिका बन्न सफल भएकी छिन् । त्यसैले उनको कुनैपनि चिजमा खोँट लगाउने ठाउँ छैन । तर ऐश्वर्याको आाखा विशेष सुन्दर छ भनिन्छ । उनको आाखाको नानी नीलो छ अर्थात् ऐश्वर्या मृगनयनी छिन् । धेरैलाई आफ्नो आाखाको नानी ऐश्वर्याको जस्तै बनाउने रहर होला तथापि अहिलेसम्म प्राकृतिक रुपमै जन्मजात पाएको नानीको रंग फेर्न सक्ने कुनै उपाय निक्लेको थिएन । अब भने आफ्नो आँखाको नानी नराम्रो भयो भनेर निरास भएर बस्नु नपर्ने भएको छ ।

'सबै दुखाइ मुटुको समस्या होइन'

काठमाडौ, आश्विन ३ -  कान्तिपुर पब्लिकेशन मा सोमबार स्वास्थ्य शिविरमा  संलग्न नर्भिक अ स्पताल्का चिकित्सक टोलि   तपाइ, तपाईंको परिवार वा छिमेकमा हृदयाघातको लक्षण देखिए तुरुन्त दुई चक्की दुखाइ नाशक 'एस्पि्रन' खाएर अस्पताल जान चिकित्सकहरूले सल्लाह दिएका छन् । यसो गरे हृदयाघातबाट बाँच्ने सम्भावना २५ प्रतिशतले बढ्ने उनीहरूले बताएका हुन् ।'तपाइ आफूलाई नभए छिमेकीलाई सहयोग गर्न घरमा दुखाइ नाशक एस्पि्रनको चक्की राख्नुस्,' नर्भिक इन्टरनेसनल हस्पिटलका मुटुरोग विशेषज्ञ डा. भारत रावतले कान्तिपुर पब्लिकेसन्समा मुटुरोगबारेको प्रवचनमा भने- 'यो अति सामान्य कुरा भए पनि धेरैको ज्यान जोगाउन सक्छ ।' हृदयाघातको लक्षण देखिए जति छिटो सुविधासम्पन्न अस्पतालमा पुग्ने पहिलो प्राथमिकता भए पनि यो समस्या आउन नदिने जीवनशैलीमा परिवर्तन भने महत्त्वपूर्ण रहेको उनले बताए ।

सिन्धुलीमा निशुल्क आँखा शिविर

सिन्धुली, भाद्र २९ तीन  दिने निशुल्क आँखा शिविर आज देखी सिन्धुलीमाढीमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी सिन्धुली जिल्ला शाखाको आयोजना एबं तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौं  जानकी आँखा अस्पताल जनकपुर र हेटौडा आँखा अस्पतालको प्राबिधिक सहयोगमा भएको सिबिरमा आज २९५ जना आँखा बिरामिहरुले जाच गरेका छन् । आँखा जाच गराउनेमद्ये ८० जनामा मोतियाबिन्दुको समस्या देखिएको नेपाल रेडक्रस सोसाईटि सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले बताउनुभयो । साथै उनिहरुको आँखाको अप्रेशन भोलि गरिने समेत उहाँले जानकारी दिनुभयो । आँखाका अन्य रोगिहरुलाई पनि आजै औषधि बितरण गरिएको छ । शिबिरमा सिन्धुली जिल्लाका अधिकांस गाबिस  छिमेकि जिल्लाहरु रामेछाप  महोत्तरि  सर्लाहिबाट पनि बिरामिहरु आउने गरेका छन् । शिबिर पसिसम्म संचालन हुने आयोजकले बताएका छन् । स्रोत: माईसिन्धुली दर्पण डट कम